मुक्तक
सर ! अब पढौं अनुशासन, छात्रछात्राको माग हो
सरकार ! देऊ अब सुशासन, जनताको माग यो
हैन अति भो हजुर ! मुख छोपौं कि के गरौं अब !
बाटैमा बसेर के गर्नेलाई भन्दा देख्नेलाई लाज भो ।
एस.एल.सी. (2012) दिने विद्यार्थी भाइबैनीहरूलाई शुभकामना सहित…
सर ! अब पढौं अनुशासन, छात्रछात्राको माग हो
सरकार ! देऊ अब सुशासन, जनताको माग यो
हैन अति भो हजुर ! मुख छोपौं कि के गरौं अब !
बाटैमा बसेर के गर्नेलाई भन्दा देख्नेलाई लाज भो ।
एस.एल.सी. (2012) दिने विद्यार्थी भाइबैनीहरूलाई शुभकामना सहित…
झुत्रे झोला नभए यी मनका कुरा म कहाँ राख्थे हुँला थोत्रे बाकस नभए यत्तिका बात कता थन्क्याउँथे हुँला कहाँ सकिंदा रहेछन् भावना मात्र पोखिएर कवितामा सोच्दछु डष्टबिन नभए यतिधेरै कुरा कहाँ फाल्थें हुँला । — जेठ ३२ गते २०६९ विराटनगर नेपाल ।
नाङ्गै भए पनि मलाई लाज लाग्दैन माग्दै खान पनि मलाई लाज लाग्दैन लाज पचाइसकेको हुँ म लाजपचुवा दुनियाँ ढाँट्न मलाई क्यै लाज लाग्दैन ।
टुट्न टुट्न खोज्छ टुट्दैन फुट्न फुट्न खोज्छ फुट्दैन नाटक भन्थे हो कि क्या हो ! जुट्न जुट्न खोज्छ जुट्दैन ।
यो झरी र त्यो प्रेम उस्तै उस्तै रहेछ त्यो बैंश र यो मौसम जस्तै रहेछ आँखा चिम्लेर पोखिन्छ जब आकास मन भत्केपछि मान्छे पागलै हुने रहेछ ।
हुट्टिट्याउँले आकास थामेन किन भो उभिण्डो न त बाख्राको मुखमा अट्छ कहिल्यै कुभिण्डो आफूलाई नधोच्ने जुँघाले अरुलाई नै घोच्दछ यसरी सकिंदैन गोल गर्न यो सपनाको भकुण्डो । जेठ १५, २०६९ विराटनगर नेपाल ।
नवराज सुब्बा — एक — अब एक्लै यसरी आफैसित रुँदिन नहेर एकोहोरो अब म तिम्रो हुँदिन बिन्ति आँखा नजुधाऊ प्रिय मसित यी हातले अब तिम्रो तस्बीर छुँदिन । — दुई — तस्वीरमा झैं म सधैं राम्रो भएको भए कवितामा झैं यौवन नओइलाएको भए प्रेम पनि अमर कहाँ हुन्थ्यो होला प्रिय ! तिमीलाई साँच्चै आफ्नै बनाएको…