समय

(एक)
समयको तालसँगै कति ताला लागे लागे
कारखानामा ताला लागे कार्यालयमा लागे
बोल्ने मुखमा ताला लाग्ला नि भन्छन् बैरी
आफ्ना चाहि खाने मुखमैं भोटे ताला लागे ।

(दुइ)
पाक्न पाक्न लागेको फल टिपेर पिसेर खाए
राम्ररी पाक्न दिएनन् अधकल्चै झारेर खाए
यसपालि अनिकालले पो मरिन्छ कि गाँठे !
बीऊ नै नराखी इमानको बोटै उखेलेर खाए ।

Similar Posts

  • मुक्तक-2

    किन हो चरी रोएको मन पर्छ मनको रुमाल धोएको मन पर्छ आफैलाई दुखे पनि किन होला त्यो तिर्सनाले छोएको मन पर्छ । — तस्वीरमा झैं सधैं राम्रो भएको भए कवितामा झैं यौवन नओइलाएको भए प्रेम पनि अमर कहाँ हुन्थ्यो होला प्रिय ! तिमीलाई साँच्चै आफ्नै बनाएको भए ।

  • मन

    यो झरी र त्यो प्रेम उस्तै उस्तै रहेछ त्यो बैंश र यो मौसम जस्तै रहेछ आँखा चिम्लेर पोखिन्छ जब आकास मन भत्केपछि मान्छे पागलै हुने रहेछ ।

  • यो के भो !

    कुनैबेला तिमी मेरो निम्ति मरिमरि हाँस्ने गर्दथ्यौ टिपेर फूलहरु मेरै निम्ति माला गास्ने गर्दथ्यौ यो के भो ! आज कसरी आपसमा हामी वैरी भयौं ? जबकि हामी चण्डी; मारुनी, रोदी, देउडा; मिलेरै नाच्ने गर्दथ्यौं ।

  • जिन्दगी

    करेसाबारीमा नअटेको डिलबाट पनि धकेलिएको भीरमा फुल्ने फूल जस्तै यहाँ कसैको जिन्दगी हरदम आफैसित रम्नु रहेछ आखिर जिन्दगी गमला वा फूलबारी हैन स्वतन्त्र जिन्दगी ।

  • सपनाको भकुण्डो

    हुट्टिट्याउँले आकास थामेन किन भो उभिण्डो न त बाख्राको मुखमा अट्छ कहिल्यै कुभिण्डो आफूलाई नधोच्ने जुँघाले अरुलाई नै घोच्दछ यसरी सकिंदैन गोल गर्न यो सपनाको भकुण्डो । जेठ १५, २०६९ विराटनगर नेपाल ।

Leave a Reply