मोरङ विराटनगर, पौष २८, २०६७ । टंकीसिनवारी स्वास्थ्य चौकी भवन निर्माणस्थलको लागि चार कट्ठा जग्गादान दिने श्री हरिचरण विश्वासलाई हालै सम्मान गरियो ।

स्वास्थ्यचौकीमा आज आयोजित एक समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले मण्डललाई सम्मानपत्र सहित दोसल्ला ओढाइ सम्मान गर्नुभयो । भुवनेश्वर मण्डलको अध्यक्षतामा सम्पन्न सम्मान समारोहमा ब्यवस्थापन समितिका अध्यक्ष काशिराम श्रेष्ठ, बाबुप्रसाद यादव, प्रेमचन्द चौधरी, जितनारायण थापा, नवराज बिष्ट, रमेश घिमिरे, विष्णु सन्तोषी र पहलबहादुर बस्नेतले बोल्नु भएको थियो ।

कार्यक्रममा वक्ताहरुले जग्गादाता हरिचरण विश्वासको योगदानबाट स्वास्थ्य चौकीको भवन निर्माण सम्भव भएको बताए । स्वास्थ्य चौकीले यसबाट यस क्षेत्रका समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्न सहज भएकोमा जग्गादातालाई धन्यवाद, बधाई र शुभकामना ब्यक्त गरे ।

 

म लाटोकोसेरो
द्वन्द्वपीडितलाई सहयोग

Leave a Comment