साँस्कृतिक कार्यक्रम

कात्तिक ९, २०६८ । रंजनी, मोरङ ।

यसपालिको तिहारमा साँस्कृतिक कार्यक्रम गरी राष्ट्रिय एकता बढाउन गाउँ गाउँका युवाहरु उठेका छन् । मोरङको रंजनी दर्वेसा– ९ मा “सक्रिय युवा समूह” ले राष्ट्रियगीत, लोकगीत, लोकनृत्य सहितको सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय स्तरका कलाकारहरु महेश बुढाथोकी, साजन राई र स्थानीय कलाकारहरुले रंजनीवासीलाई आफ्ना प्रस्तुती मार्फत् एकताको सन्देश र मनोरञ्जन प्रदान गरे । युवा समूहका अध्यक्ष रमेशचन्द्र अधिकारीको अध्यक्षतामा भएको उद्घाटन शत्रमा कार्यक्रमका प्रमुख अतिथी तथा गीतकार नवराज सुब्बाले साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा स्थानीय कार्यालय, संघसंस्था तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले सहभागीहरुलाई दीपावलिको शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

Similar Posts

  • विराटनगरमा कविगोष्ठी

    भाद्र १८, २०६७ विराटनगर । वाणी प्रकाशन विराटनगरले पाक्षिक कवि गोष्ठीको आयोजन गर्‍यो । कवि गोष्ठीमा भोजपुरी, मैथिली, हिन्दी लगायतका भाषामा रचना प्रस्तुत गरिनुका साथै तीजसम्बन्धी गीत पनि प्रस्तुत गरियो । कवि लावण्य सापकोटा, मधु पोखरेल, ज्योति जंगल, भैरुदास सुराना, दीपक सञ्चु, बोनप्रताप मल्ल लगायतका कवि कवियत्रीहरुले आ-आफ्ना रचना वाचन गरे । महाकाव्यकार सोमराज अभयको…

  • गीति एलवम “देशको माया”

    भाद्र २०६६, काठमाडौ, गीतकार नवराज सुब्बाद्वारा रचित देशभक्तिपूर्ण गीतहरुको गीति एलवम "देशको माया" रेडियो कान्तिपुरबाट प्रत्यक्षरुपमा समारोह मार्फत सार्वजनिकीकरण भयो ।

  • कृति विमोचन

    भाद्र ३०, २०७३ काठमाडौं । गीतकार डा. नवराज सुब्बाको दोस्रो गीतसंग्रह ‘मन र माटो’ विमोचित भएको छ । नेपाल स्रष्टा समाजद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा कुलपति गंगाप्रसाद उप्रेतिले सुब्बाको उक्त पुस्तकको विमोचन गर्नु भएको हो ।

  • बीच बाटोमा ब्यूँझेर बिमोचन

    काठमाडौं मंसीर ६ गते, नवराज सुब्बाद्वारा रचित “बीच बाटोमा ब्यूँझेर” कवितासङ्ग्रहको बिमोचन वरिष्ठ कवि बैरागी काइँलाले गर्नु भएको छ । पुस्तक बिमोचन समारोहमा डा. गोविन्दराज भट्टराइ, डा.बेञ्जु शर्मा, र कुमार कोइरालाले कृतिमाथि समीक्षा गर्नु भयो । साहित्यकारहरू तथा सञ्चारकर्मीरूको उपस्थिति रहेको समारोहको सभापतित्व गर्नु भएका डा.तुलसी भट्टराइले सुब्बाको कृति उपर समालोचना गर्नु भयो । यो…

Leave a Reply