स्वास्थ्यको लागि एकजूट

कार्तिक १८, २०६८ ।
मोरङ इटहरामा १७४ जना मधुमेह भएका व्यक्तिहरु संगठीत भएर “मधुमेह समाज” गठन गरि समूहभित्र र समूदायमा स्वास्थ्यचेतना फैलाउने अभियान सुरु गरेका छन् । कोशी अंचल अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ, मदन भण्डारी स्मृति प्रतिष्ठान, इटहरा उपस्वास्थ्य चौकी, इटहरा गाविस तथा स्थानीय सहकारी संस्थाहरुको सहयोगमा समाजले जनस्वास्थ्य अभियानको थालनी गरेको हो । अभियान अन्तर्गत मधुमेह भएका व्यक्तिहरुले नियमित योग गर्ने, हल्का व्यायम गर्ने, खानपीनमा ध्यान दिने, मधुमेहबारे परामर्श सेवा दिने एवम् नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने समाजका अध्यक्ष अम्बिकाप्रसाद दाहालले बताउनु भयो ।
आज इटहरामा सम्पन्न एक कार्यशालामा नोवेल अस्पताल विराटनगरका चिकित्सक मोहन खड्काले ग्यास्ट्रिक रोगबारे सहभागीहरुलाई जानकारी गरायनु भयो । कार्यक्रममा मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बरालले समूहमा योग गर्ने, विहान भ्रमण गर्ने बानीको विकास गरिएको र खानपानमा पनि व्यवहार परिवर्तन गरिएको जानकारी गराउनु भयो ।
कृषि सहकारी संस्थाका देवेन्द्र पौडेलको अध्यक्षतामा भएको उद्घाटन शत्रमा कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बा, इटहरा उपस्वास्थ्य चौकीका प्रमुख बाशुदेव रेग्मीले अभियानको लागि यथासम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Dr. Nawa Raj

Dr. Nawa Raj Subba is a public health specialist, researcher, and author with over three decades of experience in healthcare management in Nepal. He has contributed to public health research, operational studies, and intercultural psychology. In addition to his work in health, he has published books and articles on Nepali literature, culture, and music. His contributions have been recognized by civil society, the government of Nepal, and international audiences. Currently, he is engaged in public health and intercultural psychology studies.

Leave a Reply