शुभकामना !

शुभकामना ! हङकङ नेपाली महासंघ तथा गायक कलाकार सुमित खड्काजी ! हङकङ नेपाली महासंघको निमन्त्रणामा नेपाली देशभक्तिगीत गायनमा पहिचान बनाएका चर्चित युवा गायक सुमित खड्का विराटनगरबाट हङकङ यात्रामा निस्कनु भएको छ । निकट भविश्य (संभवत ३० नोभेम्बर) मा हङकङमा आयोजित समारोहमा मैले रचना गरेको गीत तथा बरिष्ठ संगीतकार शक्ति बल्लभको संगीतमा महासंघको अफिसियल गीत गायक सुमित खड्काद्वारा प्रस्तुत गरिने कार्यक्रम रहेको छ । त्यस अवसरमा ‘हामी पहिले नेपाली’ देशभक्ति गीतिएल्बमका गीतहरु समेत प्रस्तुत गरिने जानकारी गायकबाट पाएको छु । यसर्थ, गायक सुमितजी र महासंघलाई सफलताको शुभकामना दिन चाहन्छु । धन्यवाद ।

Similar Posts

  • फेसबुकबाट पुस्तक विमोचन

    बैशाख २७, २०६९ विराटनगर । गीता ढकालद्वारा लिखित/सम्पादित ‘नवराज सुब्बाको मनको मझेरीमा बस्दा’ पुस्तक फेसबुकबाट विमोचित भएको छ । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको लागि गरिएको शोधमा आधारित आलेख र अन्य ९ जना लेखकका समालोचना र समीक्षा समेत उक्त पुस्तकमा संग्रहित छन् । पुस्तकसभित्र समालोचक डा. खेम दाहाल, दधिराज सुबेदी, लक्ष्मी खतिवडा, प्रेमप्रसाद सञ्जेल पाखे, हरिप्रसाद…

  • शुभकामना गीत लोकार्पण

    २०७० बैशाख १ गते विराटेश्वर बृद्धाश्रममा बृद्धाश्रम अध्यक्ष जगतप्रसाद अर्याल, समाजसेवी दीनबन्धु गोयल र गीतकारले संयुक्त रुपमा शुभकामना गीत सार्वजनिक गर्नुभएको थियो । शब्दः नवराज सुब्बा, संगीतः सुमित खड्का, स्वरः सुमित र सोनिका । उक्त शुभकामना गीत निम्न फोटोमा क्लिक गरेर सुन्न वा डाउनलोड गर्न सकिन्छ ।

  • फेसबुकबाट पुस्तक बिमोचन

    सूचना प्रविधिको विकाससँगै पुस्तक विमोचन गर्ने नयाँ शैलीको पनि विस्तार भएको छ । यसै सिलसिलामा डा. कृष्णप्रसाद दाहालबाट लिखित तथा सम्पादित “अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर” फेसबुकबाट विमोचित भएको छ । इन्टरनेटमा सर्वाधिक लोकप्रिय सञ्जाल फेसबुकबाट उक्त पुस्तकलाई साहित्यकार स्रष्टा नवराज सुब्बाले विमोचन गर्नुभयो । विमोचन गरेपछि उनले आफ्नो प्रतिक्रियामा— “सूचना प्रविधिको उचित प्रयोग गरेमा…

  • विराटनगरका साहित्यकारले सम्झिए आदिकवि भानुभक्तलाई (News)

    विराटनगर : आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पूर्वसन्ध्यामा बुधबार विराटनगरका साहित्यकारहरुले उनको संझनामा कविता प्रतियोगिता आयोजना रेका छन्। २ सय ४ वर्षअघि असार २९ गते तनहुँको चुँदी रम्घामा भानुभक्तको जन्म भएको थियो। आदिकविको जन्मजयन्तीको अवसरमा भानु कला केन्द्र र भानु–मोरङ सांस्कृतिक समितिले संयुक्त रुपमा आयोजना गरेको कविता प्रतियोगितामा सहभागी साहित्यकारहरुले भानुभक्त आचार्यसँग सम्बन्धित सिर्जना वाचन गरे।…

  • बाणीमा कविगोष्ठी

    असार ४, २०६७, विराटनगर नेपाल । वाणी प्रकाशन विराटनगरमा प्रकाशनको २३० औं श्रृंखला कविगोष्ठीमा दुइ दर्जन कविहरुले आ-आफ्नो रचना वाचन गरे । कविहरु नवराज सुब्बा, मधु पोखरेल, ज्योति जंगल,

Leave a Reply