कविगोष्ठी

देवकोटा पुस्तकालयमा कविगोष्ठी

    विराटनगर कार्तिक ८, महाकवि लक्ष्मिप्रसाद देवकोटाको शतवार्षिकी तथा देवकोटा पुस्तकालयको स्वर्णजयन्ती सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि मनाउने सिलसिलामा शुक्रवार कविगोष्ठीको आयोजना गरियो ।
    प्रतियोगितात्मक तथा अप्रतियोगितात्मक तवरबाट आयोजना गरिएको सो गोष्ठीमा वरिष्ठ कवि कृष्णभूषण बल, कवि नवराज सुब्बा, नारायण तिवारी, भुषण ढुङ्गेल, सीमा आभाष, पाँचथरका खोलाघरे साइँला, मीनकुमार नवोदित, राधिका गुरागाइँ, दीपा अविरल लगायतका कवि, कवियत्रीहरुले अप्रतियोगितात्मक रुपमा आफ्ना रचना वाचन गर्नुभएको थियो ।
    देवकोटा पुस्तकालयका सभापति सुबोध निरौलको सभापतित्वमा तथा कवि नवराज सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा दीपक सञ्चु प्रथम, माधवप्रसाद मुकुन्द द्वितीय, विकासराज आत्रेय तृतीय भए भने सान्त्वना स्थान प्राप्त गर्न शिवनारायण पण्डित सिंगल र बालकवि प्रतीका चांलागाई सफल भए ।
    सुदीप घिमिरेको संयोजकत्वमा संयोजकत्वमा संचालित उक्त कवि गोष्ठीमा वरिष्ठ आख्यानकार परशु प्रधान, डा. मेदिनी शर्मा लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो । समारोहको प्रारम्भमा महाकविको तस्वीरमा माल्यार्पण गरि भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।

Similar Posts

  • तीन स्रष्टा सम्मानित

    चैत्र १८, २०६८ विराटनगर । रामनवमीको अवसर पारेर उदयानन्द मुक्तिनाथ अज्र्याल संगीत प्रतिभा पुरस्कारद्वारा यस वर्ष साहित्य र कला क्षेत्रमा योगदान दिने तीनजना स्रष्टालाई सम्मानित गरिएको छ ।

  • छठपर्व विदामा अनाथाश्रम

    २०६९ सालको छठपर्वको अवसरमा युवागायक सुमित खड्काको गीत सुन्न तथा र अनाथाश्रमका बालकलाकारहरुको नृत्य हेर्न पूर्वाञ्चल अनाथाश्रम गइयो । करिव एक घण्टाको सास्कृतिक कार्यक्रमको अन्तमा बालबालिका र अनाथाश्रमलाई शुभकामना व्यक्त गरियो र बालबालिकाहरुलाई खाजास्वरुप बिस्कुट र चाउचाउ दिंदै फेरि भेट्ने बाचा गर्दै अपरान्हतिर  बिदा मागियो ।

  • शुभकामना !

    शुभकामना ! हङकङ नेपाली महासंघ तथा गायक कलाकार सुमित खड्काजी ! हङकङ नेपाली महासंघको निमन्त्रणामा नेपाली देशभक्तिगीत गायनमा पहिचान बनाएका चर्चित युवा गायक सुमित खड्का विराटनगरबाट हङकङ यात्रामा निस्कनु भएको छ । निकट भविश्य (संभवत ३० नोभेम्बर) मा हङकङमा आयोजित समारोहमा मैले रचना गरेको गीत तथा बरिष्ठ संगीतकार शक्ति बल्लभको संगीतमा महासंघको अफिसियल गीत गायक…

  • शुभकामना गीत लोकार्पण

    २०७० बैशाख १ गते विराटेश्वर बृद्धाश्रममा बृद्धाश्रम अध्यक्ष जगतप्रसाद अर्याल, समाजसेवी दीनबन्धु गोयल र गीतकारले संयुक्त रुपमा शुभकामना गीत सार्वजनिक गर्नुभएको थियो । शब्दः नवराज सुब्बा, संगीतः सुमित खड्का, स्वरः सुमित र सोनिका । उक्त शुभकामना गीत निम्न फोटोमा क्लिक गरेर सुन्न वा डाउनलोड गर्न सकिन्छ ।

  • यात्रा आधा शताब्दीको सार्वजनिक

    असार १९, विराटनगर । साहित्यकार नवराज सुब्बाले आफ्नो तेस्रो कवितासङ्ग्रह “यात्रा आधा शताब्दीको” हालै विराटनगरमा एक समारोहमा सार्वजनिक गर्नुभयो ।

  • विराटनगरमा कविगोष्ठी

    भाद्र १८, २०६७ विराटनगर । वाणी प्रकाशन विराटनगरले पाक्षिक कवि गोष्ठीको आयोजन गर्‍यो । कवि गोष्ठीमा भोजपुरी, मैथिली, हिन्दी लगायतका भाषामा रचना प्रस्तुत गरिनुका साथै तीजसम्बन्धी गीत पनि प्रस्तुत गरियो । कवि लावण्य सापकोटा, मधु पोखरेल, ज्योति जंगल, भैरुदास सुराना, दीपक सञ्चु, बोनप्रताप मल्ल लगायतका कवि कवियत्रीहरुले आ-आफ्ना रचना वाचन गरे । महाकाव्यकार सोमराज अभयको…

Leave a Reply