सहिदलाई सलाम विमोचित

बैशाख २४, २०६८ । विराटनगर । साझा प्रकाशनबाट प्रकाशित गीतकार नवराज सुब्बाको ‘सहिदलाई सलाम’ गीतसङ्ग्रह विमोचन भएको छ । विराटनगरमा आयोजित एक समारोहमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलले पुस्तकको विमोचन गर्नुभयो । कृतिमाथि प्रा.डा. टंक न्यौपाने, प्राज्ञ अनिरुद्र तिम्सिना र संगीतकार साजन राइले टिप्पणी गर्नुभयो ।  वाणी प्रकाशनका अध्यक्ष प्राज्ञ कृष्णभूषण बलको अध्यक्षतामा भएको समारोह कवि शुभलक्ष्मी लम्सालले संचालन गर्नुभएको थियो । साहित्यकार सुब्बाको यो चौथो साहित्यिक कृति हो । यसअघि वहाँको ‘जीवन मेरो शब्दकोशमा’ कवितासङ्ग्रह २०६३, ‘मनको मझेरी’ निबन्धसङ्ग्रह २०६४ र ‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रह २०६५ तथा तीनवोटा गीति एल्वम प्रकाशित छन् ।

Similar Posts

  • कदर पत्र प्रदान

    २०७२ जेठ २ गते विराटनगर । त्रिभुवन विश्व विद्यालयबाट स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि (पिएचडि) गरे बापत डा. नवराज सुब्बालाई किरात याक्थुड चुम्लुड विराटनगर शाखाले सम्मानित गरेको छ । मनोज मेन्याड्बोको अध्यक्षतामा भएको चुम्लुडको पाँचौ अधिवेशनमा कियाचु केन्द्रीय सदस्य नारायण यक्सोले डा. सुब्बालाई कदर पत्र प्रदान गर्नुभयो । उक्त अवसरमा किरात याक्थुड चुम्लुड विराटनगर शाखा, मोरड जिल्लाका…

  • विराटनगरमा कविगोष्ठी

    भाद्र १८, २०६७ विराटनगर । वाणी प्रकाशन विराटनगरले पाक्षिक कवि गोष्ठीको आयोजन गर्‍यो । कवि गोष्ठीमा भोजपुरी, मैथिली, हिन्दी लगायतका भाषामा रचना प्रस्तुत गरिनुका साथै तीजसम्बन्धी गीत पनि प्रस्तुत गरियो । कवि लावण्य सापकोटा, मधु पोखरेल, ज्योति जंगल, भैरुदास सुराना, दीपक सञ्चु, बोनप्रताप मल्ल लगायतका कवि कवियत्रीहरुले आ-आफ्ना रचना वाचन गरे । महाकाव्यकार सोमराज अभयको…

  • राष्ट्रिय एकता दिवस भव्य

    पौष २७, २०६६, इटहरा मोरङ । भव्य अन्तरक्रिया कार्यक्रम गर्दै राष्ट्रिय एकता दिवस इटहरा मोरङमा मनाइयो । प्रमुख वक्ताहरु नेपाली भाषाविद प्रा. डा. टँक न्यौपाने, वुद्धिजीवि परिषदका अध्यक्ष तथा समालोचक प्रा.डा.

  • कृति पुरस्कृत

    पूर्वाञ्चलमा प्रकाशित सर्वोत्कृष्ट कृतिलाइ प्रदान गरिने २०६४ सालको जयन्द्रप्रसाद प्रसाइ साहित्य सेवा पुरस्कार नवराज सुब्बाद्वारा लिखित 'मनको मझेरी' निबन्धसङ्ग्रहलाइ प्रदान गरिएको छ ।

Leave a Reply