निबन्ध लेख

Essays and article on contemporary issues in Literature and social issues.

खोक्रा नारा थोत्रा कान

डा. नवराज सुब्बा । नेपाल नारै नाराको देश हो । अर्को शब्दमा यो नेतै नेताको देश हो । घरिघरि यहाँ आकर्षक नाराहरु वर्षे भेलझैं उर्लिन्छन् । नयाँ सरकार आउँदैपिच्छे नेताहरु कुर्लिन्छन् । केवल भोट आकर्षित पार्ने उद्देश्यले आधार बिनाका नारालाई खोक्रा नारा भनिन्छ । दुःखका साथ भन्नु पर्दछ, वास्तवमा हामी कसैका पोल्टामा हुर्केको प्रजातन्त्रलाई लोकतन्त्र […]

खोक्रा नारा थोत्रा कान Read More »

सहिद सत्ता र स्वार्थ विरुद्ध

डा. नवराज सुब्बा॥ आज हामीले उपभोग गरेका स्वतन्त्रता, नागरिक हक र अधिकार त्यसै पाएका होइनौं । विभिन्न बन्धनबाट मुक्ति पाउन, मानव अधिकार स्थापित गर्नका लागि विश्वका जनता हिजो निरङ्कुश शासनविरुद्ध लडेका थिए । कालखण्डमा मानवोचित अधिकार प्राप्तिको लागि भएका अभियानमा धेरै मानिस सहिद भएका छन् । वीर मानिस मात्र देशको प्राकृतिक, सामाजिक, सांस्कृतिक उन्नयन खातिर

सहिद सत्ता र स्वार्थ विरुद्ध Read More »

एक्काइशौं शताब्दीको चाहनाः नेपाल सम्बतको सान्दर्भिकता

डा. नवराज सुब्बा ~ तिहारमा नेवार समुदायमा म्हपूजाका दिन नेपाल नववर्ष पनि मनाइन्छ । यसपालि वि..स. २०७८ कार्तिक १९ गते तथा सन् २०२१ नोवेम्वर ५ मा यो नेपाल नववर्ष ११४२ आरम्भ भएको छ । आजभन्दा करिव एकहजार एक सयवर्षअघि शंखध्वर साख्वाले उपत्यका आम गरिव दुःखीको ऋण तिरिदिएर ऋणमुक्त गरिदिएको सम्झनामा यो नेपाल सम्बतको चलेको थियो

एक्काइशौं शताब्दीको चाहनाः नेपाल सम्बतको सान्दर्भिकता Read More »

मैले देखेजानेको आठराई चाँगे गाउँ

डा. नवराज सुब्बा हामी जैविक, भौगोलिक आधारमा मात्र नभएर विचार, बिम्ब र स्वैरकल्पनाले एक अर्कासित गाँसिएका रहेछौं । इतिहास र संस्मरण सामाजिक जीवन र मानवीय आयामका ऐना रहेछन् । मिथकीय खोटोले हामीलाई जोडिराखेको रहेछ । यही बिम्वात्मक गुरुत्वर्षणका आधारमा म चागे गाउँको शब्दचित्र कोर्दैछु । आज चाँगेबाट दीपेन्द्र आङबुहाङले चाँगे माद्यमिक विद्यालयको स्मारिकाका लागि शिक्षालाई

मैले देखेजानेको आठराई चाँगे गाउँ Read More »

मैवाखोलाले बगाएको दासीको प्रेमकथा

डा. नवराज सुब्बा परिचयः यो सत्य घटनामा आधारित एक कथा हो । यसलाई नेपालको सामाजिक इतिहास भने पनि हुन्छ । नेपालको सुदूर पूर्वी हिमाली जिल्ला ताप्लेजुङको चाँगे मैवादोभानमा करिव एक शय वर्षअघि यो घटना भएको थियो । तम्बरखोला र मैवाखोलाको दोभान याङमानेमा बसोवास गर्ने एक नेवार परिवारमा घटेको घटना हो यो । संस्मरणात्मक लेखको रुपमा

मैवाखोलाले बगाएको दासीको प्रेमकथा Read More »