नेपाली नेपाली हामी नेपाली मधेसी होस् वा जनजाति हामी नेपाली दलित होस् वा तागाधारी हामी नेपाली हिमाल, पहाड, तर्राई माटोको रङ्ग एउटै छ शर्मा या शेर्पा, थारु या राइ रगतको रङ्ग एउटै छ ।
मेचीमा घाम झुल्कदा कालीको शीत पग्लिओस् हिमाल पग्ली झरेर मैदान सारा भिजाओस् थिचो र मिचो टिक्दैन, उच र नीच नसम्झौं मिलेर फूलबारीमा बराबर माया रोपिदेऔं ।
थर हो मान्छे चिन्नलाई होइन है छुटि जानलाई आपसमा हामी मिलेर मानिस एक बन्नलाई विदेश राम्रो भन्दैमा दीयोको पुतली नबनौं जन्मेको माटोपानीलाई चटक्कै हामी नबिर्र्सौं ।
नेपाली नेपाली हामी नेपाली बुद्ध या हिन्दु, इसाइ या मुस्लिम हामी नेपाली धनि या गरिब, मजदुर या मालिक हामी नेपाली ।