हसन्दहमा गाउँघर क्लिनिक भवन निर्माण

बैशाख २३, २०६८ मोरङ । मोरङ हसन्दह वडा न १ मा गाउँघर क्लिनिक भवन निर्माण भएको छ । स्थानीय डम्बरकुमारी लुइँटेलले आफ्ना स्वर्गीय पति धनपति लुइँटेलको स्मृतिमा एक कट्ठा  जमिन प्रदान र चार कोठे भवन निर्माण गरिदिनु भएको छ । करिव ८ लाख मुल्य पर्ने उक्त भवन तथा जग्गामा स्थानीय गाविसले रु १३ हजार र बिएनएमटी संस्थाले रु २० हजार सहयोग गरेको थियो ।

उक्त भवनलाई आज एक समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले उद्घाटन गर्दै डम्बरकुमारी लुइँटेललाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गर्नुभयो । उक्त गाउँघर क्लिनिकलाइ आवश्यक पर्ने औषधी, उपकरण र फर्निचर जिल्ला जनस्वास्थ्य कार्यालयबाट व्यवस्था गरिदिने  प्रतिवद्धता प्रमुख सुब्बाले गर्नुभयो ।

Similar Posts

  • प्रजनन स्वास्थ्य शिविर

    माघ २७, २०६७ । मोरङ सिसवानी जहदा – जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा समुदायमा यौनरोग तथा प्रजनन स्वास्थ्य शिविर । जिल्ला जनस्वास्थ्य कार्यालय मोरंगका प्रमुख नवराज सुब्बाले शिविरको उद्घाटन गर्नुभयो । उद्घानका अवसरमा गाविस सचिव थिरप्रसाद पौडेल, विराट अस्पतालकी लजिता योञ्जनले बोल्नुभयो ।

  • Global Action Against HIV/AIDS Week in Morang

    जेठ ५, २०६८ विराटनगर । सन् २०११ मा एच.आइ.भी. एड्स विरुद्ध विश्वव्यापी अभियानको साप्ताहिक कार्यक्रम अन्तर्गत मोरङ जिल्लामा यस अभियानमा संलग्न सरकारी, गैरसरकारी संस्था, संक्रमित, जिल्ला एड्स समन्वय समितिका संयोजक झमक भट्टराइ, सन्जालका संयोजक सन्जीव खड्का र अभियन्ताहरुको एक भेलाले विराटनगरको जनआन्दोलन चोकमा एड्सबाट ज्यान गुमाएकाहरुको सम्झनामा एक मिनेट मौन धारण गर्दै साँझ मैनवत्ति बालेको छ…

  • Interaction on Health Care Services

    मंसिर १८, २०६९ विराटनगर । अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजनामा नागरिकको स्वास्थ्य अधिकारमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा स्वास्थ्य नीति र कार्यान्वयन स्थिति विषयमा कार्यपत्र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख नवराज सुब्बाले प्रस्तुत गरे पछि जिल्लाका स्वास्थ्य सम्बन्धी विविध सवालहरुमा गहन छलफल तथा अन्तरक्रिया भयो । जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा दुई घण्टा तय गरिएको उक्त…

  • |

    मृत्युदायक सूर्तिजन्य पदार्थ (नवराज सुब्बा)

    सूर्तिजन्य पदार्थ जुनसुकै बहानामा प्रयोग गरे पनि मृत्युदायक छ । हरेक वर्ष ३१ मईका दिन विश्वभर जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी विश्व धूम्रपान दिवस मनाइन्छ । सुर्तिजन्य पदार्थले जनस्वास्थ्यमा पार्ने गम्भीर असरबाट मुक्त राख्न विश्व स्वास्थ्य संगठनले सन् १९८७ सालदेखि नै सूर्तिविरुद्घ जनचेतना फैलाउन विश्व धूम्रपानदिवस विश्वभर सदस्य राष्ट्रहरूमा मनाउदै आएकोछ । विश्व स्वास्थ्य संगठनका अनुसार…

  • |

    भाइरल ज्वरो इन्फ्लुएन्जा

    (डा.नवराज सुब्बा) जनस्वास्थ्यमा इन्फ्लुएन्जालाई तीन किसिमले बुझ्न र र बुझाउन सकिन्छ । तीनै किसिमका इन्फ्लुएन्जा रोगका कारक भाइरसका विभिन्न प्रजाति हुन्छन् जसबाट मानिस र पशुपङ्खीहरूमा इन्फ्लुएन्जा रोग लाग्दछ । पहिलो हो, मौसमी अर्थात् सिजनल इन्फ्लुएन्जा जसमा श्वासप्रश्वास प्रणालीमा असर गर्दछ फलस्वरूप खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने गर्दछ । यो रोग प्रायः भाइरसको पुरानो…

Leave a Reply