प्रशंसापत्र

यहाँ सधैं उही
जूनको फेदमा
अँध्यारो चिसो रात
बिछ्याएर बस्ने हामी किरण
खै किन हीरा जस्तो चम्केनौं
बत्तीको फेदमा
अँध्यारो दुर्भाग्य पोखिएका
यत्रतत्र छरिएका हामी छाया
कोही दियोझैं किन सल्केनौं !

आजकल वुद्ध पनि
गुम्बाबाट बाहिर निस्कदैनन्
मन्दिर, मस्जिद र चर्चमा
भगवान, अल्लाह, प्रभु मूर्तिवत छन्
हाम्रो वस्तीमा या शहरमा
अनि यो देशमा
अझै कति अग्ला हिमाल र
अझै कति होचा टेकबहादुरहरू
जन्मदैछन् ?
यो जन्मभूमिलाई
कोही शान्तिभूमि अनि
कोही क्रान्तिभूमि किन भन्दैछन्
हो हामीसंग उत्तर छन्, दक्षिण पनि छन्
पूर्व, पश्चिम, सबै दिशा र थुप्रै ध्रुवहरू छन्
जो केवल जुध्न खोजि रहन्छन्
जो हरदम मिल्न खोजिरहन्छन्
यहाँ कोही छैनन् अरू कोही हैनन्
यिनीहरू आफै जित्छन् अनि आफै हार्छन् पनि
आफै बनाउँछन् अनि आफै भत्काउँछन् पनि
अब यो वीर जातिले आफ्नो उपलब्धिमा
उभयीलिङ्गी अर्थात् नपुङ्शकतामा पनि
गौरव गर्ने दिन कहिले आउला ?
हामी गिनीपिगको पनि कीर्तिमान
गिनिज बुकमा कहिले दर्ता होला
र पाइएला प्रमाणपत्र
कुन दिन थापिएला
प्रशंसापत्र ।

Similar Posts

  • केही कविताहरू

    कठघरामा उभिएर हो ! हो ! हो ! म सत्य सत्य बोल्दैछु आमाको परिभाषा म केवल आमा बुझ्दछु जोड्दछु नाता नानाथरि तर कदापि तोड्दिनँ यो नाता कतिन्जेल केरिरहन्छौ हिरासत–मुक्त गरिदेऊ मलाई अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ! भन, ती को हुन् ? जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन् माया गरेर बुई चढाइन् उनैको शरीरमा दिसापिसाब…

  • न्यूटन, स्याऊ र भूकम्प

    यसपालि पनि भूइँचालोले देखेन जीवनदेखि दिक्क भएका मृत्यु पर्खी बसेकाहरूलाई बरु फुलिरहेका फूलहरू टिप्यो वारिपारि गर्ने पुलहरू चुँडायो यसपालि पनि टेरेन मृत्युले मान्छेका निर्दोष पाइलाहरू बरु निर्ममतापूर्वक कुल्चियो निस्सासियो गाउँ र शहर स्वास रोकिएको मौका छोपेर मिच्न मिच्यो मानव अस्तित्व यसरी फुत्त आयो भूकम्प उजाड बनायो गाउँशहर र लुत्त लुक्यो….

  • चरा, तिर्खा, पानी र शहर

    – नवराज सुब्बा तिर्खाले ब्याकुल छु पानी खान आएको थिएँ तिम्रो घरमा पर्खे तर मनको ढोका खोलेनौ यही घरमा पहिले हामी बस्ने एउटा ठूलो रुख थियो ढलेछ हामीले खाने फल थियो झरेछ पानी खाने पोखरी पनि सबै सुकेछ लुकामारी गर्ने फूलका पोथ्राहरु थिए सबै मान्छेका वासस्थान शहर भएछ तिम्रो घरको छानामा पानीको भण्डार छ त्यो…

  • मनसुनको लय (कविता)

    डा. नवराज सुब्बा बादल हाम्रो गीत सुन्दैन एकोहोरो एक्लै गडगडाउँछ खलबल गर्दै हामीमाथि सल्बलाउँछ आतङककारी बादल वर्षेनी परेड खेल्छ हाम्रो तन मनमा बेसुर गड्याङ्गुडुङ तालमा कड्किन्छ मनसुन चट्याङ पार्छ ताण्डव नृत्य नाच्दै गहिरो हाम्रो मायालाई एक्कै छिन भए पनि चुडाइदिन्छ यो मौसमले यहाँ कस्तो झरी पर्छ ? न पेट भर्ने खेत रोपियो न मन भर्ने…

Leave a Reply