-
-
मनसुनको लय (कविता)
डा. नवराज सुब्बा बादल हाम्रो गीत सुन्दैन एकोहोरो एक्लै गडगडाउँछ खलबल गर्दै हामीमाथि सल्बलाउँछ आतङककारी बादल वर्षेनी परेड खेल्छ हाम्रो तन मनमा बेसुर गड्याङ्गुडुङ तालमा कड्किन्छ मनसुन चट्याङ पार्छ ताण्डव नृत्य नाच्दै गहिरो हाम्रो मायालाई एक्कै छिन भए पनि चुडाइदिन्छ यो मौसमले यहाँ कस्तो झरी पर्छ ? न पेट भर्ने खेत रोपियो न मन भर्ने…
-
भूकम्पको प्रतिध्वनि (Poem)
– डा. नवराज सुब्बा आस्थाको आकाश हिजो खसेकै थियो टेकेको धरती धस्यो आज घामपानी छेक्ने घरहरू पनि भूकम्पसितै नाच्यो जब हामीमाथि एक मूठी स्वास फेर्न नपाएर उडे धेरै आत्माहरु कतै अरू पनि ढले यसबेला इतिहासका थुप्रै धरहराहरू ईश्वर बस्ने मठ मन्दिर र गुम्बाहरू
-
चरा, तिर्खा, पानी र शहर
– नवराज सुब्बा तिर्खाले ब्याकुल छु पानी खान आएको थिएँ तिम्रो घरमा पर्खे तर मनको ढोका खोलेनौ यही घरमा पहिले हामी बस्ने एउटा ठूलो रुख थियो ढलेछ हामीले खाने फल थियो झरेछ पानी खाने पोखरी पनि सबै सुकेछ लुकामारी गर्ने फूलका पोथ्राहरु थिए सबै मान्छेका वासस्थान शहर भएछ तिम्रो घरको छानामा पानीको भण्डार छ त्यो…
-
प्रशंसापत्र
यहाँ सधैं उही जूनको फेदमा अँध्यारो चिसो रात बिछ्याएर बस्ने हामी किरण खै किन हीरा जस्तो चम्केनौं बत्तीको फेदमा अँध्यारो दुर्भाग्य पोखिएका यत्रतत्र छरिएका हामी छाया कोही दियोझैं किन सल्केनौं !
-
निर्मलाको नियति !
मैले यति कुरुप आकाश आजसम्म देखेकै थिएन । आज म माथिको आकाशमा घाम छैन जून छैन, तारा छैन आकाशमा हावा छैन आज वर्षा गराउने एक टुक्रा बादल छैन उडिरहेका छैनन् आज आकाशमा चरा परेवा, ढुकुर, जुरेली, भँगेरा, मौरी पुतली या कुनै सुगन्ध छैनन् आकाशमा त आज बारुदको मुस्लो उडिरहेको छ बेला बेला मेघले झैं छातीमैं…
-
नदी निदाएको बेला
केवल रमिता हेर्छन् तर रातो अचानामा बगेको महाभारत पढ्ने आँखा अझै उघ्रेनन् द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो जीवनहरण दिउँसै भइरहेछ नारीलाई बोक्सी आरोपित गरेर लछारपछार गर्दै दुनियाँ जननीको गला निमोठ्दै छ मानवशून्य बन्दै मान्छे दिसापिसाब मुखमा बलात् कोच्दैछ घाँटी थिचेर चीत्कार दबाइँदैछ यसरी एउटी अबलाको जीवनयात्रा निषेध भएको छ ।
