शुभकामना !

शुभकामना ! हङकङ नेपाली महासंघ तथा गायक कलाकार सुमित खड्काजी ! हङकङ नेपाली महासंघको निमन्त्रणामा नेपाली देशभक्तिगीत गायनमा पहिचान बनाएका चर्चित युवा गायक सुमित खड्का विराटनगरबाट हङकङ यात्रामा निस्कनु भएको छ । निकट भविश्य (संभवत ३० नोभेम्बर) मा हङकङमा आयोजित समारोहमा मैले रचना गरेको गीत तथा बरिष्ठ संगीतकार शक्ति बल्लभको संगीतमा महासंघको अफिसियल गीत गायक सुमित खड्काद्वारा प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

छठपर्व विदामा अनाथाश्रम

२०६९ सालको छठपर्वको अवसरमा युवागायक सुमित खड्काको गीत सुन्न तथा र अनाथाश्रमका बालकलाकारहरुको नृत्य हेर्न पूर्वाञ्चल अनाथाश्रम गइयो । करिव एक घण्टाको सास्कृतिक कार्यक्रमको अन्तमा बालबालिका र अनाथाश्रमलाई शुभकामना व्यक्त गरियो र बालबालिकाहरुलाई खाजास्वरुप बिस्कुट र चाउचाउ दिंदै फेरि भेट्ने बाचा गर्दै अपरान्हतिर  बिदा मागियो ।

हामी पहिले नेपाली लोकार्पण

कार्तिक १९, २०६९ काठमाडौं । कुलपति बैरागी काइँलाले “हामी पहिले नेपाली” गीति एल्बम विमोचन गर्नु भएको छ । एल्मबमा नवराज सुब्बाको शब्द, शक्ति बल्लभ संगीत तथा सुमित खड्काको  आवाज रहेको छ ।

निर्मलाको नियति !

मैले
यति कुरुप आकाश
आजसम्म देखेकै थिएन ।
आज म माथिको
आकाशमा घाम छैन
जून छैन, तारा छैन
आकाशमा हावा छैन आज
वर्षा गराउने एक टुक्रा बादल छैन
उडिरहेका छैनन् आज आकाशमा चरा
परेवा, ढुकुर, जुरेली, भँगेरा, मौरी
पुतली या कुनै सुगन्ध छैनन्
आकाशमा त आज
बारुदको मुस्लो उडिरहेको छ
बेला बेला मेघले झैं
छातीमैं बमको चट्याङ हानेर
बमवर्षक बिमानहरु
लस्करै उत्तरदक्षिण उडिरहेछन्
यो निर्मल आकाशमा
मैले यत्ति कुरुप दृष्य
कहिल्यै सोचेकै थिइन ।

खुशीको आँशु

नवराज सुब्बा

समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई माइती जस्तै लाग्छ … ” यति बोल्दाबोल्दै अन्ततिर उनको गला अबरुद्ध भयो । अघि बोल्न सकिनन् । उनको आँखाबाट खसेको खुशीको दुई थोपा आँशुले बाँकी कुरा बताए जस्तो लाग्यो । आँशु पुछ्दै उनी विदा भइन् ।