स्वास्थ्यचौकी भवन शिलान्यास

माघ २८, २०६७ । मोरङ कसेनीमा आज स्वास्थ्य चौकी भवनको शिलान्यास भएको छ । रु २३ लाख रुपैयाको लागतमा बन्ने ४ कोठेभवनको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बाले शिलान्यास गर्नुभयो ।

भवन निर्माणको लागि कसेनी गा.वि.स.बाट रु १० लाख, जि.वि.स.मोरङबाट रु २ लाख र प्लान नेपालबाट रु ११ लाख र स्थानीय विश्वबन्धु बस्नेत र केशव बस्नेतबाट दुइ कट्ठा जग्गा निःशुल्क उपलब्ध भएको छ । भवन निर्माण समितिका अध्यक्ष विश्वबन्धु बस्नेतको अध्यक्षतामा सम्पन्न शिलान्यास समारोहमा गा.वि.स. सचिव वसन्त घिमिरे, स्वास्थ्य चौकी इञ्चार्ज चन्द्र नेपाल र प्लान नेपालकी पम्फा प्रधानले कार्यक्रमबारे बोल्नुभएको थियो ।

Similar Posts

  • |

    भाइरल ज्वरो सम्बन्धी महत्वपूर्ण तथ्यहरू – नवराज सुब्बा

    १. विषयप्रवेश सामान्य भाषामा भन्नुपर्दा इन्फ्लुएञ्जा रोगलाई भाइरल ज्वरो, रुघामर्घी वा रुढी वा फ्लू भनेर पनि चिनिन्छ । तर कहिलेकाहीं यसले घरपरिवारका धेरै सदस्यलाई, विद्यालय वा छात्रावासका धेरै विद्यार्थीलाई तथा अस्पताल, कारागार, ब्यारेकजस्ता एकत्रित भएर बस्ने मानिसलाई एकसाथ प्रभावित पार्दछ । जसलाई हामी महामारी भन्दछौं । मोरङ जिल्लामा गत आर्थिक वर्ष २०६८/६९ सालमा ३७१४ जनाले…

  • जग्गादातालाई सम्मान

    मोरङ विराटनगर, पौष २८, २०६७ । टंकीसिनवारी स्वास्थ्य चौकी भवन निर्माणस्थलको लागि चार कट्ठा जग्गादान दिने श्री हरिचरण विश्वासलाई हालै सम्मान गरियो । स्वास्थ्यचौकीमा आज आयोजित एक समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले मण्डललाई सम्मानपत्र सहित दोसल्ला ओढाइ सम्मान गर्नुभयो । भुवनेश्वर मण्डलको अध्यक्षतामा सम्पन्न सम्मान समारोहमा ब्यवस्थापन समितिका अध्यक्ष काशिराम श्रेष्ठ, बाबुप्रसाद यादव, प्रेमचन्द…

  • दुर्गम स्थानमा गाउँघर क्लिनिक

    चैत्र १८, २०६९ । मोरङ राजघाटमा जनश्रमदान, जिल्ला विकास समिति र बि.एन.एम.टि. को सहयोगमा गाउँघर क्लिनिक भवन निर्माण गरिएको छ । करिव १ लाख ५५ हजारको लागतमा राजघाट वडा न. ६ महाराजझोडा निर्मित दुईकोठे क्लिनिक भवनको आज एक समारोहमा भयो । राजघाट उपस्वास्थ्य चौकीबाट ८ किलोमीटर दक्षिण दुर्गम महाराजझोडामा अवस्थित उक्त गाउघर क्लिनिकबाट महिनामा दुई…

  • |

    एम्बुलेन्स सेवा प्रभावकारी बनाउने उपाय

    डा. नवराज सुब्बा आकस्मिक रूपमा चाहिने एम्बुलेन्स सेवा स्वास्थ्य प्रणालीको महत्वपूर्ण सहायक सेवा हो । यातायात पुगेका स्थानमा आजकल समुदायस्तरबाट समेत एम्बुलेन्सको व्यवस्था गरिएको छ । गाउँ गाउँमा खुलेका सहकारी, अस्पताल तथा सामाजिक धार्मिक संघ संस्थाहरूले पनि एम्बुलेन्स सेवा संचालन गरेर सेवा दिन थालेका छन् । तर यही अत्यावश्यक एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय आज ढुक्क…

  • Interaction on Health Care Services

    मंसिर १८, २०६९ विराटनगर । अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजनामा नागरिकको स्वास्थ्य अधिकारमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा स्वास्थ्य नीति र कार्यान्वयन स्थिति विषयमा कार्यपत्र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख नवराज सुब्बाले प्रस्तुत गरे पछि जिल्लाका स्वास्थ्य सम्बन्धी विविध सवालहरुमा गहन छलफल तथा अन्तरक्रिया भयो । जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा दुई घण्टा तय गरिएको उक्त…

  • प्रसूती सेवा भवन शिलान्यास

    कार्तिक २८, २०६८ मोरङको हरैंचा प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूती सेवा केन्द्र भवनको शिलान्यास भएको छ । प्रसूती गराउने आधुनिक १० कोठे भवनको शिलान्यास एक समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले गर्नुभएको छ । भवन शिलान्यास समारोहमा केन्द्रका इञ्चार्ज शेखर यादवले आर्थिक वर्ष २०६७÷६८ को प्रगति विवरण प्रस्तुत गर्नुभयो । समारोहमा केन्द्रको गत वर्ष तथा आगामी…

Leave a Reply