श्री पल्लव साहित्य प्रतिष्ठान चितवनले साहित्यका विभिन्न विधामा उल्लखनीय सेवा गर्ने विभिन्न स्रष्टाहरूलाई हालै सम्मानित गरेको छ । साहित्यकार नवराज सुब्बा, प्रा.डा. गोपाल भण्डारी, रमा शर्मा, देवीप्रसाद बनवासी, दीपक सोती, कल्पना काफ्ले लगायतका स्रष्टाहरूलाई चितवन देवघाट स्थित एक समारोहमा सम्मान प्रदान गरियो । प्रमुख अतिथी छन्दनायक  माधव वियोगीले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाइ  सम्मानपत्र प्रदान गर्नुभयो ।

साहित्यकार टीकाप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको समारोहको सञ्चालन प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ ले गर्नुभयो । कार्यक्रममा बरिष्ठ गीतकार प्रेमविनोद नन्दन लगायतका विभिन्न स्रष्टाहरूले कविता, गीत, गजल वाचन र गायन गरे ।

जीवन मेरो शब्दकोशमा नवराज सुब्बा (रविमान लम्जेल)
मेरो गीतियात्रा

Discussion

  • Commenter's Avatar
    Dipendra K Joshi ‘NIK’ — 2010-08-29 at 3:31 am

    आदरणीय नवराज सुब्बाज्यू,
    नमस्कार !
    तपाईंको व्यक्तिगत वेभसाइटमा पल्लव साहित्य सम्मान तथा पुरस्कारसम्बन्धी समाचार प्रकाशन गर्नुभएकोमा खुसी लाग्यो । यसबाट सम्मानित गर्ने संस्था र सम्मानित हुने स्रष्टाहरुमा हौसला बढ्ने मैले निर्योल गरेको छु । तर उक्त समाचारमा प्रमुख अतिथिको अगाडि प्रा.डा. लेखिएको मैले पाएँ । उहाँ प्रा.डा. हुनुहुहुन्न । तसर्थ सुधार गरी पुनः प्रकाशन गर्नुहुन अनुरोध छ ।
    — दीपेन्द्रकुमार जोशी ‘निक’
    संस्थापक सदस्य
    पल्लव साहित्य प्रतिष्ठान

Leave a Comment