|

आत्महत्याको स्थिति, कारण र रोकथाम (नवराज सुब्बा)

सन्दर्भ – विश्व आत्महत्या रोकथाम दिवस (१० सेप्टेम्बर) विश्व स्वास्थ्य संगठनको एक तथ्याङ्क अनुसार विश्वमा हरेक तीन सेकेण्डमा एकजनाले आत्महत्याको प्रयास गर्छ भने हरेक चालीस सेकेण्डमा एकजनाको आत्महत्याबाट मृत्यु भइरहेको छ । सन् २००० को तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष१० लाख मानिस आत्महत्या गरी मर्ने गर्छन् । विश्वमा यो दर बढ्दो छ । यही अवस्थालाई मनन् गरेर हरेक वर्षसेप्टेम्बर १० लाई विश्वव्यापी रुपमा आत्महत्या नियन्त्रण दिवसको रुपमा मनाउन थालिएको छ ।

हाम्रो छिमेकी मुलुक भारतको आत्महत्या दर हेर्ने हो भने यो बढ्दो गतिमा छ । तथ्याङ्कले पुरुषले महिलाभन्दा बढी आत्महत्या गरेको देखाउँछ ।

हाम्रो देश नेपालमा पनि आत्महत्याको दर बढ्दो गतिमा रहेको छ । इलाम जिल्लालाई मुलुकमा सबैभन्दा आत्महत्या हुने जिल्लाको रुपमा लिइन्छ जुन अनुसन्धानको विषय भएको छ । लेखकले उक्त जिल्लाको आत्महत्याको अध्ययन गरेको थियो । तथ्याङ्कको विश्लेषण गरेर हेर्दा के देखिन्छ भने इलाम जिल्लामा आत्महत्या गर्ने दर बढ्दो क्रममा रहेको छ । झुण्डिएर, विषादी खाएर, आगो लाएर, हाम फालेर आत्महत्या गरेको पाइएको छ ।

आत्महत्याका प्रमुख कारणहरूमा -१) अर्गानिकः दीर्घरोग, डिप्रेसन, हर्मोनमा हुने गडबडी, इन्फ्लुएञ्जा, हेपाटाइटिस, इन्सेफलाइटिस, क्यान्सर जस्ता रोगीमा आत्महत्याका प्रयास बढी पाइएको छ । -२) मानसिक स्थितिः मूड छिनछिनमा परिवर्तन भइरहने मानिस, लामो चिन्ताको स्थिति भएका मानिसमा आत्महत्या गर्ने संभावना बढी रहन्छ । -३) अल्कोहल र लागु औषध प्रयोग गर्ने मानिसले आत्महत्या गर्ने संभावन बढी हुन्छ ।
रोकथामका उपायहरूः यो पूर्ण रुपमा निराकरण गर्न नसके पनि नियन्त्रण गर्न सकिन्छ । स्वस्थ बानीब्यवहार परिवर्तन गर्न स्वास्थ्य शिक्षा र जनचेतनामूलक कार्यक्रम गर्न सकिन्छ । मानसिक स्वास्थ्य र उपचारको ब्यवस्था गरेर आत्महत्या कम गर्न सकिन्छ । लागु औषध, अल्कोहल, घातक हातहतियार, विषादीको प्रयोगमा नियन्त्रण गरेर पनि यो कम गर्नलाई मद्दत हुन्छ । सरकारी नीति र कार्यक्रमद्वारा जनस्वास्थ्य कार्यक्रम, स्थानीय प्रशासन, सामाजिक संघसंस्थाको समन्वयमा कार्यक्रम ल्याउन जरुरी छ । आमसंचार माध्यमले पनि आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा अपनाउनु पर्ने आचारसंहीता अपनाएमा आत्महत्या कम गर्न बल पुग्दछ ।



Similar Posts

  • Action against Avian Influenza in Nepal

    In response to outbreaks reported from Siliguri West Bengal India, Nepal has taken necessary actions to prevent transmission of Bird Flue in adjoining districts of Nepal.  District Livestock Office (DLSO), Quarantine offices and local administration authorities in Jhapa and Morang districts now intensified their actions as checking import of poultry, chickens, birds and its products from cross border. Civil societies, poultry farmers and businessmen are also being active in this control program in Kakarvitta Jhapa.

  • National Center for AIDS and STD Control

     

    National Center for AIDS and STD Control
    Teku, Kathmandu
    Cumulative HIV/AIDS Situation of
    Nepal
    as of
    July 31 , 2006

    Condition

    Male

  • प्रजनन स्वास्थ्य शिविर

    माघ २७, २०६७ । मोरङ सिसवानी जहदा – जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा समुदायमा यौनरोग तथा प्रजनन स्वास्थ्य शिविर । जिल्ला जनस्वास्थ्य कार्यालय मोरंगका प्रमुख नवराज सुब्बाले शिविरको उद्घाटन गर्नुभयो । उद्घानका अवसरमा गाविस सचिव थिरप्रसाद पौडेल, विराट अस्पतालकी लजिता योञ्जनले बोल्नुभयो ।

  • HIV and AIDS

    What is HIV/AIDS?

    The HIV stands for Human Immuno-deficiency Virus and AIDS stands for Acquired Immuno-deficiency Syndromes. So, HIV is a cause virus and AIDS is a state or disorder or complex of symptoms or a state of disease. The HIV/AIDS a virus induced pandemic is one of the most serious health concerns in the world today, because of its high case fatality rate and lack of a curative treatment or vaccine.

  • |

    राष्ट्रिय खोप दिवस बालअधिकार

    सन्दर्भ– राष्ट्रिय खोप दिवसः २८ चैत्र २०६६ (नवराज सुब्बा) पोलियोको पूरा मात्रा पाईसकेको बालबालिकाले वर्षेनी मनाइने राष्ट्रिय खोप दिवसमा पोलियो थोपा थप खुवाउन पर्ला कि नपर्ला ? थप खोप खुवाउँदा बच्चालाई नराम्रो असर पर्ला कि !

  • Leave a Reply