मनसुनको लय (कविता)

डा. नवराज सुब्बा

बादल हाम्रो गीत सुन्दैन
एकोहोरो एक्लै गडगडाउँछ
खलबल गर्दै हामीमाथि सल्बलाउँछ
आतङककारी बादल वर्षेनी
परेड खेल्छ हाम्रो तन मनमा
बेसुर गड्याङ्गुडुङ तालमा
कड्किन्छ मनसुन
चट्याङ पार्छ
ताण्डव नृत्य नाच्दै
गहिरो हाम्रो मायालाई
एक्कै छिन भए पनि
चुडाइदिन्छ यो मौसमले
यहाँ कस्तो झरी पर्छ ?
न पेट भर्ने खेत रोपियो
न मन भर्ने बारी गोडियो
झार सप्रिए बाली भन्दा
फूल भन्दा काँडा झाङ्गिए
यतिबेला म सशंकित
यी दुई आँखाले जीवनको रङ्ग खोज्दै
हर मनसुनलाई स्वागत गर्न मञ्जुर छु
छाती चिरा चिरा पार्ने अनगिन्ति पहिराहरु
जीवन बिथोल्ने बेहिसाब बाढी बेहोर्न पनि
म विवश छु
ताप्दै पीरको आगो
अझै कति भिज्नु छ छ
यो झरीपानीमा
अझै के के भोग्नु छ छ
यो जिन्दगानीमा ।

Similar Posts

  • राउटेको मन

    राउटेको मन

    समयसितै चिप्लिँदै गुड्ने
    तिम्रो गाडी
    भो मलाई चाहिएन
    गति कतै पन्छाएर
    हावामा उड्ने
    तिम्रो जहाज पनि
    भो ! मलाई चाहिएन,

    मलाइ
    कम्प्युटरमा च्याटिङ गर्दै
    भासिनु छैन मुगलानमा

  • परदेशको पिँजडामा जून

    (कविता)— डा. नवराज सुब्बा धुलोले ढाकेथ्यो मेरो निधार,तेलको गन्धले बिर्साइदियो गुराँसको सुवास,म बाल्टी लिएर फर्कंदै थिएँ–एक बन्दुकले आकाश चिरेर सोध्यो—“कुन देशका हौ तिमी?” मेरो श्वासमा अझै बग्थ्यो सप्तकोसीको स्वर,शरीरमा थियो निद्रामा हराउँदाआमाले सुम्सुम्याएको कपालको अनुभूति,छातीको न्यानो अझै जीवनजस्तो लाग्दथ्यो,तर जवाफ दिन मैले सकिनँ— मेरो देश त शान्त थियो,तर म थिएँ युद्धको बीचमा। यो मरुभूमिमा जून…

  • बलबहादुरको कथा

    यतिञ्जेल बलेले आफ्नो अनुहार राम्ररी नियाल्नै भ्याएको छैन एकदिन नागरिकता बनाउँदा फोटो खिच्ने बेलामा एकछिन आफूलाई ऐनामा चियायो र मुसुक्क हाँस्यो अनि अर्कोपटक बहिखातामा औंठाछाप लगाएपछि फाँटवालाले दिएको नागरिकतामा आफ्नो फोटो सरकारी छापसितै नारिएको देखेर मुस्कुरायो उपरान्त उसले हाँसेको देखिएन विचराले हाँसोस् पनि कतिबेला भारीले सधैं थिचेको चिच्यै छ साहुको रिनले किचेको किच्यै छ यही…