म लाटोकोसेरो

आजकल म ऐनामा
आफुलाई ठ्याक्कै
लाटोकोसेरो देख्छु

हुन त
मैले भन्दा राम्रो सपना
खै कसले देखेको होला र !
मेरो भन्दा मीठो कल्पना
कसले गरेको होला र !
स्वर्गकी परीसित म जति
नाचेको कसले होला र !
कसले चाखेको छ अमृतको स्वाद ?
त्यो मैले चाखेको छु तर सपनामा
साला ! यही विपना एउटा पो
ठ्याक्कै उल्टो भइदिन्छ र
मैले उल्लु बन्नु परेको छ

यसो आँखा उघार्छु
सपनामा देखेका विद्यालयहरू
विपनामा बङ्कर र ब्यारेक देख्छु
जन्मभूमि वा शान्तिभूमिलाई
परायभूमि वा युद्धभूमि देख्छु
एकैछिन अघि सपनामा
फूलै फूलले स्वागत गर्ने हातहातमा
हतियारै हतियार बोकेको पो देख्छु
जो चारैतिरबाट मैतिर तेर्सिएका छन्
उफ् !
यो सब् म के देख्छु –
मेरा ठूल्ठूला आँखा छन् मात्र दृष्टि छैनन्
पखेटाहरू पनि छन् केवल उडान छैनन्
छ स्वतन्त्र आकास फतग गन्तव्य छैनन्
ऐनामा म आजकल
सायद अरु हैन आफू नै देख्छु
अचम्म ! टीठलाग्दो उल्लु देख्छु ।

Similar Posts

  • बिहानी ब्यूँझाउने रातसित…

    धुवैंधुँवा भरिएको कोठामा म सकिन निदाउन अँट्नै सकिन आफ्नै अपूर्णतामा पोखिएँ चाहनामा र बग्दै गएँ यसरी जीवनभर भेलजस्तै ठोक्किइरहें ढुङ्गामा र पटक पटक बाँचेको अनभुव गरें

  • कम्लहरी

    कम्लहरी

    मलाई
    माघीसँग डर लाग्छ आमा !
    मलाई यो माघमा
    तिम्रो न्यानो काख छाडेर
    महाजनको घरमा
    जान पटक्कै मन छैन !

    भोक लाग्नुको अपराधमा
    आङ ढाक्न खोज्नुको सजायस्वरूप
    जानुपर्‍यो मैले परायाघर

  • बलबहादुरको कथा

    यतिञ्जेल बलेले आफ्नो अनुहार राम्ररी नियाल्नै भ्याएको छैन एकदिन नागरिकता बनाउँदा फोटो खिच्ने बेलामा एकछिन आफूलाई ऐनामा चियायो र मुसुक्क हाँस्यो अनि अर्कोपटक बहिखातामा औंठाछाप लगाएपछि फाँटवालाले दिएको नागरिकतामा आफ्नो फोटो सरकारी छापसितै नारिएको देखेर मुस्कुरायो उपरान्त उसले हाँसेको देखिएन विचराले हाँसोस् पनि कतिबेला भारीले सधैं थिचेको चिच्यै छ साहुको रिनले किचेको किच्यै छ यही…

  • निर्मलाको नियति !

    मैले यति कुरुप आकाश आजसम्म देखेकै थिएन । आज म माथिको आकाशमा घाम छैन जून छैन, तारा छैन आकाशमा हावा छैन आज वर्षा गराउने एक टुक्रा बादल छैन उडिरहेका छैनन् आज आकाशमा चरा परेवा, ढुकुर, जुरेली, भँगेरा, मौरी पुतली या कुनै सुगन्ध छैनन् आकाशमा त आज बारुदको मुस्लो उडिरहेको छ बेला बेला मेघले झैं छातीमैं…

Leave a Reply