मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोफी र स्नायु सम्बन्धि समस्या भएका ब्यक्तिहरुका लागि खेलिने बोसिया खेलकासहभागीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम सकेर फर्कने क्रममा गाडि चढ्न लाग्दा होटल परिशरको एक कुनामा ढकमक्क फुलेका फुलहरुले मेरो ध्यान खिच्यो । क्यामेरा झिकें र त्यतैतिर लम्किएँ, अनि ऐंगल मिलाउँदै केही सट लिंदै थिएँ । यत्तिकैमा पछाडि मलाई कसैले कोट्याए जस्तो लाग्यो । पक्षाघात तथा स्नायु सम्बन्धि समस्या भएका उही एकजना भाई रहेछन् । उनले मसित केही कुरा बोले तर मैले राम्ररी बुझिन तै पनि मेरो पनि फोटो खिचि देऊ भन्ने अनुमान लगाएँ र उनको एक पोज फोटो खिचें, त्यस पछि उनी खुशी हुँदै फर्किए अलि पर उनकी आमा पर्खिरहेकी रहिछन् । मलाई हेरेर आमा छोराको खुशीको मुस्कान देख्दा मलाई ठिक अघि फोटो खिचिएका फूलहरुका जस्तै उज्यालो र अथपूर्ण लाग्यो । त्यसपछि होटल परिसर बाहिर आएँ, अलि वरवर आएँ र निस्किएँ । त्यस्तै समस्या भएका अन्य धेरै बालबालिकाहरुका बाआमा आफ्ना नानीहरुलाई डोर्याएर निस्किरहेका थिए । अलि वर चोकमा एउटा रिक्सामा सोही समस्या भएका एक बालक र उनकी अभिभावक मतिर फर्केर मलाई बाटो छाडेर भावले मलाई विदा गर्दै थिए । अहिले म ती फूहहरुका फोटोहरु, बालबालिकाहरुको हँसिलो मुहारहरु, अभिभावकहरुका गम्भीर मुद्रा एकसाथ सम्झिरहेछु । आफ्ना बालबालिकाहरुलाई काँधमा बोकेर हिडिरहेका अभिभावक देखेर मलाई केही अघि फूलिरहेका फूल शिरमा ठड्याएर निहुरिएका फूलका हरिया बोट झैं लाग्यो । फूलहरु आज रोइरहेझैं लाग्यो अनि बोट पनि रोए झैं लाग्यो । मुस्कान छरिएता पनि आज फूल हाँसेको जस्तो लागेन । आज म फुलिरहेका फूलहरु देखेर पनि यसरी एकपटक मनमनै रोएँ, र विकलाङ्गता भएका बालबालिका अनि उनीहरुका अभिभावकहरुलाई सम्झँदै कार्यक्रम स्थलबाट फर्किएँ ।

Dr. Nawa Raj
Dr. Nawa Raj Subba is a public health specialist who has more than three and a half decades of experience working in public healthcare management at the Ministry of Health and Population in Nepal. In the spirit of public-private partnerships to expand access to health care in rural communities in Eastern Nepal, he played a vital role in leading operational research. He has also independently researched public health and intercultural psychology in Nepal. He published his works in books and journals. Nepali literature, culture, and music recognized him as an author. He has written artistic and cultural texts and CDs. His work has been acknowledged and appreciated by civil society, the government of Nepal, and abroad. He is now involved in Public Health and Intercultural Psychology studies in Nepal.