| | |

कोरोनाविरुद्ध नयाँ सामान्य !

(कविता)
– नवराज सुब्बा

घरमै बसेर म युद्ध लडिरहेछु
अस्पतालमा सुतेर युद्ध लडिरहेछु
शुभकामना मोबाइलमा छाम्दै
कोरोनायुद्धमा साथ दिइरहेछु ।

दुस्मन आफ्नै नाकमा पसेको छ
दुस्मन आफ्नै हातमा बसेको छ
मान्छे शत्रु देख्ने रोग छ आँखामा
कोरोना सुनेरै मान्छे ढलेको छ ।

रोगविरुद्ध चौमुखे चक्रव्यूहमा छु
रोग, भोक, शोक,त्रासले घेरियाछु
संक्रमित मर्ने बाँच्ने हिसाब टिप्दै
लकडाउनको दिनगिन्ति गन्दो छु ।

बाँचे पनि मुख देखाउन नपाइने
मरेपछि त झन् लास हेर्नै नपाइने
क्रियाकर्म धर्मकर्म गर्न भो गाहो
युद्धमा नयाँ सामान्य भो चाहिने ।

नमस्ते चलाउँ हात नमिलाउँ
हाय हेलो ठिक छ गला नमिलाउँ
हटाउँ अनावश्यक भेला भोज मोज
लौ अनलाइनमा अब बानी बसाउँ ।

 

Similar Posts

  • एकल कवितावाचन र नवराज सुब्बाको प्रतिबिम्ब

    “आफ्नो भाग्य आफै लेख्ने बेला आएको छ” र “नेपाली नेपाली हामी नेपाली मधेसी होस् वा जनजाति हामी नेपाली” जस्ता ऐतिहासिक कालखण्डमा रचित गीतहरु र साहित्यकार नवराज सुब्बाको बिभिन्न अन्तरवार्ताको भिज्युअल  “नवराज सुब्बाको प्रतिबिम्ब श्रव्यदृष्य अभिलेख भाग- १” विराटनगरमा लोकार्पण गरियो । वाणी प्रकाशनमा शुक्रबार आयोजित एक समारोहमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेल र वरिष्ठ कवि कृष्णभूषण…

  • बिर्खेको दशैं

    यो दुनियाँमा दुःख दिनेबाहेक अरू थोक नै के छ र भोक भन या गरीबी बन्द भन या हडताल सत्ता भन या प्रतिपक्ष सबैसबै दुःखै दिने चीज मात्र त हुन् नि मेरा निम्ति मलाई खुसी बाँड्ने सेतो हिमाल छ जो मलाई उभिन सिकाउँछ कहिल्यै नरिसाई सधैं हाँस्न सिकाउँछ मलाई

  • समता साहित्य प्रतिष्ठानको स्थापना

    < फागुन ११, २०७४ विराटनगर । ओझेलमा परेका नेपाली राष्ट्रभाषा तथा मातृभाषाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले प्रदेश न. १ का साहित्यकारहरुको पहलमा विराटनगरमा समता साहित्य प्रतिष्ठानको स्थापना गरिएको छ । साहित्यकार डा. नवराज सुब्बाको अध्यक्षतामा बाबुराम श्रेष्ठ ‘वर्षा’, शिवनाराण पंडित ‘सिंगल’, दीपबहादुर खापुङ, प्रेमप्रसाद संजेल, दीपक सम्चु, पुलिस विश्वास र लक्ष्मण नेवटिया रहेको कार्यसमिति…

  • गुरूहरू सम्झँदै (संस्मरण)

    डा. नवराज सुब्बा ————– हामी गुरूलाई सम्झन्छौं, विहान सम्झन्छौं, साह्रोगाह्रोमा सम्झन्छौं अनि सम्झन्छौं आफूले केही गरेको कुरा देखाउनलाई । एकजना असल गुरू हेडसर गणेशबहादुर राई जो आठराई हाङपाङको सरस्वती माद्यमिक विद्यालयमा वि.स.२०१८ सालदेखि २०३८ साल दुईदशक लामो कालखण्ड प्रधानाध्यापक भएर कुशलतापूर्वक विद्यालय, गाउँ, समाज र देशको सेवा गर्नुभयो, र उहाँले संसारबाटै विदा लिनुभयो । उक्त…

  • जेसिज खुल्ला कविगोष्ठी

    असोज १८, २०६७ विराटनगर । जेसिज सप्ताह अन्तर्गत विराटनगर जेसिजले खुल्ला प्रतियोगितात्मक कविगोष्ठीको आयोजना गर्‍यो ।

  • मनको मझेरी कृतीको अध्ययन

    ३. कृति : नवराज सुब्बाको ‘मनको मझेरी’ कृतीको अध्ययन लेखक : गीता ढकाल विधा : अनुसन्धान प्रकाशन : १) शोध निर्देशक : डा. खेमनाथ दाहाल, सह–प्राध्यापक २) विभागीय प्रमुखः प्रा.डा. टङ्कप्रसाद न्यौपाने ३) प्रा.डा. गोपाल भण्डारी, ४) डा.भोलानाथ पोख्रेल, ५) चन्द्रमणि अधिकारी, उप–प्राध्यापक ६) दीपक न्यौपाने, ७) गोपीकृष्ण खतिवडा, ८) सुभाष न्यौपाने, ९) दीपक पराजुली…