|

Bahar Sanga

Bahar Sanga

8 नववर्षको नौलो स्पर्श

नववर्षको नौलो स्पर्श छ आज तन मनमा
यताउति खोज्छु तिमी दिनलाई शुभकामना ।

फूल पात डाली डुली जब गीत गाउछे चरी
होस हराउँदै जोस पलाउँछ आज यो मनभरि
फलोस् फुलोस् वैंश अब नबितोेस् बेकारमा
यताउति खोज्छु तिमी दिनलाई शुभकामना ।

तिमीसँग भेट हुने दिन कैले आउँला भनी
यतिञ्जेल कुरें तिमीलाई दिन यो गनी गनी
स्वस्थ, सुख, समुन्नति म लेख्छु तिम्रै नाममा
यताउति खोज्छु तिमी दिनलाई शुभकामना ।

(शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग)

Similar Posts

  • |

    Chindina Nabhana

    नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ ४ चिनिन नभन चिनिन नभन साथी चिन्दिनँ नभन गीताङ्गे भई उभिनँ आएँ चिन्दिनँ नभन । फुकाएँ मैले मनको भाखा लुकाऊ कतिन्जेल यो मुटु मेरो निचोरिदिन्छु दुनियाँ नाचुन्जेल आज नाच्दिनँ नभन संगी जान्दिनँ नभन गीताङ्गे भई उभिएँ तर चिन्दिनँ नभन । रहेछ गाह्रो बचाई राख्नु अटल स्वाभिमान जीवनसाथी साधना मेरो…

  • |

    Mera Sabai Raharharu

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ६ मेरा सबै रहरहरू मेरा सबै रहरहरू पूरा भए अब के गरौं दिक्दार भए मसित सायद सब के गरौं । अलिकति बचेको यो ओठको खुशी लेऊ आएन हात कसैको दुःखमा जब के गरौं । आफैलाई हेर्ने नजरले हेरें यो दुनियाँ कर्केनजर पो लगाए उल्टै तब के गरौं । कामै…

  • |

    Bahar Sanga

    ५ हाम्रो पहिलो पाइला हाम्रो पहिलो पाइला चार दिवालले नरोकसुन्दर हाम्रो भविष्य झ्यालखानामा नछेक । कलिला हाम्रा हातमा कलम कापी थमाऊनिर्दोष छौं बालबालिका स्वतन्त्र खेल्न पाऊँबाआमाको यो सजाय हामीलाई नदिइयोस्यो देशका सन्तान हामी सुयोग्य बनाइयोस् । हामी बन्ने छौं हीरा अँध्यारोमा चम्कने छौंफूल फुल्दछ हिलोमा कमलझैं फक्रने छौंहाम्रो सुन्दर सपना चन्द्रमाझैं मुस्कुराउँछउज्यालो हाम्रो विपना सूर्यझैं…

  • |

    Afno Bhagya

    ४ आफ्नो भाग्य आफै लेख्‍ने दिन आफ्नो भाग्य आफै लेख्‍ने दिन आएको छ लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ । उर्ली आयो सललल समावेशी स्वर जनताको शक्ति आहा कति सुन्दर देशको माया नशा रैछ मात लागेको छ लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ । फर्केको छ हिमाल हेर पहाड मधेशतिर मेची काली बगेका…

  • |

    Hijo Bhanda Aja Ramro

    ५ हिजोभन्दा आज राम्रो हिजोभन्दा आज राम्रो आजभन्दा भोलि सधैं अघि बढ्ने युवा हामी शक्तिशाली । एकथोपा सुकीजाला हजार भए सागर बहुलताको एकताले समेटिन्छ संसार । जागरिला युवा हामी खेल्छौ नाना खेल रगतको होली होइन पसिनाको भेल । (शब्द रचना- नवराज सुब्बा, संगीत- सुमित खड्का, स्वर- सुमित खड्का, सुजाता राई, युनिसा लिम्बू, एल्बम- देशको माया)

  • |

    Mana Ra Maato

    ७ मन र माटो  मन र माटोको पवित्र यो नाताहाम्रो एकता हाम्रो सफलताहङकङ नेपाली महासंघबसौं हामी मिलिजुलीसँग । आकाश हाम्रो यही धरतीमा बासकर्मले डोर्यायो हामीलाई प्रवास । सगरमाथा गौरव शिरमा राख्दछौंनेपाली पौरखलाई विश्वभरि छर्छौं । बुद्धभूमि, तपोभूमि, कर्मभूमिको मानवीर गोरखाली हामी पुर्खाको राख्छौ शान । (शब्द– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वर– सुमित खड्का, एल्बम–…