कवि नवराज सुब्बाको “बीच बाटोमा ब्यूँझेर” माथि विचार गोष्ठी

काठमाडौं – नेपाल स्रष्टा समाज काठमाडौंद्वारा बिराटनगरका कवि नवराज सुब्बाको कविता सड्ग्रह “बीच बाटोमा ब्यूँझेर” माथि विचार गोष्ठीको आयोजना गरियो ।

दशैं

बन्द छलेर, कर्र्‍यू तोडेर
दशैं आएको छ आज बिर्खेको घरमा
केही दिन भए पनि खुशी  छाएको छ
केटाकेटी रमाएका छन्
मक्किएको धोति पनि फेरिएको छ

आत्महत्या गर्न अघि

दुनियाँ !
पराजित नठान मलाई
पोष्टमोर्टम् गर र हेर
आफू जीवनबोध गर
नठान साथ दिने हात घटे
आफू गन्तव्यबोध गर
आखिर जिउने सवालमा मान्छे
अभिनयसिवाय बाँचेको को छ र !