Lyrics by Nawa Raj Subba

‘मन र माटो’
विधा: गीत गजल
लेखकः डा. नवराज सुब्बा,
प्रकाशकः पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर
सालः २०७३ (2016) Preview/Download

प्रस्तुत संग्रहभित्र देशभक्ति गीत, बालगीत, सामुदायिक गीत, गजल आदि चार दर्जन संग्रहित छन् ।

देशभक्ति गीत– १

हामी पहिले नेपाली अनि मात्र अरू
देश टुक्रिन दिदैनौं ज्यान दिन्छौं बरू ।

नेपाली चिनाउने हिमाल सगरमाथा
अरनिको कला र गोर्खाली वीरगाथा
अखण्ड यो भूखण्ड हो यही स्वाभिमान
फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान ।

माघीनाच, धाननाच, सिरूवा अनि रोदी
झाँगडनाच, देउडा, झिंन्झिया हुन् ढुकढुकी
हामीलाई बचाउने संस्कृति छ महान्
फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान ।

देशभक्ति गीत– २

जन्मियौं हामी नेपालमा, नेपालमैं बाँच्न पाऊँ
बाँचुन्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ ।

यी आँखा, मन उघ्रन्छन् हिमाल हाँसेको देखे
बलिया बन्छन् यी पाउ पहाड पाखालाई टेके
सभ्यता, समृद्धि मौैलाउने यो मधेसमा रमाऔं
बाँचुन्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ ।

आमाको छाया, मायामा, देशभक्तिमा रमाऔं
सम्मान गरौं पहिचान एकतालाई बचाऔं
नेपालीपनले बचाउँछ जहाँ तहाँ हामी जाऔं
बाँचुन्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ ।

Sahidlai Salaam
Jiwan Mero Sabdakoshma