विराटनगरमा पूर्वाञ्चल स्तरीय भव्य कविगोष्ठी

माघ ११ गते, पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरद्वारा आयोजित पूर्वाञ्चल स्तरीय कवि गोष्ठी विराटनगरमा भव्य रुपमा सम्पन्न भयो । कृष्णभूषण वल, मनु मञ्जिल, उपेन्द्र पागल, मधु पोखरेल, ज्योति जंगल, मिश्र बैजयन्ति, कृष्ण बराल, कृष्ण निराकार, देवान किराती, परशुराम लुइटेल, सुमित्रा थापा, खोलाघरे साइला, चुडामणि नेपाल अकिञ्चन, समुद्रा शर्मा लगायतका ५० भन्दा बढी कविहरुले गोष्ठीमा कविता वाचन गरेका थिए ।

प्रतिष्ठानका सभापति विवश पोखरेलको सभापतित्वमा भएको उक्त कविगोष्ठीमा प्रमुख अतिथी भाषाशास्त्री बालकृष्ण पोखरेलले कवि रमाप्रसाद रिजालको "एक चस्को दुखेको मुटु" कवितासंग्रह विमोचन गर्नुभयो । गोष्ठीमा वरिष्ठ आख्यानकार परशु प्रधान, भाषाशास्त्री तथा साहित्यकार चुडामणि रेग्मी, पुनरावेदन अदालतका प्रमुख न्यायधीस भिमेन्द्रबहादुर कार्कीले मन्तव्य दिनुभयो ।

साहित्यकार मीनकुमार नवोदित र गोकुल अधिकारीद्वारा विराटनगर उपमहानगरपालिकाको सभाहलमा सञ्चालित उक्त गोष्ठीको सुरुमा कवि भूषण ढुंगेलले स्वागत मन्तव्य दिनुभयो ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply