किन बन्ने किन बनाउने डाक्टर ? (नवराज सुब्बा)

आज एकपटक फेरी हेल्थ असिष्टेन्ट (एच..) लाई एम.बी.बी.एस.पढ्न दिइनु पर्छ भन्ने माग मुलुकमा बल्झेको आज एच..हरुले जुन आन्दोलन छेडेका छन् त्यो आजभन्दा झण्डै तीन दशक अघि नै यही मुलुकमा हासिल गरिसकिएको एक उपलब्धि थियो, जसलाई सुनियोजित ढंगले हटाइयो र्सवप्रथम त्रि.वि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थानले आफैले हासिल गरेकोे देश सुहाउदो उक्त अत्यन्त उपयोगी परम्परालाई नामोनिसाना नरहने गरि आफैले मेटायो सरकारी अनुदान प्राप्त उक्त संस्थान पश्चिमी मुलुकमा बिक्ने खालका चिकित्सक उत्पादन गर्ने संस्थानको रुपमा परिणत गरियो मुलुकले आज देशको लागि आवश्यक पर्ने चिकित्सक उत्पादन गर्ने निजी क्षेत्रका मेडिकल कलेज मात्र हैन सरकारी अनुदानप्राप्त प्रतिष्ठान तथा संस्थानसमेत आज अरब तथा पश्चिमी मुलुकमा निर्यात हुने चिकित्सक उत्पादन गर्ने मेडिकल कलेजरुपी फ्याक्ट्रीमा परिणत भएका छन् जुन सोच्ने बेला भएको किनभने हरेक वर्षलगभग हजार भन्दा बढी नेपालीहरू स्वदेश विदेशबाट पढेर आउने उत्पादित हुन्छन् तर मुलुकमा सधैं डाक्टरकै अभाव हुने बिडम्बना प्रति जिम्मेवार निकायले गम्भिरतापर्ूवक सोच्ने बेला आएको विश्वमा सबैभन्दा बढी मातृमृत्यु दर, अतिउच्च शिशु मृत्युदर भएको नेपालले यसरी बिदेशकै निम्ति डाक्टर उत्पादन गर्नुको अर्थ अझै किन नखोज्ने? डाक्टर उत्पादन गर्ने मेडिकल कलेजहरू मेची देखि महाकालीसम्मै ढाक्नेगरि खोलिएका छन् तर त्यसरी खोलिएका मेडिकल कलेजबाट उत्पादित डाक्टरहरू नेपाल नेपालीका लागि भन्दा पनि बिदेशका लागि मात्र उत्पादन भएका छन्, जुन चिन्ताको विषय हो आज यसको चिन्ता हरेक सचेत नागरिकले गर्ने गरेको तर जिम्मेवार निकायले नीतिगत रुपमा तहमै गम्भिरतापर्ूवक नसोचेसम्म यहाँ केही हुनेवाला छैन एकातिर हिजो आज पनि हामी हाम्रा युवा गोर्खा भर्ती केन्द्रमा भर्ती भएर देशको युवाशक्ति बिदेश पलायन भयो भनेर चिन्ता ब्यक्त गर्दथ्यौं, अझै गर्र्छौ तर आज अर्को स्वरुपमा अतियोग्य जनशक्ति विदेशीका लागि तयार पार्दैछौं भनेर कसैले चिन्ता ब्यक्त गरेका वा आवाज उठाएको किन सुनिदैन मुलुकको त्यत्रो साधन श्रोतको खर्च गरेर उत्पादन गरेका चिकित्सक विदेश निर्यात हुने परिस्थिति प्रति स्वयम् जिम्मेवार निकाय जनमुखी भएर नीतिगत उदासीनता अन्यौल हटाउन ढिला भएको देशको लागि केही सोच्ने मानिस यो देशमा नजन्मेका होइनन् बिदेश घुमेर बिदेशजस्तै झलमल बनाउन बिदेशी प्रविधि हुबहु नक्कल गर्नुपर्छ भन्ने मानिस देशमा धेरै छन् अर्कातिर देशको बिशिष्ठता हेरेर देशको माटो अनुकूलको प्राविधिक जनशक्तिको विकास गर्नुपर्छ भन्ने विज्ञ पनि यहाँ नभएका होइनन् पछिल्ला थरीका मानिसलाई नब्बेको दशक पछि आएको विश्वब्यापिकरणले अरु पाखा लगाएको स्वास्थ्य क्षेत्रमा हाम्रो देशको सामाजिक, आर्थिक, भौगोलिक तथा सास्कृतिक बिशिष्ठता अनुसारको स्वास्थ्य शिक्षा दिइनुपर्छ यो माटोलाई सुहाउने चिकित्सकलाई देशमै उत्पादन गर्नुपर्दछ भन्नेे ब्यक्ति यो देशमा जन्मेका थिए जसले चिकित्सा विज्ञानमा प्रमाणपत्रतह उत्तिर्ण गरेका हेल्थ असिष्टेण्टएच.) लाई स्नातक वा एम.बी.बी.एस.पढाउने प्रथाको सुरुवात गरे उनी थिए डा.मोइन शाह नेपालमा सेतो काग जन्मिने भो भनेर उनका बिरोधीहरूले हौवा फिजाएर विश्वमा प्रचलित मान्यता अनुरुप बिशुद्घ विज्ञान प्रमाणपत्रतहलाई मात्र एम.बी.बी.एसर्.गर्न दिनुपर्छ भन्नेहरू उनी बिरुद्घ खनिए अन्ततः उनले देशै छाडेर विदेश पलायन हुन बाध्य हुनुपर्यो त्रिविवि चिकित्सा अध्ययन संस्थानले एच..को उत्पादन बन्द गरेर एच..लाई एम्.बी.बी.एस.को ढोका बन्द गरिदियो यसरी डा.मोइन शाहका पदचिन्ह मेटाइयो योग्य विद्यार्थीको चयन गर्ने, स्तरिय शिक्षा दिइने, खुल्ला प्रतिस्पर्धा गरिने नाममा दुर्गम तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई मेडिकल पर्ढाईबाट पाखा पारिए महङ्गो पर्ढाई शुल्कका बाधा सिर्जना गरेर मध्यम बर्गीय परिवारका विद्यार्थी पनि किनारा लगाइए यसरी अब मेडिकल पर्ढाईको पहुँच प्रायः त्यस्तो बर्गमा पुग्यो जो गाउँघरको परिवेशसंग अपरिचित जसलाई ताप्लेजुङको लुङथुङ प्राथमिक स्वास्थ्य केन्द्र परै जाओस् मोरङको झुरकिया प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्न पनि श्वीकार्य छैन जहाँ उसको डाक्टरी पढाइमा लागेको १५।२० लाख खर्च उठाउन संभव छैन त्यसैले विदेश पलायनका तानाबाना बुन्न तिरै लाग्दछ यही स्थिति रहेमा हाम्रो मुलुकका मेडिकल कलेजबाट वर्षा जत्ति हजार डाक्टर उत्पादन भए पनि मुलुकका ७५ जिल्लाका स्वास्थ्य संस्थाका डाक्टर दरबन्दी पूरा हुन सम्भव छैनन् यही सवाललाई निकै हदसम्म सम्बोधन गर्न सक्छ एच..हरुलाई एम.बी.बी.एस.को ढोका खोलेर किनभने एच..आफ्नो सेवावधिमा नेपालको हावापानी माटोसंग भिजिसकेको हुन्छ जसले देशको माया सेवाको महत्व बुझने मौका पाएको हुन्छ उसले अरु बृत्तिविकास गरि साँच्चैको डाक्टर बनेर सोही ठाउँमा सेवा गर्ने अठोट मनमनै गर्दछ अर्को कुरा एच..प्राय मध्ममबर्गीय परिवारबाट छन् जो गाउले परिवेश संग परिचित हुन्छन् स्वभाविक रुपमा डाक्टर बनेपछि आफ्नो जिल्लामा कार्यगर्नर् इच्छुक हुन्छन् तर यसका पनि चुनौती धेरै छन् मुख्य कुरो डाक्टरी पर्ढाई खर्च ज्यादै महङ्गो भएकाले लागेको पर्ढाई खर्च उकास्न विदेश पलायन हुने स्थिति सिर्जना भई हालका एच.. तथा भविश्यका डाक्टरलाई पनि यो समस्याले गाँज्न सक्तछ डाक्टरी पेसा पैसा कमाउने पेशा मात्र होइन यो पेशा सेवा र्समर्पणको पेसा पनि हो भन्ने कुरा भविश्यका डाक्टरले मनन् नगरे सम्म यो मुलुकलाई जत्तिसुकै डाक्टर बनुन् त्यसको केही अर्थ छैन हामीले कहिले बुझने कि शिक्षाको ब्यापारीकरण तथा माफियातन्त्रको अन्त्य नगरी सबै नेपालीले डाक्टरको मुख देख्न पाउदैनन्

Similar Posts

  • Dental Health Camp

    Dental Health Camp at Rural clusters organized by Forest Committees in collaboration with governmental organizations. दाँतसम्बन्धी शिविर: असोज १०, २०६८ विराटनगर । मोरङ, पथरी–९ बोक्रेचोकमा एकदिने दन्त शिविरको आयोजना गरियो । डा. सुधिर श्रेष्ठ र डा. सफल ढुङ्गेल सम्मिलित टोलीले १५० जना बढीको दाँत परीक्षण तथा उपचार गरेको छ । चौतारी सामुदायिक वन समूह, सुन्दर सामुदायिक…

  • विराटनगरमा होमियोपैथी दिवस

    चैत्र २८, २०६९ विराटनगर नेपाल । होमियोप्याथी चिकित्सा प्रणालीका प्रणेता डा. स्यामुयल हनेमनको २५८ औं जन्मजयन्ति आज विराटनगरमा पनि मनाइयो । नेपाल होमियोपैथी चिकित्सक संघले आयोजना गरेको एक समारोहमा प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवराज सुब्बा, अतिथिहरु जितेन्द्र राठी, केशव सुवाल, डा. अरबिन्द कुमार, डा. रामबहादुर थापा, गोपाल सोनाली, राजकुमार ठाकुर लगायतले होमियोपैथी चिकित्सा…

  • अपाङ्गतासम्बन्धी सक्रियता

    जेठ ३, २०६८ विराटनगर, अपाङ्गतासम्बन्धी कार्यरत संस्था सामर्थ्य नेपालले दोस्रो वार्षिक साधरण सभा गरेको छ । संस्थाले आर्थिक वर्ष२०६७/६८ को लागि रु २४ लाख ८० हजारको बजेट प्रस्तुत पेश गरेको छ । समाजका अध्यक्ष बिमल बस्नेतको अध्यक्षतामा भएको उद्घाटन शत्रमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बा, जि.वि.स.का गणेश तिमसिना, जिल्ला शिक्षा कार्यालयका सूर्य गौतम, एन.एल.आर.का नन्दु…

  • आकस्मिक कोषको स्थापना

    मंसिर २०, २०६७ । मोरङ इन्द्रपुरमा करिव ७ लाख रुपैयाको आकस्मिक कोष स्थापना गरिएको छ । महिला सुत्केरी गराउन, सिकिस्त बालबालिकालाई उपचार गर्न, र्सपदंश लगायतका आकस्मिक स्वास्थ्य अवस्थामा आमा समूहका सदस्यहरुलाई सापट उपलब्ध गराउने उदेश्यले कोषको स्थापना गरिएको हो । गत आर्थिक वर्षा १४७ जनालाई उक्त कोषबाट रु २ हजार देखि ५ हजार रुपैयासम्म रकम…

  • |

    राष्ट्रिय खोप दिवस बालअधिकार

    सन्दर्भ– राष्ट्रिय खोप दिवसः २८ चैत्र २०६६ (नवराज सुब्बा) पोलियोको पूरा मात्रा पाईसकेको बालबालिकाले वर्षेनी मनाइने राष्ट्रिय खोप दिवसमा पोलियो थोपा थप खुवाउन पर्ला कि नपर्ला ? थप खोप खुवाउँदा बच्चालाई नराम्रो असर पर्ला कि !

  • Global Action Against HIV/AIDS Week in Morang

    जेठ ५, २०६८ विराटनगर । सन् २०११ मा एच.आइ.भी. एड्स विरुद्ध विश्वव्यापी अभियानको साप्ताहिक कार्यक्रम अन्तर्गत मोरङ जिल्लामा यस अभियानमा संलग्न सरकारी, गैरसरकारी संस्था, संक्रमित, जिल्ला एड्स समन्वय समितिका संयोजक झमक भट्टराइ, सन्जालका संयोजक सन्जीव खड्का र अभियन्ताहरुको एक भेलाले विराटनगरको जनआन्दोलन चोकमा एड्सबाट ज्यान गुमाएकाहरुको सम्झनामा एक मिनेट मौन धारण गर्दै साँझ मैनवत्ति बालेको छ…

Leave a Reply