भूकम्प
भूकम्पले कविता झण्डै फुर्यो
जाने साइत आज झण्डै जुर्यो
एक्कासी आत्तिदै निस्किए सब
आफ्नो त भाले सातो नै पो उड्यो ।
भूकम्पले कविता झण्डै फुर्यो
जाने साइत आज झण्डै जुर्यो
एक्कासी आत्तिदै निस्किए सब
आफ्नो त भाले सातो नै पो उड्यो ।
हाँगामा बसेर फेद काट्नेहरू छेपारो झैं रूपरङ्ग बदल्नेहरू नजिस्क यो राट्रिय एकतासित विदेशबाट स्वदेश खोज्नेहरू ।
म त तिमीलाई दिन्न बधाई अब अलिकति छ खुशी बाँड्दिन सब किनकि जसलाई दिएँ शुभकामना ती सबै ढले शिखर नपुग्दै सब । भाद्र १२, २०६८
झुत्रे झोला नभए यी मनका कुरा म कहाँ राख्थे हुँला थोत्रे बाकस नभए यत्तिका बात कता थन्क्याउँथे हुँला कहाँ सकिंदा रहेछन् भावना मात्र पोखिएर कवितामा सोच्दछु डष्टबिन नभए यतिधेरै कुरा कहाँ फाल्थें हुँला । — जेठ ३२ गते २०६९ विराटनगर नेपाल ।
(एक) वहाँको बोलीको कुनै ठेगान भएन बन्दूक र गोलीको पनि ठेगान भएन घरिघरि म्याद थपेको देख्दा, संविधान आउने भोलिको पनि ठेगान भएन । (दुई) घरमा आगोको सारै भर थिएन अब पानीको पनि कुनै भर भएन झर्ला र खाउँला भन्दाभन्दै, संविधान कुर्दाकुर्दै शान्तिपूर्वक सुत्ने घर भएन ।
यो झरी र त्यो प्रेम उस्तै उस्तै रहेछ त्यो बैंश र यो मौसम जस्तै रहेछ आँखा चिम्लेर पोखिन्छ जब आकास मन भत्केपछि मान्छे पागलै हुने रहेछ ।
किन हो चरी रोएको मन पर्छ मनको रुमाल धोएको मन पर्छ आफैलाई दुखे पनि किन होला त्यो तिर्सनाले छोएको मन पर्छ । — तस्वीरमा झैं सधैं राम्रो भएको भए कवितामा झैं यौवन नओइलाएको भए प्रेम पनि अमर कहाँ हुन्थ्यो होला प्रिय ! तिमीलाई साँच्चै आफ्नै बनाएको भए ।