आत्मा

आत्मा

आत्मा भन्नाले चेतनशील, अविनाशी तथा अमूर्त तत्वलाई जनाउँछ, जुन मानिसको अस्तित्वको आधार मानिन्छ। हिन्दू, बौद्ध, जैन तथा अन्य धेरै धार्मिक तथा आध्यात्मिक परम्पराहरूमा आत्मा लाई अनन्त र पुनर्जन्म चक्रसँग सम्बन्धित तत्वको रूपमा लिइन्छ। यो शरीर नष्ट भए पनि अस्तित्वमा रहन्छ भन्ने विश्वास गरिन्छ। केही परम्पराहरूमा आत्मा लाई परमात्मासँग जोडिने मार्गको रूपमा हेरिन्छ, जसलाई मोक्ष वा निर्वाण भनिन्छ। यसबारे विभिन्न दार्शनिक मतहरू भए पनि, आत्मा को अस्तित्वबारे मानव सभ्यताले प्राचीनकालदेखि नै खोजबिन गरिरहेको छ।

धामीको आत्मा प्रेम

(कविता) डा. नवराज सुब्बा

जपेर मन्त्र बोलाएँ तिम्रो नाम
पहाडको बतासले खबर ल्यायो
नदीले सुसायो तिम्रो आवाज
रूखका पातहरूले सुनाए तिम्रो रहस्य।

म एक्लो धामी र तिमी आत्मा
सपनामा मात्र होइन यो,
यो जन्मभन्दा उहिलेको कथा।
जब म ढ्याङ्ग्रो बजाउँछु,
तिम्रो मुटुको तालमा,
र धरती भन्छ–
“यो प्रेम प्रकृतिले लेखेको छ,
यो आत्माले आत्मालाई चिनेको छ।”

हिमालमा गएँ र हिउँका रापसित सोधेँ
मधेसका मैदानमा झरेँ र छामेँ तिम्रो सिउँदोको घाम,
जंगलका पात पात सरसराए,
र तिनीहरूले एक स्वरमा भनिदिए–
“तिम्रो प्रेम कहिल्यै मर्दैन।”

यो केवल जुनीको संगत होइन,
यो परलोकसम्मै बहने बन्धन हो,
जसरी माटोले जानीसकेको छ,
आगो, हावा र पानीको कथा।

प्रेम केवल दोधार होइन,
कुनै बाधा र दूरीले थाम्न नसक्ने प्रवाह हो यो।
हामी दुई शरीर हौँ, तर मन एउटै,
हामी दुई स्वर हौँ तर गीत एउटै।
म तिमीभित्र छु,
तिमी मेरो श्वासप्रश्वासमा छौ।म चिन्तामा बसेको छु प्रिय,
तिमी जहाँ भए पनि,
म मनमा ढ्याङ्ग्रो बजाइरहनेछु,
र प्रकृतिले मलाई बताइरहनेछ–
हामी सँगै थियौँ, छौँ र रहन्छौँ। 

Publications

Thuprai

Similar Posts

  • कम्लहरी

    कम्लहरी

    मलाई
    माघीसँग डर लाग्छ आमा !
    मलाई यो माघमा
    तिम्रो न्यानो काख छाडेर
    महाजनको घरमा
    जान पटक्कै मन छैन !

    भोक लाग्नुको अपराधमा
    आङ ढाक्न खोज्नुको सजायस्वरूप
    जानुपर्‍यो मैले परायाघर

  • |

    कविता लेख्न बस्दा

    कविता— डा. नवराज सुब्बा म सधैं कवि हुँदिन—कहिलेकाहीँ एउटा पुरानो हुलाकी बन्छु,जसको झोलामा चिठीहरू छन्तर ठेगाना भने मेटिइसकेको छ।म जब शब्दहरू टिप्छु,ती अक्षर हुँदैनन्—खोलाको किनारमा आफै उम्रिएका ढुंगाजस्ता हुन्छन्,जहाँ हावा र खोलाको सललको संगीतलेआफ्नो गोप्य कथा सुनाइरहेको हुन्छ। चौतारीमा बसेको त्यो समयअहिले पनि मभित्र जिउँदै छ—हावाले पातहरूलाई सम्झाउँदैमलाई तिम्रो नाम सुम्सुम्याइदिन्छ,र म सोच्छु,यो गफ हो…

  • न्यूटन, स्याऊ र भूकम्प

    यसपालि पनि भूइँचालोले देखेन जीवनदेखि दिक्क भएका मृत्यु पर्खी बसेकाहरूलाई बरु फुलिरहेका फूलहरू टिप्यो वारिपारि गर्ने पुलहरू चुँडायो यसपालि पनि टेरेन मृत्युले मान्छेका निर्दोष पाइलाहरू बरु निर्ममतापूर्वक कुल्चियो निस्सासियो गाउँ र शहर स्वास रोकिएको मौका छोपेर मिच्न मिच्यो मानव अस्तित्व यसरी फुत्त आयो भूकम्प उजाड बनायो गाउँशहर र लुत्त लुक्यो….

  • बिहानी ब्यूँझाउने रातसित…

    धुवैंधुँवा भरिएको कोठामा म सकिन निदाउन अँट्नै सकिन आफ्नै अपूर्णतामा पोखिएँ चाहनामा र बग्दै गएँ यसरी जीवनभर भेलजस्तै ठोक्किइरहें ढुङ्गामा र पटक पटक बाँचेको अनभुव गरें

  • बिर्खेको दशैं

    यो दुनियाँमा दुःख दिनेबाहेक अरू थोक नै के छ र भोक भन या गरीबी बन्द भन या हडताल सत्ता भन या प्रतिपक्ष सबैसबै दुःखै दिने चीज मात्र त हुन् नि मेरा निम्ति मलाई खुसी बाँड्ने सेतो हिमाल छ जो मलाई उभिन सिकाउँछ कहिल्यै नरिसाई सधैं हाँस्न सिकाउँछ मलाई