धुवैंधुँवा
भरिएको कोठामा
म सकिन निदाउन
अँट्नै सकिन
आफ्नै अपूर्णतामा
पोखिएँ चाहनामा
र बग्दै गएँ यसरी
जीवनभर भेलजस्तै
ठोक्किइरहें ढुङ्गामा
र पटक पटक
बाँचेको अनभुव गरें
घरिघरि छोएँ किनारा
र जितेको आभास पाएँ
तर जब पाएँ बगरमा आफूलाई
तब मरिमरि बाँचेकोमा एकपटक मुस्कुराएँ
अनि ब्यर्थ बाँचेकोमा पछुताइरहें
अझै पनि म
स्मसान रातसित जुधिरहेछु
र एउटा सम्झौता गरिरहेछु
बिहानी ब्यूँझाउने रातसित…
लडाइँ अझै
सकिएको छैन
भन्न सकिन्न यो युद्ध हो
धुँवामा मेरो पनि रंग मिसियो र
यदि म उठ्न सकिन भने
ए रात !
तिमीले ब्यूँझाउनु है
विहानीलाई ।