नवराज सुब्बा
— एक —
अब एक्लै यसरी आफैसित रुँदिन
नहेर एकोहोरो अब म तिम्रो हुँदिन
बिन्ति आँखा नजुधाऊ प्रिय मसित
यी हातले अब तिम्रो तस्बीर छुँदिन ।
— दुई —
तस्वीरमा झैं म सधैं राम्रो भएको भए
कवितामा झैं यौवन नओइलाएको भए
प्रेम पनि अमर कहाँ हुन्थ्यो होला प्रिय !
तिमीलाई साँच्चै आफ्नै बनाएको भए ।
— तीन —
नदिमा नबगेको अलिकति पानी छ
जतासुकै हत्तपत्त नमिसिने बानी छ
त्यति नपोखिएको सायद चुहिएको
कुनै बेला गर्नलार्ई मसित कुराकानी छ ।

Delivery Practices among Rajbanshi
Folk song album released

Leave a Comment