अमूल्य यो जीवनलाई नफालौं है खेर
दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर ।

धुम्रपान मद्यपान अनि लागुपदार्थ
मानिसको जीवनलाई बनाउँछ ब्यर्थ ।

खेल खेलौं ब्यायाम गरौं अनि नाचगान
सिर्जना या समाजसेवा सार्थक जीवन ।

सोंच राखौं सकारात्मक सुन्दर भविश्य
आफूलाई गर्नुपर्छ आफैद्वारा सहयोग ।

श्रावण १५, २०६८ ।

साहित्य पवित्र परिकल्पना हो  
रोकेर रोकिन्नन् हातका कलमहरू ! (नवराज सुब्बा)

Leave a Comment