जग्गादातालाई सम्मान

मोरङ विराटनगर, पौष २८, २०६७ । टंकीसिनवारी स्वास्थ्य चौकी भवन निर्माणस्थलको लागि चार कट्ठा जग्गादान दिने श्री हरिचरण विश्वासलाई हालै सम्मान गरियो ।

स्वास्थ्यचौकीमा आज आयोजित एक समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले मण्डललाई सम्मानपत्र सहित दोसल्ला ओढाइ सम्मान गर्नुभयो । भुवनेश्वर मण्डलको अध्यक्षतामा सम्पन्न सम्मान समारोहमा ब्यवस्थापन समितिका अध्यक्ष काशिराम श्रेष्ठ, बाबुप्रसाद यादव, प्रेमचन्द चौधरी, जितनारायण थापा, नवराज बिष्ट, रमेश घिमिरे, विष्णु सन्तोषी र पहलबहादुर बस्नेतले बोल्नु भएको थियो ।

कार्यक्रममा वक्ताहरुले जग्गादाता हरिचरण विश्वासको योगदानबाट स्वास्थ्य चौकीको भवन निर्माण सम्भव भएको बताए । स्वास्थ्य चौकीले यसबाट यस क्षेत्रका समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्न सहज भएकोमा जग्गादातालाई धन्यवाद, बधाई र शुभकामना ब्यक्त गरे ।

 

Similar Posts

  • आमासमूहको सक्रियता

    मंसिर १०, २०६७ । मोरङ इन्द्रपुर १ आमासमूहको वाषिर्क साधारण सभा सम्पन्न भएको छ । सभामा ९ सदस्यीय कार्यसमिति गठन गर्ने, आकस्मिक कोषको सुदृढिकरण गर्ने र आमासमूहको भवन बनाउने निर्णय गरिएको छ । उक्त साधारण सभामा आकस्मिक कोषको लागि चन्द्रबहादुर गुरुङ र कमला गुरुङले रु ५० हजार, स्वास्थ्यकर्मी विश्वमित्र ढकालले थप १० हजार अनुदान दिएको…

  • Mass drug campaign held in Bhutanese refugees camp against Filariasis

    माघ २९, २०६९ विराटनगर । मोरङ शनिश्चरे स्थित भुटानी शरणार्थी शिबिरमा हात्तीपाइले बिरुद्धको औषधी खुवाउने कार्यक्रम आज हुँदैछ । शिबिरका चिकित्सक डा. मल्लिका शाक्य र सि.एम.सि. चम्पासिंह राईलाई जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुखले औषधी खुवाए पछि औपचारिक रुपमा हात्तीपाइलेको औषधी आम वितरण कार्यक्रम प्रारम्भ भएको थियो । उद्घाटन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका डा. कृष्ण शाहले…

  • उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु पुरस्कृत

    भाद्र ८, २०६९ विराटनगर मोरङ । मोरङ जिल्लामा समुदायलाई प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने उत्कृष्ट तीन स्वास्थ्य संस्थाहरु र १८ जना स्वास्थ्यकर्मीहरु पुरस्कृत भएका छन् । आर्थिक वर्ष २०६८/६९ मा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ अन्तर्गतका स्वास्थ्य संस्थाहरु र स्वास्थ्यकर्मीहरुमध्ये कार्यसम्पादनको आधारमा मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र, केराबारी स्वास्थ्य चौकी र बेलबारी उपस्वास्थ्य चौकी उत्कृष्ट तीनमा परेका…

  • प्रसूती सेवा भवन शिलान्यास

    कार्तिक २८, २०६८ मोरङको हरैंचा प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूती सेवा केन्द्र भवनको शिलान्यास भएको छ । प्रसूती गराउने आधुनिक १० कोठे भवनको शिलान्यास एक समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले गर्नुभएको छ । भवन शिलान्यास समारोहमा केन्द्रका इञ्चार्ज शेखर यादवले आर्थिक वर्ष २०६७÷६८ को प्रगति विवरण प्रस्तुत गर्नुभयो । समारोहमा केन्द्रको गत वर्ष तथा आगामी…

  • |

    मोरङको जनस्वास्थ्य स्थिति — नवराज सुब्बा

    मोरङ जिल्ला पूर्वी तराइमा रहेको एक ऐतिहासिक जिल्ला हो । यस जिल्लामा १० लाखभन्दा बढी जनसंख्या बसोबास गर्छन् । सदरमुकाम विराटनगरमा मात्र २ लाखभन्दा बढी जनसंख्या बसोबास गर्दछन् । यो जिल्लामा ६५ गाविस र एक उपमहानगरपालिका छन् । ग्रामीणस्तरमा ३७ उपस्वास्थ्य चौकी, २२ स्वास्थ्यचौकी र ७ प्राथमिक स्वास्थ्यकेन्द्र रहेका छन् ।

  • आकस्मिक कोषको स्थापना

    मंसिर २०, २०६७ । मोरङ इन्द्रपुरमा करिव ७ लाख रुपैयाको आकस्मिक कोष स्थापना गरिएको छ । महिला सुत्केरी गराउन, सिकिस्त बालबालिकालाई उपचार गर्न, र्सपदंश लगायतका आकस्मिक स्वास्थ्य अवस्थामा आमा समूहका सदस्यहरुलाई सापट उपलब्ध गराउने उदेश्यले कोषको स्थापना गरिएको हो । गत आर्थिक वर्षा १४७ जनालाई उक्त कोषबाट रु २ हजार देखि ५ हजार रुपैयासम्म रकम…

Leave a Reply