तुङदुङ्‍गे मुन्धुम

परिचय

यो tungdunge-mundhum एक किरात आख्यान – एक ज्ञान हो। यो तुङदुङ्‍गे मुन्धुम किरात लिम्बू समुदायको सांस्कृतिक सम्पदा हो। यो किरात समुदायमा विशेष गरी साँबा जातिको पैत्रिक पूजा हो। यसलाई आख्यान भन्‍न सकिन्छ।

यस पुस्तकमा आख्यालाई ऐतिहासिक पृष्ठभूमिमा खोज्ने काम भएको छ। यहाँ प्रमाण र सिद्धान्तका आधारमा आख्यानको विश्‍लेषण गरिएको छ। सामाजिक जैविक नमूनाका सैद्धानितक धरातलमा आख्यानलाई तर्किक निष्कर्षमा पुर्‍याइएको छ।

Rungdunge-Mundhum को महत्व

एक सांस्कृतिक आख्यानमा रहेको तुङदुङ्‍गे मुन्धुमलाई आख्यान वा परम्परामा मात्र सीमित नराखेर त्यसलाई मानवशास्त्रीय दृष्टिकोणबाट पर्गेल्ने प्रयास अध्ययनमार्फत् भएको छ। यो शोधको प्रारम्मिक समीक्षात्मक स्वरूप एक पुस्तिका र लेखको रूपमा प्रकाशित भैसकेको छ। जसलाई पाठकले अभिरूचीपूर्वक पढेको पाइएको छ। यहाँ उक्त मुन्धुमलाई वस्तुगत आधार र शैद्धान्तिक पृष्ठभूमिलाई गाँसेर थप ब्याख्या गरिएको छ।


इतिहास तथा वंशावलीले साँबा जातिको इतिहास किरात–सेन–साँबासंग गाँसिएको जनाउँछ। यो मुन्धुमले ऐतिहासिक तथ्यहरूलाई समर्थन गरेको पाइन्छ। यो अध्ययन यसैमा केन्द्रीत छ।
यस अध्ययनले हाम्रा सांस्कृतिक सम्पदाभित्र लुकेर रहेका ज्ञान, मूल्य र मान्यतालाई वैज्ञानिक दृष्टिले हेर्न अभिप्रेरित गर्दछ।

Tungdunge-Mundhum कसका लागि

यो अध्ययन विभिन्‍न प्रमाण, आधारभूमि, वंशावली र लिम्बू जातिका विभिन्‍न मुन्धुम केलाएर विश्‍लेषण/संश्‍लेषण गरिएको हुँदा शोधकर्तालाई सहयोगी हुने अपेक्षा गरिएको छ।

tungdunge-mundhum
तुङङदुङ्‍गे मुन्धुम अध्ययन

Similar Posts

  • यात्रा आधा शताब्दीको

    यात्रा आधा शताब्दीको- कवितासंग्रह लेखक- नवराज सुब्बा प्रकाशित मिति- २०६८ साल । कवि नवराज सुब्बा उमेरको हिसाबले ५० वर्ष पुगेको अवसरमा प्रस्तुत कवितासंग्रह यात्रा आधा शताब्दीको प्रकाशित भएको छ । प्रस्तुत कवितासंग्रहमा ५० वटा कविता संग्रहित छन् । सुब्बाको कवित्वको सन्दर्भमा भाषाशास्त्री प्रा.डा. टंक न्यौपाने लेख्छन्– संरचना भत्कँदा भत्कँदा कविता अकविता भइसकेको थियो, दुर्बोध्यता नै…

  • Mundhum Aesthetics

    The Meeting of the Old Rhythm and the Consciousness of Modernity. The Mundhum Aesthetics is a profound philosophical document in which the sounds of the Kirat civilisation that have disappeared are brought up to date with current thought. Mundhum is not merely a collection of chants and rituals; it is a sort of aesthetic vision,…

  • Kirat Mundhum:

    Exploring the Ancestral Wisdom and Spiritual Ecology of the Indigenous Himalayan Kirat Civilization Dr. Nawa Raj Subba About the Book: ‘Kirat Mundhum– Of Earth and Ancestors’ Kirat Mundhum: Of Earth and Ancestors is a fascinating look at the Kirat people of the Himalayas, an ancient society whose spiritual beliefs go back before the Vedic era….

  • जनस्वास्थ्य: पाटा बाटा र अनुभूति

    जनस्वास्थ्य: पाटा बाटा र अनुभूति जनस्वास्थ्यसम्बन्धी लेखहरुको संग्रह लेखक नवराज सुब्बा प्रकाशन मिति २०६३ साल वाणी प्रकाशन विराटनगर । यो पुूस्तक जनस्वास्थ्यसम्बन्धी जीवनोपयोगी लेखहरुको संगालो हो । यसमा बालस्वास्थ्य, मातृस्वास्थ्य, विभिन्न रोगहरुको परिचय र रोकथाममा उपायहरुका चर्चा गरिएको छ । यसभित्र स्वास्थ्य प्रबर्धनका उपाय र सरकारी नीतिहरुको पनि जानकारी दिइएको छ । रोग उपचार गर्नु…