रुखको मन
टिप
फूल
या पात
भाँच हाँगा
या बोटलाई
म रूँदिन अब
झार्दिन आँशु पनि
बरु काट अरू
टुक्राउ र बनाऊ
कवि नवराज सुब्बा आफ्नो चौथो कवितासंग्रह “यात्रा आधा शताब्दीको” लिएर नेपाली साहित्यमा पाठक सामु उदाएका छन् । यस पहिले नै उनका “जीवन मेरो शब्दकोशमा २०६३” “बीच बाटोमा ब्यूँझेर २०६५” तथा “सहिदलाई सलाम २०६७” शीर्षकको गीतसङ्ग्रह प्रकाशित छन् । उनको रचना “मनको मझेरी २०६४” नामक निबन्धसङ्ग्रह प्रकाशित छ भने उनका गीति एल्बम्, भिडियो एल्बम्, गजल एल्बम्हरू पहिले नै प्रकाशित छन् । उनी लोकगीतहरूका संकलक, गायक र प्रशारक पनि हुन् ।
भनिन्छ, सन्तान र सिर्जना उस्तै-उस्तै हुन् यिनको माया बराबरी लाग्छ । तर साहित्य र कला क्षेत्रमा सिर्जनाबारे गहिरिएर हेरेमा केही मूलभूत अन्तर भेटिन्छन् । बर्तमान नेपालमा दुइमात्र सन्तान इश्वरका बरदान भन्ने गर्दछौं । यसको पछि विश्व जनसंख्या नीति र असल घरब्यवस्थापनको कुटनीति लुकेको छ । त्यसैले दुइभन्दा बढी सन्तान नहुन बन्ध्याकरण गरिन्छ वा परिवार नियोजन गरिन्छ । यसका ब्यवहारिक पक्ष जस्तै थोरै सन्तानलाई उचित लालनपालन, शिक्षादीक्षा दिन वा औषधोपचार, घरमा शुखशान्ति जस्ता मूलभूत सवालहरूबारे बुझाएर परिवार नियोजनको लागि उत्प्रेरित गरिन्छ- जनतालाई । तर सर्जकहरूले धेरै सिर्जना गरेर साहित्य बिगारेको वा समाज बिगारेको मैले देखे-सुनेको छैन । हो, हिजो यहि देशमा सिर्जनामा नियोजन गर्ने शासक थिए, दुःखको कुरो तिनको स्वरुप आज बद्लिएको छ शहरशहरमा ।
यता केही समयदेखि गीत, कविता र निबन्धमा सक्रियतापूर्वक सिर्जनारत भइरहेका स्रष्टा हुन् नवराज सुब्बा । यी तीनै क्षेत्रमा आफ्नो परिचय स्थापित गर्दै आइरहेका श्रष्टा नवराज सुब्बाको पछिल्लो कृति सहिदलाई सलाम गीतसंग्रह भर्खर साझा प्रकाशनबाट प्रकाशित भएको छ । श्रष्टा सुब्बा स्वयम् गायक र संगीतकार पनि हुन् । उनको पहिलो क्षेत्र गीतिजगत नै हो । तर उनले गीति क्षेत्रका साथै सिर्जनाको अध्यायलाई कविता, निबन्ध र गजलमा पनि विस्तार गरेका छन् ।