कवि नवराज सुब्बाको “बीच बाटोमा ब्यूँझेर” माथि विचार गोष्ठी

काठमाडौं – नेपाल स्रष्टा समाज काठमाडौंद्वारा बिराटनगरका कवि नवराज सुब्बाको कविता सड्ग्रह “बीच बाटोमा ब्यूँझेर” माथि विचार गोष्ठीको आयोजना गरियो ।

कवि सुब्बाको कविता सड्ग्रहमाथि चार जना समालोचक तथा कविहरुले कविताका विभिन्न पक्षमा कार्यपत्र प्रस्तुत गर्नु भयो । डा. कृष्णप्रसाद दाहालले कविताको भाषा र शैलीमा र समालोचक प्रा. लीला लुइँटेलले कविताको नारीपक्षमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कवि शैलेन्द्र साकारले नवराज सुब्बाका कवितामाथि समीक्षा गर्दै उनका कविता अर्गानिक कविता हुन् जो विशुद्घ नेपाली माटो र वातावरणका उपज हुन् भन्नु भयो । यसैगरी कवि विप्लव ढकालले सुब्बाका कविताका नोष्टालजिया पक्षमा प्रकाश पार्दै कविताको एउटा मूलश्रोत उनको अतीत अर्थात् जन्मस्थानमा वितेका बाल्यकाललाई लिएको पाइएको कुरा बताउनु भयो ।

विचार गोष्ठीमा दार्जिलिडका साहित्यकारहरु विन्ध्या सुब्बा, मणिकुमार सुब्बा, काठमाडौबाट कथाकार परशु प्रधान, चन्द्रप्रसाद भट्टराइ, पवन आलोक, विराटनगरबाट विवश पोखरेल, गण्डकीपुत्र, हेटौडाबाट गणेश पौडेल, गीता पन्थ लगायतका स्रष्टाहरुको उपस्थिति थियो ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित उक्त गोष्ठीमा विदेश तथा मुलुकका विभिन्न क्षेत्रका साहित्यिक संघसंस्थाहरुको प्रतिनिधित्व रहेको थियो । समाजका अध्यक्ष चन्द्रप्रसाद भट्टर्राईले साहित्यकारहरुको यस्ता भेटघाट र विचार विमर्शलाई आगामी वर्षहरूमा निरन्तरता दिइने कुरा बताउनु भयो ।

सन् १९६१ को अक्टोबर १ मा ताप्लेजुङ्को हाङ्पाङ गाउमा जन्मिएका कबी सुब्बा पेशाले स्वास्थ्यकर्मी हुन्। उनका यस अघी ‘जीवन मेरो शब्दकोशमा’ कबिता सङ्ग्रह र ‘मनको माझेरी’ लेख सङ्ग्रह प्रकासित भाईसकेका छन् भने उनले जनस्वास्थ्य सम्बन्धी पुस्तक र दर्जनौ अनुसन्धान मुलकलेख प्रकासित गरेकाछ्न्।

Similar Posts

  • साहित्यमा साइबर

    डा. गोविन्दराज भट्टराई प्रमिथस महाकाव्यको आरम्भमा महाकविले पुकारेका छन्— हे युनानी शारदे ! सर्वप्रथम त तिनी प्रत्येक मानवलाई वाणी दिन उभिएकी छन्, त्यसपछि मात्र विद्या, बुद्धि र चेतना रश्मी सल्काउनलाई । मलाई यो साइबर युग र सरस्वती जोड्न मन लागेको छ । ती हाम्रो मनोजगत्मा बिराजमान भावनात्मक सरस्वतीले यो साइबर युगमा कस्तो स्थान ग्रहण गर्दै…

  • बौलाहाको बकबक

    देख्दादेख्दै यो देशमा जब बहुदल आयो नेता भकाभक बहुलाए एकदिन गणतन्त्र पनि आयो कोही आत्तिए जनता एकाएक मात्तिए खै के भन्नु सबैले मलाई पागल देख्छन् हा…हा…हा…

  • |

    कविता लेख्न बस्दा

    कविता— डा. नवराज सुब्बा म सधैं कवि हुँदिन—कहिलेकाहीँ एउटा पुरानो हुलाकी बन्छु,जसको झोलामा चिठीहरू छन्तर ठेगाना भने मेटिइसकेको छ।म जब शब्दहरू टिप्छु,ती अक्षर हुँदैनन्—खोलाको किनारमा आफै उम्रिएका ढुंगाजस्ता हुन्छन्,जहाँ हावा र खोलाको सललको संगीतलेआफ्नो गोप्य कथा सुनाइरहेको हुन्छ। चौतारीमा बसेको त्यो समयअहिले पनि मभित्र जिउँदै छ—हावाले पातहरूलाई सम्झाउँदैमलाई तिम्रो नाम सुम्सुम्याइदिन्छ,र म सोच्छु,यो गफ हो…

  • बिहानी ब्यूँझाउने रातसित…

    धुवैंधुँवा भरिएको कोठामा म सकिन निदाउन अँट्नै सकिन आफ्नै अपूर्णतामा पोखिएँ चाहनामा र बग्दै गएँ यसरी जीवनभर भेलजस्तै ठोक्किइरहें ढुङ्गामा र पटक पटक बाँचेको अनभुव गरें

  • प्रशंसापत्र

    यहाँ सधैं उही जूनको फेदमा अँध्यारो चिसो रात बिछ्याएर बस्ने हामी किरण खै किन हीरा जस्तो चम्केनौं बत्तीको फेदमा अँध्यारो दुर्भाग्य पोखिएका यत्रतत्र छरिएका हामी छाया कोही दियोझैं किन सल्केनौं !

Leave a Reply