कवि नवराज सुब्बा आफ्नो चौथो कवितासंग्रह “यात्रा आधा शताब्दीको” लिएर नेपाली साहित्यमा पाठक सामु उदाएका छन् । यस पहिले नै उनका “जीवन मेरो शब्दकोशमा २०६३” “बीच बाटोमा ब्यूँझेर २०६५” तथा “सहिदलाई सलाम २०६७” शीर्षकको गीतसङ्ग्रह प्रकाशित छन् । उनको रचना “मनको मझेरी २०६४” नामक निबन्धसङ्ग्रह प्रकाशित छ भने उनका गीति एल्बम्, भिडियो एल्बम्, गजल एल्बम्हरू पहिले नै प्रकाशित छन् । उनी लोकगीतहरूका संकलक, गायक र प्रशारक पनि हुन् ।
कविमा कल्पनाशक्तिको प्रचुरता हुन्छ । यस्तो कल्पनालाई शब्दहरूमा सजाएर, कविता बिधाको विशिष्ट संरचनाको साँचोमा ढालेर पाठकहरूलाई लोभ लाग्ने बनाएर पस्किने काम पनि कवि तथा गीतकार नवराज जस्ता सर्जकले नै गर्न सक्छन् ।
प्रस्तुत कवितासङ्ग्रहमा पहिलो रचना “म लाटोकोसेरो” रहेको छ । यस कवितामा कविले कल्पनाका सुन्दर भावहरूलाई पृष्ठभूमिमा राखेर यथार्थको धरातलमा आफूलाई उभ्याउँदा “म पात्र” ले आफूलाई लाटोकोसेरो ठान्नपुगेको छ । कविता स्पर्शी छ, भित्रसम्म हुँडल्छ, यथार्थ समाज भौतिक परिप्रेक्ष्य पाठकसामू कठोर ब्यङ्ग्य भएर आइदिन्छ । कुनै ब्यक्ति मीठो कल्पना गर्छ, स्वर्गकी परीसित नाच्छ र अमृतको स्वाद चाख्छ,बिपनाको यथार्थमा यो कुरा उल्टो भइदिन्छ र उसले यस्तो देख्छ– आजकल म ऐनामा आफूलाई ठ्याक्कै लाटोकोसेरो देख्छु ।
कविले आफ्नो जन्मभूमि शान्तिभूमिलाई पराइभूमि र युद्धभूमि बनेको देखेका छन्, विद्यालयहरूलाई बङ्करमा परिणत भएको देखेका छन् र स्वागत गर्ने फूल उचाल्ने हातहरूले हतियारै हतियार बोकेको देखेका छन् । यस्ता विपरित दृष्यप्रति कवि हृदयको प्रतिक्रिया तीव्र छ – उफ् यो सब् म के देख्छु । उनैका शब्दमा “मेरा ठूल्ठूला आँखा छन् मात्र दृष्टि छैनन्, छ स्वतन्त्र आकाश फगत गन्तव्य छैनन् ।” यस्ता परिस्थितिले गर्दा
“ऐनामा म आजकल
सायद अरु हैन, आफू नै देख्छु
अचम्म टीठलाग्दो उल्लु देख्छु ।” पृ. २)
यस कवितामा कठोर ब्यङ्ग्य छ कविको तर्फबाट विद्रोह छ । एउटा कुरा छैन– त्यो हो पलायन । यस कविताले भावमा “पागल” का देवकोटालाई र संरचनामा भूपी शेरचनलाई पचाइदिएको छ ।
यस कवितासङ्ग्रहमा विविध भावका कविता छन् । एक कवितामा बैंककको उत्तरपट्टि सुनामीले पालेकी आमाको शिशुको वेदना छ भने अर्कोमा लण्डनको बीचमा बग्ने टेम्स नदीलाई काठमाडौंको मध्यभागमा बग्ने बागमती नदीलाई पठाएको सन्देश छ । केही कवितामा कवि आफ्नो बैंसमा फक्रिएका सुन्दर दृष्य उतारिएको छ, अर्कोमा बौलाहाको बकबक भनी नेपाली समाज राजनीतिमा बेमेल कुरा प्रस्तुत गरिएको छ ।
सङ्ग्रह राम्रो कागजमा सचित्र सजावटसहित प्रकाशित छन् । सङ्ग्रहका धेरै कविता राष्ट्रिय भावधाराले ओतप्रोत छन् । सामयिक समाजका क्रियाकलापलाई कविले आफ्नो भावमा पुनःसृजन गरेका छन् । कवि नवराज सुब्बाका कविता कस्ता छन् ? उनैका शब्द लिएर (पृ. ६४) भन्नु पर्दा—
”कविता सुनेर म तीनपटक हाँस्छु
यसैले म कविता खोजी खोजी सुन्छु” ।
साभारः जनआवाज साप्ताहिक, वर्ष २९, अंक ४४, पृ. ५, २०६८ साउन ३० गते सोमबार ।

Dr. Nawa Raj
Dr. Nawa Raj Subba is a public health specialist who has more than three and a half decades of experience working in public healthcare management at the Ministry of Health and Population in Nepal. In the spirit of public-private partnerships to expand access to health care in rural communities in Eastern Nepal, he played a vital role in leading operational research. He has also independently researched public health and intercultural psychology in Nepal. He published his works in books and journals. Nepali literature, culture, and music recognized him as an author. He has written artistic and cultural texts and CDs. His work has been acknowledged and appreciated by civil society, the government of Nepal, and abroad. He is now involved in Public Health and Intercultural Psychology studies in Nepal.