कृति पुरस्कृत

पूर्वाञ्चलमा प्रकाशित सर्वोत्कृष्ट कृतिलाइ प्रदान गरिने २०६४ सालको जयन्द्रप्रसाद प्रसाइ साहित्य सेवा पुरस्कार नवराज सुब्बाद्वारा लिखित 'मनको मझेरी' निबन्धसङ्ग्रहलाइ प्रदान गरिएको छ ।

    झापामा आयोजित एक समारोहमा प्रमुख अतिथि तथा वरिष्ठ समालोचक गणेशबहादुर प्रसाइ र वरिष्ट कवि कृष्णभूषण बलले सुब्बालाइ रु.११ हजार १ सय ११ को पुरस्कार राशि र सम्मानपत्र प्रदान गर्नुभयो ।

    कोषका संस्थापक गोपीकृष्ण प्रसाइको अध्यक्षतामा भएको समारोहमा पुरस्कार छनौट समितिका संयोजक विष्णुकुमार भट्टराइ, साहित्यकार लीला उदासी, कवि मनु मञ्जिल, दीपा अबिरल, रस्मीशेखर लगायतले कृतिमाथि चर्चा गर्नु भयो । उक्त कृतिमा 'श्रद्धाञ्जलि एउटी लिम्बूनीलाइ', 'तस्बीरमा पोखिएका कविताहरू', 'जदौ दाहाल यज्ञनिधि' र 'धन्यवाद धरावासी', तथा 'नयाँ नेपालको चित्र' लगायतका बीसओटा निबन्धहरु संग्रहित छन् ।

    झापाको मदन पुरस्कार मानिने उक्त पुरस्कार यस अघि साहित्यकारहरु केशव आचार्य, भवानी क्षेत्री, शिव रेग्मी प्रणत, रश्मिशेखर सुवेदी र अमर नेम्बाङले प्राप्त गरिसक्नु भएको कुरा कोषका सदस्य सचिव कृष्ण बरालले बताउनु भयो ।

२८ भाद्र २०६४, झापा नेपाल

Similar Posts

  • विराटनगरमा कविगोष्ठी

    भाद्र १८, २०६७ विराटनगर । वाणी प्रकाशन विराटनगरले पाक्षिक कवि गोष्ठीको आयोजन गर्‍यो । कवि गोष्ठीमा भोजपुरी, मैथिली, हिन्दी लगायतका भाषामा रचना प्रस्तुत गरिनुका साथै तीजसम्बन्धी गीत पनि प्रस्तुत गरियो । कवि लावण्य सापकोटा, मधु पोखरेल, ज्योति जंगल, भैरुदास सुराना, दीपक सञ्चु, बोनप्रताप मल्ल लगायतका कवि कवियत्रीहरुले आ-आफ्ना रचना वाचन गरे । महाकाव्यकार सोमराज अभयको…

  • साँस्कृतिक कार्यक्रम

    कात्तिक ९, २०६८ । रंजनी, मोरङ । यसपालिको तिहारमा साँस्कृतिक कार्यक्रम गरी राष्ट्रिय एकता बढाउन गाउँ गाउँका युवाहरु उठेका छन् । मोरङको रंजनी दर्वेसा– ९ मा “सक्रिय युवा समूह” ले राष्ट्रियगीत, लोकगीत, लोकनृत्य सहितको सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

  • “लुकेको रहर” पूरा हुन लाग्यो

    नवराज सुब्बाले आफ्नो ४९ औं जन्मोत्सवको अवसरमा संगीत र साहित्य क्षेत्रलाई नयाँ कोशेली आउन लागेको जानकारी दिएका छन् ।

  • कृति विमोचन

    भाद्र ३०, २०७३ काठमाडौं । गीतकार डा. नवराज सुब्बाको दोस्रो गीतसंग्रह ‘मन र माटो’ विमोचित भएको छ । नेपाल स्रष्टा समाजद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा कुलपति गंगाप्रसाद उप्रेतिले सुब्बाको उक्त पुस्तकको विमोचन गर्नु भएको हो ।

  • धन्यवाद विराटनगर !

    असार ३१, २०६७ । विराटनगरलाई कार्यक्षेत्र बनाएर नेपाली वाङमयको साधना गरेकोमा विराटनगर उपमहानगरपालिका १९ औं नगरपरिषदले मलाई नगद रु ११ हजार पुरस्कार सहित सम्मानपत्र प्रदान गरेकोमा परिषदलाई धन्यवाद दिन चाहन्छु । साथै आफ्नो गृहनगरले मलाई यसरी सम्मान गरेकोमा म आफूलाई भाग्यशाली ठान्दछु ।

  • फेसबुकबाट पुस्तक विमोचन

    बैशाख २७, २०६९ विराटनगर । गीता ढकालद्वारा लिखित/सम्पादित ‘नवराज सुब्बाको मनको मझेरीमा बस्दा’ पुस्तक फेसबुकबाट विमोचित भएको छ । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको लागि गरिएको शोधमा आधारित आलेख र अन्य ९ जना लेखकका समालोचना र समीक्षा समेत उक्त पुस्तकमा संग्रहित छन् । पुस्तकसभित्र समालोचक डा. खेम दाहाल, दधिराज सुबेदी, लक्ष्मी खतिवडा, प्रेमप्रसाद सञ्जेल पाखे, हरिप्रसाद…

Leave a Reply