|

मोरङको जनस्वास्थ्य स्थिति — नवराज सुब्बा

मोरङ जिल्ला पूर्वी तराइमा रहेको एक ऐतिहासिक जिल्ला हो । यस जिल्लामा १० लाखभन्दा बढी जनसंख्या बसोबास गर्छन् । सदरमुकाम विराटनगरमा मात्र २ लाखभन्दा बढी जनसंख्या बसोबास गर्दछन् । यो जिल्लामा ६५ गाविस र एक उपमहानगरपालिका छन् । ग्रामीणस्तरमा ३७ उपस्वास्थ्य चौकी, २२ स्वास्थ्यचौकी र ७ प्राथमिक स्वास्थ्यकेन्द्र रहेका छन् । यिनीहरूले ग्रामीण जनतालाई आधारभूत प्राथमिक स्वास्थ्य सेवा निःशुल्क रूपमा प्रदान गरिरहेका छन् । यसैगरि सरकारी स्तरमा कोशी अंचल अस्पताल र रंगेली अस्पतालहरूले पनि सेवा प्रदान गरिरहेका छन् । हाल कोशी अंचल अस्पतालमा एच आइ भी संक्रमितहरूलाई पनि सेवा प्रदान गरिन्छ । नीजिक्षेत्रबाट विराटनगरमा संचालित शिक्षण अस्पताल, नर्सिङ होमहरूले पनि उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । गैरसरकारी क्षेत्रमा नेपाल क्षयरोग निवारण संस्थाले क्षयरोगीहरूलाई र एन.एल.आर. संस्थाले कुष्ठरोगीहरूलाई सेवा प्रदान गरिरहेका छन् ।

जिल्लाभरका स्वास्थ्यसंस्थाहरूबाट जिल्ला जनस्वास्थ्य कार्यालयमा नियमित रूपमा मासिक प्रगति प्रतिवेदन प्राप्त हुन्छ । अर्थात् जिल्लाभित्र समुदायका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सेवा देखि लिएर उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र लगायत अंचल अस्पताल तथा नीजि अस्पतालबाट प्रदान गरिने स्वास्थोपचारहरूको तथ्यांक राखिने प्रणाली रहेको छ । यसैले अब हामी जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको स्वास्थ्य ब्यवस्थापन प्रणालीको आर्थिक वर्ष २०६७÷६८ को लक्ष्य प्रगति तथा तथ्यांकबारे संक्षिप्त चर्चा गरौं ।

गत आर्थिक वर्ष अर्थात आव २०६७÷६८ मा २५,८९३ जना एक वर्ष मुनिका बालबालिकाहरूलाई खोप लगाउनु पर्ने लक्ष्य रहेकोमा जम्मा ९३ प्रतिशतलाई बिसिजी खोप, ८६ प्रतिशतलाई डिपीटि ३ खोप र ७८ प्रतिशतलाई दादुराको खोप लगाइयो । यसैगरि ८२ प्रतिशत गर्भवति महिलाहरूले टिटि–२ खोप लगाएका थिए । यसैगरि ७९ प्रतिशत महिलाले पहिलोपटक गर्भवती परीक्षण गराए र ३९ प्रतिशतले चारपटक स्वास्थ्य परीक्षण पूरा गरे । जिल्लामा ५० प्रतिशत प्रसूती स्वास्थ्यकर्मीबाट गरिएको छ । यस जिल्लामा परिवार नियोजन साधन प्रयोग दर ६४ प्रतिशत रहेको छ । माथिका सूचकाङ्कहरू नेपालको सरदर स्तर भन्दा राम्रो अवस्थामा रहेको छ ।
क्षयरोगतर्फ नयाँ क्षयरोगी पत्ता लगाउने दर ६० प्रतिशत छ । यसमा टिबी एक्सेस कार्यक्रमको सहयोगमा विदेशबाट स्वदेश छिर्ने नाकामा बसेर आवतजावत गर्नेहरू मध्ये शंकास्पदमा क्षयरोगको सक्रिय खोजपडताल गर्ने गरिएको छ । कुष्ठरोगतर्फ प्रति १० हजार जनसंख्यामा प्रिभलेन्स दर १.६९ रहेको छ । औलोरोगतर्फ यस सन् २०१० मा १०७ जना विरामी पत्ता लगाई निःशुल्क उपचार गरियो । कालाज्वर रोगका १०७ जना विरामीहरूलाई पनि निःशुल्क उपचार गरेर निको पारिएको तथ्यांकले देखाउँछ । तर मोरङ जिल्लामा विगत वर्षहरूमा घट्दै गएको कालाज्वर रोगले भने यो वर्ष शीर उठाएको छ र यस रोगको विरामी संख्या यो वर्ष विगत वर्षभन्दा केही बढेको छ । यो रोग खासगरि फुस्को घरमा बस्ने विपन्नहरूलाई लाग्ने भएकाले उपचार गर्न राहत मिलोस् भनेर नेपाल सरकारले औषधी पूरा गरेपछि रू. १००० दिने ब्यवस्था गरेको छ । यसरी विरामीलाई आर्थिक राहत दिने काम समेत जिल्ला जनस्वास्थ्य कार्यालयबाट भएको छ । स्वास्थ्य संस्थामा निःशुल्क उपचारको लागि कूल जनसंख्याको ५३ प्रतिशत स्वास्थ्य संस्थामा आएर सेवा लिएका छन् । ती मध्ये ५५ प्रतिशत महिला रहेका छन् । जिल्लाबाट क्यान्सररोगी, मृगौलारोगीहरूलाई केन्द्रीयस्तरको अस्पतालमा उपचारमा छूटको लागि ५० जनाभन्दा बढीलाई सिफारिस गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले आर्थिक वर्ष २०६७÷६८ मा बिभिन्न कार्यक्रमहरूमा जम्मा रू. १३ करोड ७९ लाख ७४ हजार १६० खर्च गरेको छ ।
मोरङ तराई जिल्ला भनिएता पनि ८ वटा गाविस पहाडी क्षेत्रका छन् । दक्षिण सीमावर्ति गाविसहरूमा कतिपय समुदायहरूको सामाजिक–आर्थिकस्तर न्यून भएकाले स्वास्थ्य सेवा पहुँचमा समस्या र चुनौति छन् । जिल्लामा गत आर्थिक वर्षमा महामारीतर्फ १ जनाको इन्सेफलाइटिसबाट मृत्यु भएको छ । यसैगरि १५ जनाको मातृमृत्यु र १३१ जना नवजातशिशुको मृत्यु भएको तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको सूचना प्रणालीमा संग्रहित छ ।
जनतालाई प्राथमिक स्वास्थ्यसेवाको समता र पहुँचको लागि पनि जिल्ला जनस्वास्थ्य कार्यालयले आँटेको होस्टेमा सबैको हैंसे मिलेको छ । किनभने जनतालाई आधारभूत प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने र गराउने महान अभियान जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको एक्लो प्रयासले मात्र सफल हुँदैन । अन्य सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रसंग गरिएका सहकार्य र समन्वयले नै मोरङ जिल्ला आज यो अवस्थामा आइपुगेको हो । यसमा महिला स्वास्थ्य स्वयसेविका, स्थानीय गाविस, नगरपालिकाहरूको भूमिकालाई उच्च मूल्यांकन गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा राखिन्छ ।

Similar Posts

  • LLIN free distribution in Jhapa Nepal

    22 Feb 2010, Jhapa Nepal. Under Ministry of Health and Population program, this year's LLIN distribution program began today. Senior Public Health Administrator Nawa Raj Subba opened the program by distributing LLIN to locals at Khudunabari Jhapa today. 49,000 bednets will be distributed in Khudunabari VDC including refugee camp, Sanischare, Surunga and Jyamirgadhi VDCs this year. Global Fund has funded, PSI has facilited and Human Welfare Council has coordinated the program.

    A Visual Clips

  • National Center for AIDS and STD Control

     

    National Center for AIDS and STD Control
    Teku, Kathmandu
    Cumulative HIV/AIDS Situation of
    Nepal
    as of
    July 31 , 2006

    Condition

    Male

  • विराटनगरमा महिला स्वास्थ्य स्वयंसेविका भेला सम्पन्न

    २१ चैत्र २०६६, विराटनगर । महिला स्वास्थ्यस्वयंसेविका हित संरक्षण मञ्च विराटनगरको दोश्रो वाषिर्क साधारण सभा आज सम्पन्न भयो ।

  • |

    भाइरल ज्वरो इन्फ्लुएन्जा

    (डा.नवराज सुब्बा) जनस्वास्थ्यमा इन्फ्लुएन्जालाई तीन किसिमले बुझ्न र र बुझाउन सकिन्छ । तीनै किसिमका इन्फ्लुएन्जा रोगका कारक भाइरसका विभिन्न प्रजाति हुन्छन् जसबाट मानिस र पशुपङ्खीहरूमा इन्फ्लुएन्जा रोग लाग्दछ । पहिलो हो, मौसमी अर्थात् सिजनल इन्फ्लुएन्जा जसमा श्वासप्रश्वास प्रणालीमा असर गर्दछ फलस्वरूप खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने गर्दछ । यो रोग प्रायः भाइरसको पुरानो…

  • विराटनगरमा होमियोपैथी दिवस

    चैत्र २८, २०६९ विराटनगर नेपाल । होमियोप्याथी चिकित्सा प्रणालीका प्रणेता डा. स्यामुयल हनेमनको २५८ औं जन्मजयन्ति आज विराटनगरमा पनि मनाइयो । नेपाल होमियोपैथी चिकित्सक संघले आयोजना गरेको एक समारोहमा प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवराज सुब्बा, अतिथिहरु जितेन्द्र राठी, केशव सुवाल, डा. अरबिन्द कुमार, डा. रामबहादुर थापा, गोपाल सोनाली, राजकुमार ठाकुर लगायतले होमियोपैथी चिकित्सा…

  • MORANG: District Profile

    Historically, the name of Morang district has been derived from Mawarang, the name of Kirat administrative zone during regime of Kirat king Hang.[i] Gograha was its old name of Biratnagar, present headquarters of the Morang district and Koshi zone. This name was coined during Rana regime which belonged to the name of King Birat of Mahabharata era. Now people believe that the actual capital of King Birat of that Mahabharata era has been located at Budhanagar V.D.C. which is 10 Km south east from Biratnagar.

  • One Comment

    1. Sir, thank you for providing all health related information of Morang District. The article ought to be a helpful material for Public Health students like us.

    Leave a Reply