कविगोष्ठी

देवकोटा पुस्तकालयमा कविगोष्ठी

    विराटनगर कार्तिक ८, महाकवि लक्ष्मिप्रसाद देवकोटाको शतवार्षिकी तथा देवकोटा पुस्तकालयको स्वर्णजयन्ती सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि मनाउने सिलसिलामा शुक्रवार कविगोष्ठीको आयोजना गरियो ।
    प्रतियोगितात्मक तथा अप्रतियोगितात्मक तवरबाट आयोजना गरिएको सो गोष्ठीमा वरिष्ठ कवि कृष्णभूषण बल, कवि नवराज सुब्बा, नारायण तिवारी, भुषण ढुङ्गेल, सीमा आभाष, पाँचथरका खोलाघरे साइँला, मीनकुमार नवोदित, राधिका गुरागाइँ, दीपा अविरल लगायतका कवि, कवियत्रीहरुले अप्रतियोगितात्मक रुपमा आफ्ना रचना वाचन गर्नुभएको थियो ।
    देवकोटा पुस्तकालयका सभापति सुबोध निरौलको सभापतित्वमा तथा कवि नवराज सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा दीपक सञ्चु प्रथम, माधवप्रसाद मुकुन्द द्वितीय, विकासराज आत्रेय तृतीय भए भने सान्त्वना स्थान प्राप्त गर्न शिवनारायण पण्डित सिंगल र बालकवि प्रतीका चांलागाई सफल भए ।
    सुदीप घिमिरेको संयोजकत्वमा संयोजकत्वमा संचालित उक्त कवि गोष्ठीमा वरिष्ठ आख्यानकार परशु प्रधान, डा. मेदिनी शर्मा लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो । समारोहको प्रारम्भमा महाकविको तस्वीरमा माल्यार्पण गरि भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।

Similar Posts

  • शुभकामना गीत लोकार्पण

    २०७० बैशाख १ गते विराटेश्वर बृद्धाश्रममा बृद्धाश्रम अध्यक्ष जगतप्रसाद अर्याल, समाजसेवी दीनबन्धु गोयल र गीतकारले संयुक्त रुपमा शुभकामना गीत सार्वजनिक गर्नुभएको थियो । शब्दः नवराज सुब्बा, संगीतः सुमित खड्का, स्वरः सुमित र सोनिका । उक्त शुभकामना गीत निम्न फोटोमा क्लिक गरेर सुन्न वा डाउनलोड गर्न सकिन्छ ।

  • छठपर्व विदामा अनाथाश्रम

    २०६९ सालको छठपर्वको अवसरमा युवागायक सुमित खड्काको गीत सुन्न तथा र अनाथाश्रमका बालकलाकारहरुको नृत्य हेर्न पूर्वाञ्चल अनाथाश्रम गइयो । करिव एक घण्टाको सास्कृतिक कार्यक्रमको अन्तमा बालबालिका र अनाथाश्रमलाई शुभकामना व्यक्त गरियो र बालबालिकाहरुलाई खाजास्वरुप बिस्कुट र चाउचाउ दिंदै फेरि भेट्ने बाचा गर्दै अपरान्हतिर  बिदा मागियो ।

  • लुकेको रहर विमोचित

    मंसिर २९, २०६७ काठमाडौं । नवराज सुब्बाको गजल एल्बम “लुकेको रहर” विमोचन भएको छ । एक समारोहमा बरिष्ठ गीतकार रत्नसमशेर थापा, किरण खरेल, कालीप्रसाद रिजाल, वरिष्ठ गायक प्रेमध्जन प्रधान र वरिष्ठ आख्यानकार परशु प्रधानले संयुक्त रुपमा उक्त एल्वमको विमोचन गर्नुभयो । नयाँ स्वाद र स्वरुपमा बजारमा आएको उक्त एल्वममा सुब्बाका ९ वटा गजलहरु रहेको र…

  • राष्ट्रिय एकता दिवस भव्य

    पौष २७, २०६६, इटहरा मोरङ । भव्य अन्तरक्रिया कार्यक्रम गर्दै राष्ट्रिय एकता दिवस इटहरा मोरङमा मनाइयो । प्रमुख वक्ताहरु नेपाली भाषाविद प्रा. डा. टँक न्यौपाने, वुद्धिजीवि परिषदका अध्यक्ष तथा समालोचक प्रा.डा.

  • स्रष्टाहरू सम्मानित

    श्री पल्लव साहित्य प्रतिष्ठान चितवनले साहित्यका विभिन्न विधामा उल्लखनीय सेवा गर्ने विभिन्न स्रष्टाहरूलाई हालै सम्मानित गरेको छ । साहित्यकार नवराज सुब्बा, प्रा.डा. गोपाल भण्डारी, रमा शर्मा, देवीप्रसाद बनवासी, दीपक सोती, कल्पना काफ्ले लगायतका स्रष्टाहरूलाई चितवन देवघाट स्थित एक समारोहमा सम्मान प्रदान गरियो । प्रमुख अतिथी छन्दनायक  माधव वियोगीले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाइ  सम्मानपत्र प्रदान गर्नुभयो…

Leave a Reply