माघ २८, २०६७ । मोरङ कसेनीमा आज स्वास्थ्य चौकी भवनको शिलान्यास भएको छ । रु २३ लाख रुपैयाको लागतमा बन्ने ४ कोठेभवनको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बाले शिलान्यास गर्नुभयो ।

भवन निर्माणको लागि कसेनी गा.वि.स.बाट रु १० लाख, जि.वि.स.मोरङबाट रु २ लाख र प्लान नेपालबाट रु ११ लाख र स्थानीय विश्वबन्धु बस्नेत र केशव बस्नेतबाट दुइ कट्ठा जग्गा निःशुल्क उपलब्ध भएको छ । भवन निर्माण समितिका अध्यक्ष विश्वबन्धु बस्नेतको अध्यक्षतामा सम्पन्न शिलान्यास समारोहमा गा.वि.स. सचिव वसन्त घिमिरे, स्वास्थ्य चौकी इञ्चार्ज चन्द्र नेपाल र प्लान नेपालकी पम्फा प्रधानले कार्यक्रमबारे बोल्नुभएको थियो ।

Radio Interviews
प्रजनन स्वास्थ्य शिविर

Leave a Comment