पूर्वाञ्चलमा प्रकाशित सर्वोत्कृष्ट कृतिलाइ प्रदान गरिने २०६४ सालको जयन्द्रप्रसाद प्रसाइ साहित्य सेवा पुरस्कार नवराज सुब्बाद्वारा लिखित 'मनको मझेरी' निबन्धसङ्ग्रहलाइ प्रदान गरिएको छ ।

    झापामा आयोजित एक समारोहमा प्रमुख अतिथि तथा वरिष्ठ समालोचक गणेशबहादुर प्रसाइ र वरिष्ट कवि कृष्णभूषण बलले सुब्बालाइ रु.११ हजार १ सय ११ को पुरस्कार राशि र सम्मानपत्र प्रदान गर्नुभयो ।

    कोषका संस्थापक गोपीकृष्ण प्रसाइको अध्यक्षतामा भएको समारोहमा पुरस्कार छनौट समितिका संयोजक विष्णुकुमार भट्टराइ, साहित्यकार लीला उदासी, कवि मनु मञ्जिल, दीपा अबिरल, रस्मीशेखर लगायतले कृतिमाथि चर्चा गर्नु भयो । उक्त कृतिमा 'श्रद्धाञ्जलि एउटी लिम्बूनीलाइ', 'तस्बीरमा पोखिएका कविताहरू', 'जदौ दाहाल यज्ञनिधि' र 'धन्यवाद धरावासी', तथा 'नयाँ नेपालको चित्र' लगायतका बीसओटा निबन्धहरु संग्रहित छन् ।

    झापाको मदन पुरस्कार मानिने उक्त पुरस्कार यस अघि साहित्यकारहरु केशव आचार्य, भवानी क्षेत्री, शिव रेग्मी प्रणत, रश्मिशेखर सुवेदी र अमर नेम्बाङले प्राप्त गरिसक्नु भएको कुरा कोषका सदस्य सचिव कृष्ण बरालले बताउनु भयो ।

२८ भाद्र २०६४, झापा नेपाल

Tuberculosis still Challenging Public Health
एउटा चियागफ (नवराज सुब्बा)

Leave a Comment