शुभकामना !

शुभकामना ! हङकङ नेपाली महासंघ तथा गायक कलाकार सुमित खड्काजी ! हङकङ नेपाली महासंघको निमन्त्रणामा नेपाली देशभक्तिगीत गायनमा पहिचान बनाएका चर्चित युवा गायक सुमित खड्का विराटनगरबाट हङकङ यात्रामा निस्कनु भएको छ । निकट भविश्य (संभवत ३० नोभेम्बर) मा हङकङमा आयोजित समारोहमा मैले रचना गरेको गीत तथा बरिष्ठ संगीतकार शक्ति बल्लभको संगीतमा महासंघको अफिसियल गीत गायक सुमित खड्काद्वारा प्रस्तुत गरिने कार्यक्रम रहेको छ । त्यस अवसरमा ‘हामी पहिले नेपाली’ देशभक्ति गीतिएल्बमका गीतहरु समेत प्रस्तुत गरिने जानकारी गायकबाट पाएको छु । यसर्थ, गायक सुमितजी र महासंघलाई सफलताको शुभकामना दिन चाहन्छु । धन्यवाद ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply