Similar Posts
मुक्तक
म त तिमीलाई दिन्न बधाई अब अलिकति छ खुशी बाँड्दिन सब किनकि जसलाई दिएँ शुभकामना ती सबै ढले शिखर नपुग्दै सब । भाद्र १२, २०६८
मुक्तक
टुट्न टुट्न खोज्छ टुट्दैन फुट्न फुट्न खोज्छ फुट्दैन नाटक भन्थे हो कि क्या हो ! जुट्न जुट्न खोज्छ जुट्दैन ।
सरकार !
(एक) खेलियो विश्वयुद्ध खुकुरीसित नाँचियो स्वदेशी छातीमा विदेशी तक्मा टाँसियो कहिले होला सुभारम्भ तेस्रो विश्वयुद्धको ? शत्रु हैन आफैलाई नै सिद्याउन आँटियो ! (दुई) बोकायौ बन्दूक काँधमा नपुगेर घाऊ लगायौ आसामी मानेर काँधमा विदेशी ऋण बोकायौ न गरी खायौ न गरी खानै दियौ सरकार ! भन्दाभन्दै परिवन्दले पासपोर्ट र भीसा बोकायौ ।
जिन्दगी
करेसाबारीमा नअटेको डिलबाट पनि धकेलिएको भीरमा फुल्ने फूल जस्तै यहाँ कसैको जिन्दगी हरदम आफैसित रम्नु रहेछ आखिर जिन्दगी गमला वा फूलबारी हैन स्वतन्त्र जिन्दगी ।
लाजपचुवा
नाङ्गै भए पनि मलाई लाज लाग्दैन माग्दै खान पनि मलाई लाज लाग्दैन लाज पचाइसकेको हुँ म लाजपचुवा दुनियाँ ढाँट्न मलाई क्यै लाज लाग्दैन ।
डष्टबिन
झुत्रे झोला नभए यी मनका कुरा म कहाँ राख्थे हुँला थोत्रे बाकस नभए यत्तिका बात कता थन्क्याउँथे हुँला कहाँ सकिंदा रहेछन् भावना मात्र पोखिएर कवितामा सोच्दछु डष्टबिन नभए यतिधेरै कुरा कहाँ फाल्थें हुँला । — जेठ ३२ गते २०६९ विराटनगर नेपाल ।