खुशीको आँशु

नवराज सुब्बा

समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई माइती जस्तै लाग्छ … ” यति बोल्दाबोल्दै अन्ततिर उनको गला अबरुद्ध भयो । अघि बोल्न सकिनन् । उनको आँखाबाट खसेको खुशीको दुई थोपा आँशुले बाँकी कुरा बताए जस्तो लाग्यो । आँशु पुछ्दै उनी विदा भइन् ।

स्वास्थ्य अधिकार सुनिश्चित गर्न आर्थिक स्वतन्त्रता शर्त रहेछ । सरकारी र गैरसरकारी संस्थाको सहकार्यमा संचालित एक जनस्वास्थ्य कार्यक्रममा सामाजिक, आर्थिक अवस्था उकास्न हामी पराले त्यान्द्रो बाँडिरहेछौं । यही अभियानमा हामी छौं । आशाले बोलिसके पछि मैले मनमनै सोचें– केवल तीनहजार र व्यवसायिक तालिमले मात्र उनको जीवनमा यत्रो परिवर्तन ! कार्यक्रम समापन पछि चिया पिउँदा पिउँदै मैले साझेदार संस्थाका मित्रसित फेरि अघिको कुरा कोट्याएँ । उनले मलाई बताए– आज बिभिन्न संस्थाहरूले व्यवसायिक तालिम र साधन उपलब्ध गराए पनि दिएका सिलाई मेसिन घरधरमा थन्किएका अवस्थामा छन् । यद्यपि आवश्यक परेका अर्थात् लक्षित समूहको सही पहिचान गरेको खण्डमा त्यसको सही उपयोग हुँदो रहेछ र राम्रो प्रतिफल आउँदो रहेछ, यो त्यसैको दृष्टान्त हो ।

आजको यो उपभोगवादी जमानामा सडक किनारमा च्याऊझैं उम्रेका सेकुवा कर्नरमा एकजोडी एकछिन खान बसे भने सजिलै तीनहजार रुपैया चट् पार्छन् । तर त्यही रकम कसैको जीवनको भेलमा बग्दाबग्दै भेटिएको आशारुपी परालको त्यान्द्रो पनि रहेछ जसले जीवनमा साँच्चै परिवर्तन ल्याउँदो रहेछ । यसरी सहारा खोज्ने सही हात पहिचान गर्नु आजको चुनौति भएर उभिएको अवस्था म देखिरहेछु । जेहोस्, खुशीको आँखु कुन बेला कसरी आउँदो रहेछ, मैले बुझें । यो देखेपछि अर्थात् यति कुरा बुझेपछि मेरा पनि आँखा रसाए ।

असार २९, २०६९ विराटनगर नेपाल । .

Similar Posts

  • आफ्नै गीतमा…

    नवराज सुब्बा एउटा गीतकार हुनुको पीडा र सुख पनि बेग्लै भएको छ मलाई । आफ्ना केही गीत अरुका स्वरमा तथा अरुका संगीतमा पहिलो पटक सुन्दा म रोएको छु । त्यसबेला मलाई भक्कानिएर रुन मन लाग्छ । तर लाज लाग्छ आफूलाई नियन्त्रित गर्न हम्मे पर्छ, र एकान्तमा छेलिएर म रुमालले आँशु पुच्छु, बाथरुममा पसेर मुख, आँखा…

  • मेरो सपना

    बि.स. २०४० सालमा पाँचथरको इम्बुङ हेल्थपोष्टको उद्घाटन मेरै कार्यकालमा तत्कालीन गृहमन्त्री श्री पद्मशुन्दर लावतीबाट भएको थियो । लोकसेवा आयोगबाट जनस्वास्थ्य कार्यालय पाँचथर हुँदै इम्बुङ हेल्थपोष्टलाई प्रत्यायोजित अधिकार प्रयोग गरेर त्यसबेला मैले स्थानीय दुईजना युवा भाईहरुलाई कार्यालय सहयोगी (पियन) को रुपमा स्थायी नियुक्ति गरेको थिएँ । नियुक्ति भए बापत उनीहरुले खुशीयालीमा एक एक वोटा भाले… ल्याएर…

  • विराटनगरमा एकल प्रस्तुती

     १ फागुन २०६६, विराटनगर, कवि नवराज सुब्बाले रोटरी क्लब अफ विराटनगरमा एकल प्रस्तुती कविता, गीत, गजल र मुक्तक वाचन गर्नुभयो । सोही अवसरमा "देशको माया" एलवमको "नेपाली नेपाली हामी नेपाली" गीतको भिजुयल -श्रव्यदृष्य) पनि प्र

  • गुरुकुलमा साहित्यिक भेटघाट

    विराटनगर, १५ कार्तिक २०६७ । आरोहण गुरुकुल र पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले साहित्यिक भेटघाट र कवितावाचन कार्यक्रम सोमबार आयोजना गरेको छ । गुरुकुलमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, साहित्यकार रमा शर्माको समुपस्थितिमा सो भेटघाट कार्यक्रममा कविहरु नवराज सुब्बा, सुमन पोखरेल, रमाप्रसाद रिजाल, गण्डकीपुत्र, ज्याति जंगल, भूषण ढुंगेल, गोकुल अधिकारी, राधिका गुरागाइ, सविता…

  • जदौ ! मगर्नी मैया (नवराज सुब्बा)

    कृतित्व तथा व्यक्तित्वउपर समीक्षा र समालोचना समय समयमा पत्रपत्रिकामा प्रकाशित हुने गर्छन । पाएसम्म आफूसंग सम्बन्धित ती पत्रपत्रिकाहरू संग्रहित गरेर राख्ने गरेको छु । ‘मनको मझेरी’ निबन्धसङ्ग्रहउपर विराटनगरका समालोचक तथा साहित्यकार हरि प्रसाद बरालज्यूले एउटा समीक्षा गर्नुभएको थियो । केही वर्षअघि म बिदामा झापाबाट विराटनगर फर्कदा उहाँले नै मलाई त्यो पत्रिका उपहारस्वरुप दिनुभएको पनि थियो…

Leave a Reply