बिर्खेको दशैं

यो दुनियाँमा
दुःख दिनेबाहेक
अरू थोक नै के छ र
भोक भन या गरीबी
बन्द भन या हडताल
सत्ता भन या प्रतिपक्ष
सबैसबै दुःखै दिने चीज
मात्र त हुन् नि मेरा निम्ति
मलाई खुसी बाँड्ने
सेतो हिमाल छ
जो मलाई उभिन सिकाउँछ
कहिल्यै नरिसाई सधैं
हाँस्न सिकाउँछ
मलाई

छेपारो

हाँगामा बसेर फेद काट्नेहरू छेपारो झैं रूपरङ्ग बदल्नेहरू नजिस्क यो राट्रिय एकतासित विदेशबाट स्वदेश खोज्नेहरू…

मन

यो झरी र त्यो प्रेम उस्तै उस्तै रहेछ त्यो बैंश र यो मौसम जस्तै रहेछ…

भूकम्प

भूकम्पले कविता झण्डै फुर्‍यो जाने साइत आज झण्डै जुर्‍यो एक्कासी आत्तिदै निस्किए सब आफ्नो त…

कवि सुब्बाको “यात्रा आधा शताब्दीको” पठनप्रक्रिया (हरिप्रसाद बराल)

कविताको परिभाषा गर्न धेरै गार्हो हुन्छ । यो भावनाको पोखाइ हो, हृदयको पोखाइ हो तर लयात्मक हुनुपर्यो । कविता उच्चस्तरीय दार्शनिक चिन्तन पनि हो किनभने गद्यमा लेखिएको करीव सयपृष्ठभित्रको भावलाई सय हरफ कविताले सजिलै टिपेर राख्न सक्छ ।