|

राष्ट्रिय खोप दिवस बालअधिकार

सन्दर्भ– राष्ट्रिय खोप दिवसः २८ चैत्र २०६६ (नवराज सुब्बा)

पोलियोको पूरा मात्रा पाईसकेको बालबालिकाले वर्षेनी मनाइने राष्ट्रिय खोप दिवसमा पोलियो थोपा थप खुवाउन पर्ला कि नपर्ला ? थप खोप खुवाउँदा बच्चालाई नराम्रो असर पर्ला कि ! भनेर यदाकदा अभिभावकहरूले जिज्ञाशा प्रकट गरेको पाइन्छ । बुझन जरुरी के छ भने राष्ट्रिय खोप दिवस बालबच्चाहरूको लागि अनिवार्य थप अवसर हो । अभियानमा पोलियो खोप खुवाएपछि पोलियो भाइरस वातावरणमा फैलने भएकाले पोलियोको थप मात्रा लिन छुटेका बालबालिकालाई पोलियो संक्रमणको जोखिम हुन्छ । यसैले चैत्र २८ गते नजिकैको खोपकेन्द्रमा सबै बालबालिकालाई पोलियो खोप खुवाऔं र खोप पाउने बालअधिकारको रक्षा गरौं ।

सन् १९८८ देखि विश्वमा थालिएको पोलियो उन्मूलनको प्रयासले गर्दा आज पोलियो रोग १२५ देशबाट घटेर केही देशमा मात्र सीमित भएको छ । नेपालमा सन् १९९६ मा सुरु भएको राष्ट्रिय पोलियो खोप अभियान लगायतको फलस्वरुप सन् २००१ देखि सन् २००४ सम्मको समयावधिमा देशमा पोलियोका विरामी देखा परेनन् तर सन् २००५ देखि २००८ सम्म पोलियोका विरामी पुनः देखा परे । सन् २००९ देखि हालसम्म पोलियोको विरामी नेपालमा देखा परेको छैन ।

प्ाोलियो उन्मूलनका चारओटा रणनीतिहरू छन् जसअनुसार नियमित खोपको कभरेज ९५ प्रतिशत कायम राख्नु, राष्ट्रिय खोप अभियान, अतिशीघ्र लूलो पक्षाघात विरामीको निगरानी गर्नु र मप-अप अर्थात् विशेष पोलियो खोप अभियान संचालन गर्नु रहेका छन् । यसपटक संचालित राष्ट्रिय खोप अभियानको कार्यनीति के रहेको छ भने यसपालि चैत्र २८ गते पहिलो चरण र जेठ १ गते दोस्रो चरणको खोप कार्यक्रम हरेक खोप केन्द्रहरूमा एक/एक दिनको हुनेछ । विगत वर्षा पहिलो दिन खोप केन्द्रमा र दोस्रो दिन छुटेका बालबालिकालाई घरैमा गएर पोलियो खोप खुवाउने गरिन्थ्यो यसवर्षगरिँदैन । यसकारण भोली घरैमा खुवाउन टोली आइहाल्लान् नि ! भनेर बालबालिकालाई खोपकेन्द्रमा नलगेमा खोप खुवाउन छुट्छ यसमा सबैले ध्यान दिनु आवश्यक छ ।

महिला स्वास्थ्य स्वयंसेविकाहरूद्वारा पोलियो खोप खुवाउन थालिएपछि समुदायमा खोपप्रतिको धारणामा सकारात्मक परिवर्तन आएको अनुभव गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मंत्रालयले खोप, भिटामिन ‘ए’ जस्ता अभियान र समुदायमा आधारित बालरोगको एकीकृत व्यवस्थापन अर्न्तर्गत झाडापखाला, निमोनिया, कुपोषण विरुद्धका कार्यक्रम र हाल नवजात शिशुलाई लक्षित गरि कार्यक्रमहरू संचालन भएपछि बालमृत्युदरमा उल्लेखनीय सफलता मिलेको छ । सन् १९९६ मा ११८ मा रहेको बाल मृत्मयुदर सन् २००६ मा ६१ मा झरेको छ । राजनैतिक प्रतिवद्धता, सरकारी एवम् गैरसरकारी संस्थाहरूको प्रयास, समुदायको सहभागिताको फलस्वरुप देशमा व्याप्त द्वन्द्व, वन्दजस्ता विषम परिस्थितिका बाबजूत पनि जनस्वास्थ्य क्षेत्रमा सकारात्मक सूचकाङ्क हासिल हुनु हामी सबैको गौरवको विषय हो । बालमृत्युदरलाई नेपालले सन् २०१५ सम्ममा ५४ मा झार्न सक्ने तथा सहस्राव्दी लक्ष्य हासिल गर्ने स्पष्ट दिशाबोध भैसकेको छ ।

नेपालमा पोलियो खोप अभियानमा नेपाल सरकारलाई विश्व स्वास्थ्य संगठन, यूनिसेफ, रोटरी, गाभी लगायतका अन्तराष्ट्रिय संस्थाहरूले ठूलो सहयोग गरेका छन् । स्थानीय तहमा स्थानीय प्रशासन, जि.वि.स., गा.वि.स., नगरपालिका, व्यापार संघ, आमा समूह, विद्यालय, नागरिक समाज, संचार जगत र महिला स्वास्थ्य स्वयंसेविकाहरूको पनि अभियानमा उल्लेख्य योगदान रहिआएको छ । बालमृत्युदर कम गराउन प्रभावकारी सिद्ध भैसकेकको खोप कार्यक्रमप्रति सबै क्षेत्रको प्रतिवद्धतामा कमी आउन नदिनु र गुणस्तरीय खोपको सुनिश्चितता गर्नु आजको आवश्यकता र चुनौती हुन् ।

Similar Posts

  • Exchange of best wishes

    Chairmen from government trade union organizations exchanged their best wishes on the forthcoming Hindu, Muslim, Buddha, and ethnics’ festivals in Morang. District Public Health Office Morang has organized such a new initiative which has provided an opportunity to get together of different employees’ organizations, said speakers. Nawaraj Subba, DPHO and nine chairmen from trade union…

  • गाउँघर क्लिनिक उद्घाटन

    २४ चैत्र २०६६ केरौन मोरङ । युवाहरुको सक्रियतामा केरौन-१ मा स्थानीय अग्निपीडितलाई आर्थिक सहयोग, रक्तदान र गाउँघर क्लिनिकको उद्घाटन कार्यक्रम सम्पन्न भयो ।  

  • Interaction on Health Care Services

    मंसिर १८, २०६९ विराटनगर । अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजनामा नागरिकको स्वास्थ्य अधिकारमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा स्वास्थ्य नीति र कार्यान्वयन स्थिति विषयमा कार्यपत्र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख नवराज सुब्बाले प्रस्तुत गरे पछि जिल्लाका स्वास्थ्य सम्बन्धी विविध सवालहरुमा गहन छलफल तथा अन्तरक्रिया भयो । जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा दुई घण्टा तय गरिएको उक्त…

  • Morang: Target Population (F.Y. 2063/64)

    Population

    Leave a Reply