करिव डेढवर्षअघि कुमार कान्छासित मेरो पहिलो र अन्तिभ भेट भएको थियो काठमाडौंको एक रेकर्डिङ स्टुडियोमा । मलाई सारै मन परेको मेरो एउटा गीतको संगीत जसलाई युवा संगीतकार साजन राइले संगीतबद्ध गर्नुभएको थियो त्यसलाई म नरेन्द्र प्यासीको स्वरमा रेकर्ड गर्न चाहन्थें । यसै उदेश्यले मैले सो गीतको संगीत संयोजनको जिम्मा मैले भूपेन्द्र रायमाझीलाई दिएँ । संगीत एरेञ्जको केही काम र स्वर रेकर्डको काम एकैदिन सक्ने गरि स्टुडियो बुक गरिएको हुँदा म स्वर रेकर्ड गर्ने बेलामा अर्थात् अपरान्हतिर मात्र गुञ्जन स्टुडियोमा पुगें । म पुग्न अघिदेखि नै नरेन्द्र प्यासी रेकर्डको लागि अभ्यास गरिरहनु भएको रहेछ । सोही स्टुडियोमा अघिदेखि नै मेरो गीत सुनेर बसिरहेका कुमार कान्छा स्टुडियो छिर्नासाथ मलाई चिरपरिचित आँखाले हेर्दै स्वागत गरेको भाव मैले उनको अनुहारमा देखें । उनलाई चिन्न मलाई मुस्किल परेन ।
मैले उनको मुहार र नेपाल टेलिभिजनमा एकदशक अघि प्रशारित हुने “प्रीत बिना यो जीवन…” भन्ने गीत गाउँदाको उनको भावमुद्राको परिदृष्य झल्झली सम्झना आयो, जुन गीत मलाई असाध्यै मन पर्दछ । भेट हुनासाथ गायक नरेन्द्र प्यासीले हामीबीच औपचारिक परिचय गराउनु भयो । निकै अघि देखिकै परिचितझैं गरेर कुमार कान्छा एकैछिनमा मसित खुलेर कुरा गर्न थाल्नुभो । मेरो गीतको शब्द र संगीत दुवैको प्रशंसा गर्नुभयो । उहाँले यो गीतको बारेमा टिप्पणी गरेको म कहिल्यै भुल्दिन- “धेरै पछि यस्तो गीत सुन्न पाइयो, आजकल गीत कमै सुनिन्छन, बधाई छ नवराजजी ।” मलाई खुशी लाग्यो । मैले उनलाई बिना कञ्जुस्याई धन्यवाद दिएँ र लज्जाबोध गरें र कुरा अन्तै मोडें ।
झण्डै दुइतीन घण्टा बसियो होला स्टुडियोमा । यस अवधिमा मैले त्यहाँ रेकर्ड गर्ने कामका अतिरिक्त त्यहाँको क्रियाकलाप र कुमार कान्छाका हाऊभाऊ पनि बडो अभिरुचिपूर्वक नियालें । दुइतीनजना युवाहरू अघिदेखि नै कुमार कान्छासित झ्याम्मिएका जस्ता देखिन्थे । निकैबेरसम्म त मैले उतातिर ध्यान दिइन कुनै व्यक्चिगत कुराकानी होला भनेर, तर निकैबेर पछि जब कुमार कान्छा अलि ठूलो स्वरमा बोल्न थाल्नुभो तब त्यहाँ बस्ने म लगायतको उहाँप्रति ध्यानाकषिर्त भयो । उहाँ ती युवा भाइहरुलाई सम्झाइरहनु भएको थियो – “भाइहो ! मुर्म्बई गएर मात्र भविश्य बन्दैन, पहिले यही आफ्नो गायकीलाई परिस्कृत बनाउनोस्, जब आफूमा दक्षताको विकास हुन्छ, तबमात्र मुम्बइ जानु राम्रो हुन्छ, नत्र त्यहाँ धेरै दुःख पाइन्छ ।” वहाँको कुरा सुनेपछि हामीलाई ती युवाहरुले के कुरा गरिरहेका थिए भनेर खुट्याउन गाह्रो भएन । हामीतिर र्समर्थनको लागि इसारा गरेको ठानेर हामीले पनि वहाँको भनाइको र्समर्थनमा टाउको हल्लायौं ।
आज त्यही कुमार कान्छा बित्नु भएको समाचार सुनेपछि म स्तब्ध भएको छु । उनको त्यो भनाई, उनको त्यो उज्यालो मुहार, डेढ दशक अघिको उनको गीत “प्रीत बिना…” र “सोध्न मन लाग्छ” जुन गीतको रकर्डिङको दिन हाम्रो पहिलो भेट भएको थियो तर यो नै अन्तिम भेट हो भन्ने थाहा भएन सोही गीत पनि म एकसाथ सम्झिरहेको छु । मैले मेरो कम्प्युटरमा संग्रह गरि राखेको फोल्डर खोल्दै उनीसित खिचाएका तस्वीर छान्दैछु अहिले । निकै अघिदेखि जुनबेलादेखि वहाँ अस्पतालमा मृत्युसित लडिरहनु भएको थियो उसैबेलादेखि केही लेख्न मैले गरेको विचारलाई आज थाम्न नसकेर यी श्रद्धाञ्जलीका हरफहरु कोर्दैछु ।
मानिस जन्मेपछि मर्नुपर्छ यो ध्रुवसत्य हो तर यो अल्पायु भो भन्ने मात्र मेरो गुनासो हो । तर मलाई यस अर्थमा सन्तुष्टि पनि छ कि उहाँको मृत्युमा म जस्तै धेरै फ्यानहरु रोएका छन् र मृत्युको मुखबाट उम्काउन उनलाई सक्दो आर्थिक सहयोग र भगवानसित प्रार्थना पनि गरेका छन् । नखोसिनु खोसिए पछि अब कोसित के मागौं र ! तै पनि ती महान गायक स्वर्गीय कुमार कान्छालाई उनका कैंयौं शुभचिन्तकहरुको मायाले उनको त्यो चीरनिद्रा शान्तमय होस् । दुखैदुखमा बाँचेको काँडैकाँडामा फूलेको उनको जीवनमा बगाउन बाँकी आँशु अब उनका शुभचिन्तकहरूले नै बगाइ दिनेछन् । जे नहुनु थियो अखिर भयो, कसैसित गुनासो नगरिकन जाऊ है कुमार कान्छा ! तिमीलाई दिने यो नवराजसित के नै छ र तैपनि तिमीलाई कुनै बेला छोएको यो मेरो गीत म सुनाउँछु सबै पाठक र श्रोताहरू मार्फत्, बिदा है कुमार कान्छा अलबिदा !
सोध्न मन लाग्छ प्रितम भेट्न मन लाग्छ
नमिलेको प्रश्न एउटा सोध्न मन लाग्छ ।
जिन्दगीको सुरु भन कहाँ देखि हुन्छ
संसार साँच्चै घुम्छ भने भेट कैले हुन्छ ।
जति हिंडे पनि कतै पाउँदिन म चौतारी
उकाली र ओरालीमा आउनु पर्ने द्यौराली ।
Song Audio>>> http://www.box.net/shared/8vk44vc41d

Dr. Nawa Raj
Dr. Nawa Raj Subba is a public health specialist who has more than three and a half decades of experience working in public healthcare management at the Ministry of Health and Population in Nepal. In the spirit of public-private partnerships to expand access to health care in rural communities in Eastern Nepal, he played a vital role in leading operational research. He has also independently researched public health and intercultural psychology in Nepal. He published his works in books and journals. Nepali literature, culture, and music recognized him as an author. He has written artistic and cultural texts and CDs. His work has been acknowledged and appreciated by civil society, the government of Nepal, and abroad. He is now involved in Public Health and Intercultural Psychology studies in Nepal.