नवराज सुब्बाले गर्नु भएको कुराकानी

मितेरी आवाजसँग जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ्गका प्रमुख नवराज सुब्बाले गर्नु भएको कुराकानीमितेरी आवाजसँग जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ्गका प्रमुख नवराज सुब्बाले गर्नु भएको कुराकानीको संक्षिप्त विवरणको पहिलो भाग

नेपाल-चीन जनमैत्री परिषद, सि.आर.आई श्रोता सम्पर्क केन्द्र, विराटनगरारा उत्पादित रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजमा रमेश कुमार भट्टराईको नमस्कार ।

नेपाल-चीन जनमैत्री परिषद, सि.आर.आई श्रोता सम्पर्क केन्द्र, विराटनगरद्वारा उत्पादित रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजमा हामी तपाईलाई हार्दिक स्वागत गर्दछौ।

मितेरी आवाज रेडियो डकुमेन्ट्री कार्यक्रम नेपाल र मित्र राष्ट्र चीन वीचको सुमधुर मैत्री सम्बन्धलाई जनस्तरबाट विकसित गर्दै लैजाने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम हो। विश्व शान्ति, मित्रता र एकताको सन्देस बोकेको यस कार्यक्रममा हामी सि.आर.आई र श्रोता गतिविधि साथै नेपाल र जनगणतन्त्र चीन लगायत विश्वका जल्दा-बल्दा विषयहरुमा कुराकानी गर्नेछौ।

नवराज सुब्बाको छोटो परिचय : नवराज सुब्बा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित युवा स्वास्थ्यकर्मी हुनुहुन्छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ्गको प्रमुख स्थानमा रहेर काम गरिरहनु भएका सुब्बाले सन् 1999 मा छिमेकी मित्रराष्ट्र जनगणतन्त्र चीनको मैत्रीपूर्ण भ्रमण पनि गरिसक्नु भएको छ । चीनको परिवार नियोजन र जनसंख्या व्यवस्थापनका सम्बन्धमा गहिरो अभिरुची राख्नु हुने नवराज सुब्बासँग मितेरी आवाजले गरेको कुराकानीको संक्षिप्त विवरण अब हामी प्रस्तुत गर्दैछौं ।

मितेरी आवाजसँग जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ्गका प्रमुख नवराज सुब्बाले गर्नु भएको कुराकानीको संक्षिप्त विवरण

मितेरी आवाज : नेपाल र चीन बिचको परम्परागत सम्बन्धलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?

नवराज सुब्बा : नेपाल र चीन बिचको सम्बन्धलाई फर्केर हेर्दा दुई देश बिचको सम्बन्ध परम्परादेखि कायम रहेको पाइन्छ । नेपालको आर्थिक तथा व्यापारिक क्षेत्रमा पनि दुई पक्षीय सम्बन्ध पुरानो समयदेखि रहँदै आएको हो । अंशुवर्मा र भृकुटीको पाला देखिको हाम्रो सुसम्बन्ध आधुनिक कालमा अझ जनस्तरमा नयाँ सम्बन्धहरुको रुपमा स्थापना हुँदै आएका छन् । बिजुली, सडक, यातायात, सिंचार्इ जस्ता हरेक क्षेत्रमा चीनले नेपाललाई सक्दो सहयोग गर्दै आएको छ र यो सम्बन्ध भविष्यमा अझ प्रगाढ भएर विकसित हुँदै जानेछ भन्ने मलाई लागेको छ।

मितेरी आवाज : तपाईंले सन् 1999 मा चीनको मैत्रीपूर्ण भ्रमण गर्नु भएको थियो । तपाईंले कुन कुन स्थानको अवलोकन गर्ने मौका पाउनु भयो ?

नवराज सुब्बा : आज भन्दा 5 वर्ष अगाडि चीनको मैत्रीपूर्ण भ्रमण गर्नै अवसर पाएँ । नानजिङ्ग विश्व विद्यालयमा जनसंख्या व्यवस्थापन तथा परिवार नियोजन सम्बन्धी एउटा अन्तर्राष्ट्रिय सेमिनार गरिएको थियो ।

Click>>> Interview

Dr. Nawa Raj

Dr. Nawa Raj Subba is a public health specialist, researcher, and author with over three decades of experience in healthcare management in Nepal. He has contributed to public health research, operational studies, and intercultural psychology. In addition to his work in health, he has published books and articles on Nepali literature, culture, and music. His contributions have been recognized by civil society, the government of Nepal, and international audiences. Currently, he is engaged in public health and intercultural psychology studies.

Leave a Reply