चीत्कार

चीत्कार- मुक्तकसंग्रह
लेखक -नवराज सुब्बा
प्रकाशित मिति २०६९ -वाणी प्रकाशन विराटनगर ।

कवि नवराज सुब्बाको यो पहिलो मुक्तक संग्रह हो । यसअघि उनका प्रकाशित दुई कवितासंग्रहमा केही मुक्तकहरु समेत रहेकामा यसमा काव्य विधाकै १०१ मुक्तकहरू एकल संग्रहित रहेका छन् । कृतीमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको भूमिका रहेको छ । उनका अनुसार प्रस्तुत “चीत्कार” नामाङ्कित मुक्तकमा केवल वैयक्तिक मुटुको चीत्कार मात्र छैन अचेलका कुर्सीप्रेमी सर्वदलीय नेताहरूले युधिष्ठिरधर्मी बनी हाम्रो नेपाल आमाको अस्मिता बेच्न जूवाको खालमा तिनलाई राखेको दुर्दशा देखेर घुँकघुँक रोक्न असमर्थ आत्माको रोदन पनि छ । म्यानपावर नाउँ गरेको संस्कृति हामी उपर लादिएपछि देखिने नेपालको युवा पुस्ताहीन दुर्गतिलाई उनले यसरी कलात्मक ढङ्गले व्यक्त गरेका छन्—

पढ्ने आँखा अनि देख्ने तारा बिलाए
सुन्ने कान अनि छहरा, पहरा सुसाए
फूल, पात, कोपिलाहरू खोसिएपछि
कविताभित्र आज विचरा चरा टोलाए ।


Preview/Download Click

Similar Posts

  • Sām-Ūpmā Mundhum Philosophy

    eBook साम उ:प्मा मुन्धुम: आत्मा, उपचार र उपनिवेशविरोधी चिन्तनको एक आदिवासी दर्शन “साम–उप्मा मुन्धुम दर्शन” हाम्रो लागि समय सान्दर्भिक र अति आवश्यक आवाज हो, जसले किरात लिम्बू संस्कृतिको पवित्र माटोमा गढिएको आदिवासी ज्ञानलाई पुनःस्थापना र पुनर्जीवन दिने प्रयास गर्छ। यो डा. नवराज सुब्बा—एक अनुसन्धानकर्ता, कवि र सांस्कृतिक दार्शनिक—द्वारा प्रस्तुत गरिएको बौद्धिक तथा आध्यात्मिक आव्हान हो।यस…

  • Genealogy-2024

    The Genealogy of Phyang Samba 2024 What’s in a Genealogy? A Deep Dive into the Ancestry of the Phyang Samba Clan Genealogy is much more than a family record—it’s a bridge connecting the past, present, and future. In Kirat Rai and Limbu communities, significant life events such as birth, marriage, and death are marked with…

  • यात्रा आधा शताब्दीको

    यात्रा आधा शताब्दीको- कवितासंग्रह लेखक- नवराज सुब्बा प्रकाशित मिति- २०६८ साल । कवि नवराज सुब्बा उमेरको हिसाबले ५० वर्ष पुगेको अवसरमा प्रस्तुत कवितासंग्रह यात्रा आधा शताब्दीको प्रकाशित भएको छ । प्रस्तुत कवितासंग्रहमा ५० वटा कविता संग्रहित छन् । सुब्बाको कवित्वको सन्दर्भमा भाषाशास्त्री प्रा.डा. टंक न्यौपाने लेख्छन्– संरचना भत्कँदा भत्कँदा कविता अकविता भइसकेको थियो, दुर्बोध्यता नै…

  • | |

    नेपाली भाषा साहित्य संस्कृति

    आलोचना र अनुसन्धान नेपाली भाषा, साहित्य र संस्कृति: बौद्धिक अनुसन्धानको नयाँ दृष्टि नेपाली भाषा साहित्य-संस्कृतिः आलोचना र अनुसन्धान” पुस्तक नेपाली वाङ्मय, संस्कृति र समाजको गहिरो अध्ययन हो। यस कृतिले केवल भाषा र साहित्यको चर्चा मात्र गर्दैन, बरु तिनका माध्यमबाट नेपाली समाजको बौद्धिक विकास पनि देखाउँछ। त्यसैले, यो पुस्तक नेपाली संस्कृति र साहित्यिक चिन्तन बुझ्नको लागि…

  • Traditional and Modern Health Care Practices and Effects on Rajbanshi

    This is a descriptive and cross-sectional study on the Rajbanshi of Nepal undertaken in 2010. The common theories in Ethnographic/Indigenous Psychological perspective, Social Construction theories, and Public Health perspectives have navigated the study. This study poses both qualitative and quantitative methods: interviews, observations, and examinations. Household samples were randomly taken and clusters taken by purposive…

Leave a Reply