सपनाको भकुण्डो
हुट्टिट्याउँले आकास थामेन किन भो उभिण्डो
न त बाख्राको मुखमा अट्छ कहिल्यै कुभिण्डो
आफूलाई नधोच्ने जुँघाले अरुलाई नै घोच्दछ
यसरी सकिंदैन गोल गर्न यो सपनाको भकुण्डो ।
जेठ १५, २०६९ विराटनगर नेपाल ।
हुट्टिट्याउँले आकास थामेन किन भो उभिण्डो
न त बाख्राको मुखमा अट्छ कहिल्यै कुभिण्डो
आफूलाई नधोच्ने जुँघाले अरुलाई नै घोच्दछ
यसरी सकिंदैन गोल गर्न यो सपनाको भकुण्डो ।
जेठ १५, २०६९ विराटनगर नेपाल ।
हाँगामा बसेर फेद काट्नेहरू छेपारो झैं रूपरङ्ग बदल्नेहरू नजिस्क यो राट्रिय एकतासित विदेशबाट स्वदेश खोज्नेहरू ।
म त तिमीलाई दिन्न बधाई अब अलिकति छ खुशी बाँड्दिन सब किनकि जसलाई दिएँ शुभकामना ती सबै ढले शिखर नपुग्दै सब । भाद्र १२, २०६८
कविता कोर्दा किन हो कवि नै रिसाए गीत गाउँदा किन हो कलाकार रिसाए जब नियालें आफन्त र आफन्तका मन अचम्म ! नजिककाहरू किन हो टाढिए । फागुन १५, २०६८ विराटनगर
झुत्रे झोला नभए यी मनका कुरा म कहाँ राख्थे हुँला थोत्रे बाकस नभए यत्तिका बात कता थन्क्याउँथे हुँला कहाँ सकिंदा रहेछन् भावना मात्र पोखिएर कवितामा सोच्दछु डष्टबिन नभए यतिधेरै कुरा कहाँ फाल्थें हुँला । — जेठ ३२ गते २०६९ विराटनगर नेपाल ।
(एक) समयको तालसँगै कति ताला लागे लागे कारखानामा ताला लागे कार्यालयमा लागे बोल्ने मुखमा ताला लाग्ला नि भन्छन् बैरी आफ्ना चाहि खाने मुखमैं भोटे ताला लागे । (दुइ) पाक्न पाक्न लागेको फल टिपेर पिसेर खाए राम्ररी पाक्न दिएनन् अधकल्चै झारेर खाए यसपालि अनिकालले पो मरिन्छ कि गाँठे ! बीऊ नै नराखी इमानको बोटै उखेलेर खाए…
यो झरी र त्यो प्रेम उस्तै उस्तै रहेछ त्यो बैंश र यो मौसम जस्तै रहेछ आँखा चिम्लेर पोखिन्छ जब आकास मन भत्केपछि मान्छे पागलै हुने रहेछ ।