Kirat Limbu Culture

Kirat Limbu Culture - Anthropological Investigation

Book Introduction

Here is about Kirat Limbu Culture. Human existence is believed to be incomplete without the enrichment of culture. Some individuals wholeheartedly immerse themselves in their cultural surroundings, while others observe from a distance.

The ancient Kirat civilization of Nepal predates any religious texts we have. Unfortunately, their profound cultural wisdom has primarily faded, leading to a disheartening void in our understanding of ancient knowledge. The plight of the indigenous communities in the land nurtured by their toil and sacrifice is a cause for concern. Neglecting the valuable contributions of these indigenous communities in the name of progress leaves us incomplete.

Through a thorough anthropological study of the Kirat Limbu community, we’ve arrived at factual and logical conclusions regarding the questions they’ve raised. This writer endeavors to share this information, driven purely by academic value and recognition.

Recognizing his responsibility, this writer, in the later stages of life, has felt a sense of urgency in preserving the positivity of research. The book is published to document synthesized knowledge based on trustworthy information and data, thereby sharing it with readers.

This book has expected to be a valuable resource for those seeking to understand the true essence of Nepali soil, to explore the rich Kirat civilization, its culture, and the intricate tapestry of ethnic issues—best of luck on this enlightening journey.

पुस्तक परिचय Kirat Culture

भनिन्छ संस्कृति बिना मान्छेको जीवन अपूर्ण हुन्छ। यही पूर्णताका लागि मानिस संस्कृतिमा लीन हुन्छन् कोही अलि टाढा बसेर त्यही संस्कृति नियाल्दछन्।

नेपालका किरात जाति कुनै पनि प्राचीन धर्म ग्रन्थ भन्दा पुराना जाति हुन्। यिनीहरूका संस्कृति अनि ज्ञान आज ओझेलमा परेका छन्। यही अन्यौलपन आज पीडा बनेको छ। आदिवासीका रगत र पसिनाले सिंचिएको भूमिमा आज तिनका अस्तित्व ओइलाउँदै जानु पक्कै चिन्ताजनक विषय हो। हामीले आधुनिकताका नाममा आदिवासीका योगदानलाई भुल्यौँ भने हामी अझै अपूर्ण रहने छौँ।

किरात लिम्बू समुदायको मानवशास्त्रीय अध्ययनद्वारा उनीहरूमाझ उठेका कतिपय सवालमा तथ्यपूर्ण र तर्कपूर्ण निष्कर्ष आएका छन्। पाठकलाई ती सूचना जानकारी गराउन यो लेखक अघि सरेको छ। यो प्रयास विशुद्ध प्राज्ञिक मूल्य र मान्यतामा आधारित छ।

आफ्नो दायित्व सम्झेर जीवनको उत्तरार्धमा यो लेखकले अनुसन्धानको सकारात्मकबाद समातेर एक निचोडमा पुगेको महसुस गरेको छ। प्राप्त भरपर्दा सूचना र तथ्याङ्कलाई आधार मान्दै संश्लेषित ज्ञानलाई अभिलेख राख्न साथै पाठकसमक्ष साझा गर्न पुस्तक प्रकाशित गरिएको हो।

नेपाली माटोको सही पहिचान जान्न र बुझ्न चाहने पाठक, अनुसन्धातालाई किरात सभ्यता, संस्कृति र जातीय सवाल छिचोलेर अघि बढ्न पुस्तक एक सहयोगी सामग्री बनेको छ। शुभकामना।

Preview

Similar Posts

  • |

    जनस्वास्थ्य अभ्यास र अनुभव

    ‘Janaswasthya Abhyas Ra Anubhav’ ‘जनस्वास्थ्य अभ्यास र अनुभव’  (2074) by Dr. Nawa Raj Subba. The book comprises of twenty articles written in different public health issues and problems of district and national level in Nepal. This book is written on public health activities based on research and experience of the author. लेखकले जिल्ला जनस्वास्थ्य कार्यालय…

  • यात्रा आधा शताब्दीको

    यात्रा आधा शताब्दीको- कवितासंग्रह लेखक- नवराज सुब्बा प्रकाशित मिति- २०६८ साल । कवि नवराज सुब्बा उमेरको हिसाबले ५० वर्ष पुगेको अवसरमा प्रस्तुत कवितासंग्रह यात्रा आधा शताब्दीको प्रकाशित भएको छ । प्रस्तुत कवितासंग्रहमा ५० वटा कविता संग्रहित छन् । सुब्बाको कवित्वको सन्दर्भमा भाषाशास्त्री प्रा.डा. टंक न्यौपाने लेख्छन्– संरचना भत्कँदा भत्कँदा कविता अकविता भइसकेको थियो, दुर्बोध्यता नै…

  • मनको मझेरी

    नवराज सुब्बाको मनको मझेरीमा लेख्न लागेको यो मेरो भूमिका अन्तिम हुनसक्छ । अन्तिम नहुन पनि सक्छ । किनभने भोलि नेपाली साहित्यमा नवराजहरू आउलान्, तीनलाई स्वागत गर्न, माला लगाइदिन र नायक बनाउन अवश्य बाध्य हुनुपर्छ भन्ने मलाइ लाग्

  • किरात लिम्बू संस्कृति

    किरात लिम्बू संस्कृति पुस्तक समुदायको सांस्कृतिक अध्ययन हो। भनिन्छ, परम्परा बिना मान्छेको जीवन अपूर्ण हुन्छ। यही पूर्णताका लागि मानिस संस्कृतिमा लीन हुन्छन् कोही अलि टाढा बसेर त्यही नियाल्दछन्। नेपालका किरात जाति कुनै पनि प्राचीन धर्म ग्रन्थ भन्दा पुराना जाति हुन्। यिनीहरूका संस्कृति अनि ज्ञान आज ओझेलमा परेका छन्। यही अन्यौलपन आज पीडा बनेको छ। आदिवासीका…

  • |

    निरोगी चालचलन

    डा. नवराज सुब्बा परिचय ‘निरोगी चालचलन’ प्रतिरक्षा स्वास्थ्यबारे जानकारी दिने पुस्तक हो।यसले रोगबाट जोगाउने रोकथाम उपायहरू प्रस्तुत गर्दछ।पुस्तक जीवनशैली सुधारमा विशेष जोड दिन्छ।गलत जीवनशैलीमा सकारात्मक परिवर्तन गर्न प्रेरित गर्छ।यसमा वैज्ञानिक प्रमाणहरूको उपयोग गरिएको छ। एकीकृत रणनीतिहरू प्रतिरक्षा प्रणाली बलियो बनाउँछ।पुस्तकले संक्रामक रोगको जोखिम कम गर्न सहयोग गर्छ।स्वास्थ्यकर जीवनशैली अपनाउन पाठकलाई प्रेरणा दिन्छ। तन्दुरुस्ती चाहनेका लागि…

  • | |

    बीच-बाटोमा-ब्यूँझेर

    Bich Batoma Byujhera: A Poetic Journey by Nawa Raj Subba Introduction and review by Prof. Bal Krishna Pokhrel and Dr. Govind Raj Bhattarai. आशीर्वचनः प्रा. बालकृष्ण पोखरेल नेपाली साहित्यमा एक स्थापित हस्ताक्षरको नाम हो नवराज सुब्बा। लेखनलाई साँच्चै फलदायी बनाउने हो भने साधकले ओथारे अवधिमा अदेखा रहन सक्नुपर्छ भन्ने सत्यमा विश्वास राख्ने नवराज भाइको यस…