स्रष्टालाई सलाम (नवराज सुब्बा)

मलाई जीवनमा सारै नराम्रो लागेको क्षण मध्ये एउटा क्षण थियो- वरिष्ठ कलाकार तथा संगीतकार भक्तराज आचायको जीब्रो काटिएको समाचार । लेखकको औंला काटिनु र गायकको जीब्रो थुतिनुमा के नै फरक छ र ! तर कहिलेकाहिँ अखवार पढ्दा आनन्द पनि आउँछ । आज बिहानको चियासितै जब मेरा आँखा भक्तराज आचार्यलाई लाइफटाइम एचिभमेण्ट एवार्ड दिइएको समाचारका हरफमा

स्रष्टा र सञ्चारको सम्बन्ध (नवराज सुब्बा)

स्रष्टालाई प्रविधिले पाठक, दर्शक र श्रोतासामु पुर्‍याएको छ । प्रविधिमैत्री हुन नसकेर आज पाठकलाई मात्र हैन धेरै स्रष्टालाई प्रविधि चुनौति भएको छ । तर यसले स्रष्टा र पाठक दुवैलाई अवसर पनि थपि दिएको छ । अत्यन्त द्रुतगतिमा विकसित भएको सूचना प्रविधिका साथ लागेर आज धेरै स्रष्टाहरू उन्नतीको भर्‍याङ उक्लिरहेछन् र सजिलै विश्वव्यापी भइरहेका छन् । स्रष्टाहरूका लागि सिर्जना गरेर मात्र अब नपुग्ने भएको छ, समयसापेक्षित रूपमा सूचना प्रविधिलाई आत्मसात गर्नु पर्ने अवस्था आएको छ ।
हिजो कुनै कृति प्रकाशन गर्नु परेमा छापाखानाको अभाव थियो । त्यसको लागि छिमेकी मुलुक जानु पर्ने स्थिति थियो । आज उन्नत प्रविधियुक्त छापाखाना  स्वदेशमैं छन् । अब केही जोहो गरेर भए पनि कृति प्रकाशित गर्न सक्ने स्रष्टाहरूलाई यसले अवसर दिएको छ । आजकल साहित्यिक समारोह र भेटघाटमा पुस्तकहरू उपहारस्वरुप दिइने वा लिइने चलन आएको छ । एकआपसमा कोसेली आदानप्रदान गर्दा पुस्तक उपहार दिनु राम्रो चलन हो । यसले लेखक र पाठक, लेखक र लेखक, तथा लेखक र समालोचक बीच सेतुको काम गरेको छ । साहित्यिक बजारमा आजकल कृतिको परिमाणमा बृद्धि भएको छ जो स्वागतयोग्य कुरो हो । अब कृतिहरूको गुणस्तरमा पनि ध्यान दिने बेला आएको छ । लेखन र प्रकाशनलाई लहडबाजीका रूपमा मात्र लिइयो भने यसले स्तरीयतालाई नकारात्मक असर पुग्छ र यसबाट ब्यवसायिकताको विकासमा अवरोध उत्पन्न गर्छ । यति मात्र हैन यसले सिङ्गो साहित्यिक कृतिहरूप्रति पाठकमा  नकारात्मक छाप छाड्ने र साहित्यप्रति नै पाठकमा वितृष्णा जगाउन सक्ने सम्भावना रहन्छ । आज साहित्यिक कृतिलाई व्यवसायिक दृष्टिले पनि अघि बढाउने प्रयत्न गरिएको छ । स्तरीय सामग्रीहरूको विक्रीवितरण गर्दै व्यवसायिकता ल्याएर यो क्षेत्रको दिगो विकास गर्न सकिन्छ ।

कोपिलामा लागेका युद्धका घाउहरू (नवराज सुब्बा)

आयोजकद्वारा निकै अघि देखि नै मेरो समय मागिएको थियो, गाउँमा आयोजना गरिने एक कार्यक्रममा उपस्थितिको लागि । युरोपियन युनियन, ब्रिटेन नेपाल मेडिकल ट्रष्ट र बाल समाज नेपाल नामक सँस्थाहरुले मोरङ जिल्लामा द्वन्द्व प्रभावित बालबालिकाहरुलाई

नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)

अचानक एउटा कार्यक्रमको निम्तो आयो । २१ अगष्ट २०१० का दिन श्री साझा प्रकाशन काठमाडौं र भारत पश्चिम बंगाल स्थित मतिगढा गोर्खा सेवा परिषद सिलिगुरीको सहआयोजनमा नेपाल र भारतका केही साहित्यकारहरूबीच सानो भेटघाट कार्यक्रम बनाइएको रहेछ । साझा प्रकाशन संचालक समितिका सदस्य अनिल पौडेलको निम्तोका दिन शनिवारको विदा परेकाले यसपालिको विदामा भारतीय नेपालीभाषीहरूसंग बिताउने निश्चयका साथ सिलिगुरी पुगियो ।

धन्यवादको माला ! (नवराज सुब्बा)

त्यत्ति बेला कोही नयाँ मानिस आएर परिचय गर्न हात बढायो भने हच्किनु पर्ने अवस्था थियो । चन्दा माग्ने हो या कुनै सहयोग माग्ने हो या त्यस्तै झमेला हुने हो कि भनेर सोच्नु पर्ने अवस्था थियो । एकदिन साँझपख एक अपरिचित युवक मसंग परिचय गर्न मेरो भद्रपुरस्थित डेरामा आयो । कुरा गर्दै जाँदा उनी मेरा गाउँले भाईे रहेछन् अर्थात् ताप्लेजुङ हाङपाङ निवासी जो मेची क्याम्पस भद्रपुरमा एम.ए. नेपाली दोस्रो वर्षा पढ्दै रहेछन् । मैले जागिरको क्रममा आफ्नो गाउँ छाड्दा उनी बालखै थिए, यसैले उनले आफ्नो बूबाको नाम लिए पछि मात्र मैले उनलाई चिने चूडामणि बराइली भनेर ।

जति माया लाए पनि… (नवराज सुब्बा)

“जति माया लाए पनि जति कसम खाए पनि…” बोलको गीत लोकप्रियताको शिखरमा थियो । जुन गीत रेडियो नेपालको फर्मायसी गीत कार्यक्रममा हरेक दिनजसो बज्ने गर्दथ्यो । हाम्रा साथीहरुका जीभ्रामा झुण्डेको थियो यो गीत । बाँसुरी बजाउन सिक्ने साथीहरु यहि गीतको बाँसुरीको धूनमा अभ्यास गर्ने गर्दथे ।

संगीतकार साथीलाई पत्र

प्रिय सिथलिङजी
नमस्कार !
मेरो यो खुशी सर्वप्रथम म तपाईसँग बाँड्न चाहन्छु र धन्यवादको एउटा फूल सिउरिदिन चाहन्छु । तपाईले नै संगीत भरिदिनु भएको गीतमा आज शनिबार मैले रिभ्स डिजिटल स्टुडियो इटहरीमा गएर आफ्नो स्वरमा गीत रेकर्ड गरें ।