पुतलीझैं खेलाउँछु आज आफ्नै मन
सबै कुरा नलैजाऊ देऊ बालापन ।

ठेकान छैन के भयो यो मुखको बोली
लैजाऊ बैंश बरु देऊ त्यो तोतेबोली
लोभी भए आँखा आज पापी भए मन
सबै कुरा नलैजाऊ देऊ बालापन ।

कुकु खेल्ने गट्टा खेल्ने हे मेरा साथी
आउँला भन्थ्यौ हरायौ दोबाटोमा राखी
कुर्दाकुर्दै जोवन गयो दोधार भो मन
सबै कुरा नलैजाऊ देऊ बालापन ।

रोयल्टी सङकलन अन्तरक्रिया
Workshop on Vector Borne Disease held in Janakpur

Leave a Comment